Main Banner

दलित मुक्ति मोर्चा, नेपालको अध्यक्षमा रामलाल बिश्वकर्मा

काठमाडौँ । दलित मुक्ति मोर्चा, नेपालको अध्यक्षमा रामलाल बिश्वकर्मा चयन भएका छन । धनगढीमा भएको नेपाल कम्युनिस्ट पार्टीनिकट सो मोर्चाको पाँचौ राष्ट्रिय सम्मेलन रामलाल बिश्वकर्माको अध्यक्षतामा ६१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै सम्पन्न भएको हो । कात्तिक २७ गते सुदूर–पश्चिमको धनगढीमा उद्घाटन भएको सम्मेलनको २८,२९ गते बन्द सत्रमा मोर्चाको नीति, आगामी योजना, कार्यक्रम र सङ्गठनको […]

२०७८ कार्तिक ३० गते, मंगलवार

नेकपाद्वारा मूल्यवृद्धि फिर्ता नभएसम्म सङ्घर्ष जारी राख्न आह्वान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सरकारले पेट्रोलियमलगायत सम्पूर्ण क्षेत्रमा गरेको मूल्यवृद्धि फिर्ता नलिएसम्म सङ्घर्ष जारी राख्न आह्वान गरेको छ । सो पार्टीले पेट्रोलियमलगायत सम्पूर्ण क्षेत्रमा गरेको मूल्यवृद्धिको प्रतिवाद गर्न र यही कात्तिक ३० गते आह्वान गरिएको नेपाल बन्द भव्य रूपले सफल पार्न आमजनसमुदायलाई अपिलसमेत गरेको छ । ‘पेट्रोलियम र सम्पूर्ण क्षेत्रमा भएको मूल्यवृद्धिको प्रतिवाद गरौँ […]

२०७८ कार्तिक २८ गते, आईतवार

‘कात्तिक ३० गतेको नेपाल बन्द सफल पारौ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले यहि कात्तिक ३० गते आह्वान गरेको नेपाल बन्द कार्यक्रम सफल पार्न आम जनतामा अपिल गरेको छ । सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका इन्चार्ज प्रज्वलनले एक अपिल जारी गर्दै सरकारले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा गरेको मूल्यवृद्धिविरुद्ध यही कात्तिक ३० गतेका लागि आह्वान गरेको नेपाल बन्द कार्यक्रम सफल पार्न सबैलाई […]

२०७८ कार्तिक २८ गते, आईतवार

अखिल (क्रान्तिकारी)को कार्यक्रमा प्रहरी दमन : प्रहरी नियन्त्रणमा रहेका बिध्यार्थिमाथि हातपात

काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै संघर्षमा उत्रिएको अखिल (क्रान्तिकारी)माथी प्रहरी दमन भएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले आज बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम गर्ने पुर्व घोषित कार्यक्रम अनुसार त्रि-चन्द्र कलेज आगाडी गरेको सडक संघर्षमा प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले सडक संघर्षमा […]

२०७८ कार्तिक २८ गते, आईतवार

‘दलित समुदाय शासक वर्गको दास नभएर धर्तीको मालिक’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले दलित समुदाय शासक वर्गको दास नभएर धर्तीको मालिक भएको बताएका छन् । दलित मुक्ति मोर्चा नेपालको पाँचौं राष्ट्रिय सम्मेलनलाई धनगढीमा सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन् । उक्त सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले दलित जातिको नाममा शासकवर्गद्धारा बन्दुकले दमन गरेर विभेद गरिए त्यसको सामना बन्दुकले नै […]

२०७८ कार्तिक २८ गते, आईतवार

उप्रेतीको कर्तुत उदाङ्गिदै !

काठमाडौँ । म्याक्स मेडिटेक प्रालिका डाइरेक्टर बिमल उप्रेतीको कर्तुत दिनप्रतिदिन उदाङ्गिदै गएको छ । बिभिन्न सरकारी अस्पतालका कर्मचारीलाई कमिशनको जालोमा फसाई आफ्नो धन्दा चम्काउँदै आएका म्याक्स मेडिटेक प्रालिका डाइरेक्टर बिमल उप्रेतीले देश र जनता कोरिना महामारीबाट आतंकित भइरहेको समयमा समेत लुटको धन्दा मच्याएको स्रोतले खुलाशा गरेको छ । गतसाल देशमा कोरोना महामारी फैलिएको समयमा म्याक्स […]

२०७८ कार्तिक २८ गते, आईतवार

‘सरकारले जनतामाथि लुट मच्याएकोले नेपाल बन्द गर्न बाध्य’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले सरकारले बैधानिक रुपमा जनतामाथि लुट मच्याएकोले नेपाल बन्द गर्न बाध्य भएको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीद्वारा शनिबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता बास्तोलाले सो ठोकुवा गरेका हुन् । नेता बास्तोलाले ४७ रुपैयाँमा आयात गरिने पेट्रोल रु १३३ मा बिक्री गरेको […]

२०७८ कार्तिक २७ गते, शनिबार

‘जेलमोर्चा क्रान्तिकै एक महत्वपूर्ण मोर्चा ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जेलमोर्चा पनि क्रान्तिकै एक महत्वपूर्ण मोर्चा भएको बताउँदै सरकारसँगको सहमतिअनुसार सबै मुद्दा फिर्ता हुने र नेता–कार्यकर्ता रिहा हुने विश्वास व्यक्त गरेका छन । दलित मुक्ति मोर्चा नेपालको पाँचाैँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्न धनगढी पुगेका महासचिव विप्लवले कैलाली कारागारका आस्थाका बन्दीहरूसँगको भेटघाटमा उक्त कुरा बताएका हुन् । महासचिव विप्लवले […]

२०७८ कार्तिक २७ गते, शनिबार

नेकपाद्वारा पार्टी पुनर्गठन दिवस भव्य रूपमा मनाउँने तयारी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले आउदो मङ्सिर ८ गते आठौँ पार्टी पुनर्गठन दिवस भव्यतापूर्वक मनाउने तयारी गरेको छ । सो पार्टीले उक्त दिन देशव्यापी जनपरिचालन गर्ने कार्यक्रम रहेको बताइएको छ । साथै नेकपाले पार्टी पुनर्गठन दिवसको अवसर पारेर सरकारसँग भएको तीनबुँदे सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारलाई दबाब पनि दिने भएको छ । नेकपाले उक्त […]

२०७८ कार्तिक २७ गते, शनिबार

नेकपाद्वारा पेट्रोलियम पदार्थको मूल्य बृद्धिबिरुद्ध संघर्षको शंखघोष : ३० गते नेपाल बन्द

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्य बृद्धिबिरुद्ध संघर्षको शंखघोष गरेको छ । सो पार्टीका महासचिव विप्लवले आज एक बिज्ञप्ति जारी गर्दै पदार्थको मूल्य बृद्धिबिरुद्ध संघर्षको घोषणा गरेका हुन् । महासचिव विप्लवद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएका सङ्घर्षका कार्यक्रमहरू अन्तर्गत कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन , कात्तिक, २६ गते प्रचार /प्रसार […]

२०७८ कार्तिक २५ गते, बिहीबार