Main Banner

नेपाल कम्युनिस्ट पार्टीका नेता बीरजंगको अन्त्येष्टी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता बीरजंगको अन्त्येष्टी भएको छ । बीरजंगको अन्त्येष्टी अघि नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड ,केन्द्रीय सचिवालय सदस्यहरू, केन्द्रीय सदस्यहरूसहित पार्टीका नेता–कार्यकर्ता, शिवराज नगरपालिका राजनितिक दल नेता कार्यकर्ता र अन्य राजनीतिक दलका नेता कार्यकर्ता तथा जनसमुदायले फुल माला लगाई श्रद्धाञ्जली दिएका थिए भने नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डसहित सयौ नेता,कार्यकर्ता,जनता,घरपरिवार […]

२०७८ आश्विन ३० गते, शनिबार

नेकपाद्वारा वीरजंगको त्याग, तपस्या र वलीदानीको पुर्ण रुपमा रक्षा गर्ने प्रतिवद्धता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले नेपाली क्रान्तिमा वीरजंगले गरेको त्याग, तपस्या र वलीदानीको पुर्ण रुपमा रक्षा गर्ने र जनक्रान्तिलाई विजयमा पुर्याई छाड्ने प्रतिवद्धता गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य वीरजंग (चन्द्र वहादुर चन्द) को मुटुरोगको उपचारको क्रममा भारतको दिल्ली स्थित म्याक्स अस्पतालमा हिजो वेलुका ९ः०० बजे ६१ बर्षको उमेरमा दुखद निधन भए पछि […]

२०७८ आश्विन २९ गते, शुक्रबार

नेकपाका महासचिव विप्लवद्वारा मुगु र कास्कीको सडक दुर्घटनाप्रति गम्भीर दुःख प्रकट

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मुगुमा ३२ जना र कास्कीमा ८ जनाको ज्यान जाने गरी भएको सडक दुर्घटनाले पार्टीलाई नै स्तब्ध बनाएको भन्दै घटनाप्रति गम्भीर दुःख प्रकट गरेका छन् । मङ्गलबार शोक वक्तव्य जारी गर्दै महासचिवविप्लवले मुगुको छायानाथ रारा नगरपालिका ७ पिना झयारीखोलामा भएको दुुर्घटनामा ३२ जना र अन्नपूुर्ण गाउँपालिका १० घान्द्रुुक कलाभीर […]

२०७८ आश्विन २७ गते, बुधबार

‘मोतिपुर घटनाका दोषीहरुमाथी कडा कारवाही गर’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले बुटवल मोतिपुर औधोगिक करिडरमा प्रहरी र सुकुम्वासी बीच भएको झडपमा प्रहरीको गोलीबाट बाणगंगा नगरपालीका १० कपिलवस्तुका रेमश परियारलगायत ४ जनाको मृत्यु, दुई दर्जन भन्दा बढी जना घाइते र दुई दर्जन माथी प्रहरी घाइते हुने गरी भएको घट्नाप्रति गंभिर रुपमा आर्कषित भएको जनाउदै उक्त घटनाका दोषीहरुमाथी कडा कारवाही , मृतकका परिवारलाई […]

२०७८ आश्विन २५ गते, सोमबार

म्याक्स मेडिटेकको कालो धन्दा

काठमाडौँ । नेपालका विभिन्न अस्पताललाई स्वास्थ्य उपकरण उपलब्ध गराउँदै आएको म्याक्स मेडिटेक सिस्टम प्रालिले कमिशनको जालोमा पारी आफ्नो ब्यापार चम्काउँदै आएको स्रोतको दावी छ । खासगरी देशका विभिन्न सरकारी अस्पतालमा स्वास्थ्य उपकरण उपलब्ध गराउदा म्याक्स मेडिटेकले सम्बन्धित अस्पतालका कर्मचारीलाई कमिशनको जालोमा फसाई आफ्नो ब्यापार चम्काउँदै आएको स्रोतको ठोकुवा छ ।  म्याक्स मेडिटेकले सहिद गंगालाल राष्ट्रिय […]

२०७८ आश्विन २४ गते, आईतवार

नेकपाका प्रवक्ता प्रकाण्ड , गृहमन्त्री खाॅड र सञ्चारमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड , गृहमन्त्री बालकृष्ण खाॅड र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच शनिबार भेटवार्ता भएको छ । उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको आठ महिना पुग्न लाग्दा समेत पुर्णरुपले कार्यान्वयन नभएको बताउदै तत्काल कार्यान्वयन गर्न आग्रह गरेका थिए । […]

२०७८ आश्विन २३ गते, शनिबार

‘वैज्ञानिक समाजवाद स्थापनाका लागि जमतसङ्ग्रह नै पर्याप्त ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले झन्डै दुईतिहाइ कम्युनिस्ट र वामपन्थी जनता, मतदाता रहेको मुलुकमा दलाल पुँजीवादका विरुद्ध वैज्ञानिक समाजवाद स्थापनाका लागि जमतसङ्ग्रह नै पर्याप्त भएको ठोकुवा गरेका छन । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई काठमाडौँमा सम्बोधन गर्दै महासचिव विप्लवले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लवले संसारका कुनै पनि दलाल र […]

२०७८ आश्विन २१ गते, बिहीबार

नेकपाद्वारा तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै दबाबमूलक प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै बुधबार देशब्यापीरुपमा दबाबमूलक प्रदर्शन गरेको छ । सो क्रममा नेकपा दाङले तुलसीपुरमा तीनबुँदे सहमति कार्यान्वयन, सम्पूर्ण राजबन्दीको रिहाइ तथा एमसीसी सम्झौता खारेजीको लागि बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । बिरोध प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्ने वक्ताहरूले तीनबुँदे सहमति कार्यान्वयन तथा एमसीसी सम्झौता खारेजीको माग […]

२०७८ आश्विन २० गते, बुधबार

नेकपाका महासचिव विप्लव र कांग्रेस नेता प्रकाशमान सिंहबिच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नेपाली कांग्रेस नेता प्रकाशमान सिंहबिच भेटवार्ता भएको छ । महासचिव विप्लव र कांग्रेसका नेता प्रकाशमान सिंहबिच भएको भेटवार्तामा समसामयिक राजनीतिक विषय, तीन बुँदे सहमति कार्यान्वयनका सवाल र अग्रगामी राजनीतिक निकासका लागि महत्त्वपूर्ण छलफल भएकोबताइएको छ । नेपालको राजनीतिमा अग्रज नेतृत्व मानिने गणेशमान सिंहका पुत्र प्रकाशमानसिंह सँगको यो […]

२०७८ आश्विन २० गते, बुधबार

नेकपाद्वारा एमसीसीको लागि अधिकरण गरिएको ३८४ रोपनी जग्गा कब्जा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको प्रसारण लाइन सबस्टेसनका लागि नुवाकोटमा अधिकरण गरिएको ३८४ रोपनी जग्गा कब्जा गरेको छ । नुवाकोट जिल्ला बेल्लकोटगढी नगरपालिका वडा नम्बर ७ रातामाटेमा प्रसारण लाइन सबस्टेसनका लागि अधिकरण गरेको ३८४ रोपनी जग्गामा नेपाल कम्युनिस्ट पार्टीको ब्यानरसहित झन्डा गाडी कब्जा गरिएको नेकपाले जनाएको छ । नेकपा नुवाकोटले स्थानीय जनताको उपस्थितिमा उक्त […]

२०७८ आश्विन २० गते, बुधबार