Main Banner

नेकपा सचिवालयको बैठक सम्पन्न : सबै राजनीतिक शक्तिसंग सम्बाद र छलफललाई तिब्रता दिने निर्णय

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको   केन्द्रिय सचिवालयको बैठक सम्पन्न भएको छ । बुधबार   काठमाडौँमा सम्पन्न उक्त पार्टीको   सचिवालयको बैठकले पछिलो बिकसित राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै सबै राजनीतिक शक्तिहरुसंग सम्बाद र छलफललाई तिब्रता दिने निर्णय गरेको छ । बैठकमा अघिल्लो सरकारसंग भएको तीनबुंदे सहमति वर्तमान  सरकारले पनि स्विकार्नु पर्ने र कार्यान्वयन गर्नुपर्ने बिषयमा छलफल भएको बताइएको […]

२०७८ असार ३१ गते, बिहीबार

‘संसदीय व्यवस्था पूर्णतः असफल : जनमतसङ्ग्रह अनिबार्य ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले संसदीय व्यवस्था पूर्णतः असफल भइसकेकाले प्रगतिशील संयुक्त सरकार गठन गरी जनमतसङ्ग्रहको माध्यमबाट दलाल पुँजीवादी व्यवस्था फालेर वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताएका छन । सर्बोच्च अदालतको परमादेशवाट केपी ओली सरकार बहिर्गमन भएर शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछिको विकसित राजनीतिक परिस्थितिका बारेमा सो पार्टीको मुखपत्र रातो खबरलाई दिएको विशेष अन्तर्वार्तामा […]

२०७८ असार ३० गते, बुधबार

तीन बुँदे सहमति कार्यान्वयन गर

नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच तीन बुँदे सहमति भएको चार महिना नाघिसकेको छ । सो सहमतिपछि सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध हटेको छ र पार्टीले शान्तिपूर्ण ढङ्गले खुला कार्यक्रमहरु गर्दै आएको छ । तर, सो सहमतिमा उल्लेख भएका कतिपय बुँदाहरु अहिलेसम्म सरकारले कार्यान्वयन गरेको छैन । जसका कारण अहिले पनि नेकपा झण्डै सवा सय नेता, कार्यकर्ताहरु […]

२०७८ असार २७ गते, आईतवार

प्रवक्ता प्रकाण्डद्वारा नेता सुदर्शनलाई भेटेर सिघ्र स्वास्थ्यलाभको कामना

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेटेर सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन । प्रवक्ता प्रकाण्डले स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि शुक्रबार अपराह्न काठमाडौँको बाँसबारीस्थित गङ्गालाल हृदयकेन्द्रमा भर्ना भएका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेटेर सिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन । सो भेटमा नेता सुदर्शनको स्वास्थ्य स्थिति, राजनीतिक परिस्थिति, ३ […]

२०७८ असार २६ गते, शनिबार

‘जनतालाई व्यवस्था छान्न पाउने अधिकार दिनुपर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् केन्द्रीय जनपरिषद्का प्रमुख सन्तोष बुढामगरले आफ्नो पार्टीले क्रान्तिकारी मूल धारको नेतृत्व गरिरहेको बताएका छन् । उनले जनतालाई व्यवस्था छान्न पाउने अधिकार दिनुपर्ने धारणा राख्दै दलाल पुँजीवादी व्यवस्था कि वैज्ञानिक समाजवाद रोज्ने भन्ने विषयमा जनमतसङ्ग्रह गर्दा वैज्ञानिक समाजवाद नै विजयी हुने विश्वास व्यक्त गरे । उनले व्यवस्था छान्ने निर्वाचन […]

२०७८ असार २५ गते, शुक्रबार

नेकपानिकट जनबर्गिय संगठनद्वारा पेट्रोलियम पदार्थको मूल्यबृद्धिबिरुद्ध प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट जनबर्गिय संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको विरोध र सुजिता भण्डारीको हत्याको छानविन गरी दोषी पत्ता लगाई कारवाहीको माग गर्दै देशव्यापी विरोध तथा प्रदर्शन गरेका छन । यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी निकट जनवर्गीय संगठनहरुले आज अपरान्ह काठमाडौँको माईतघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले पेट्रोलियम पदार्थको मुल्य वृद्धि तत्काल […]

२०७८ असार २४ गते, बिहीबार

‘बर्तमान राजनीतिक संकटको निकास वैज्ञानिक समाजवाद ‘

काठमाडौँ । रणनीतिक संयुक्त माेर्चा चितवनले बर्तमान राजनीतिक संकटको निकास वैज्ञानिक समाजवाद भएको निश्कर्ष निकालेको छ । मोर्चाको बैठक पछि जारी गरिएको बिज्ञप्तिमा भनिएको छ – ‘दलाल पुँजीवाद संसदिय व्यवस्थाले आजको संकटको समाधान गर्न सक्दैन । संसदिय व्यवस्था भित्रको चुनाव वा पुर्नस्थापना आजको निकास होइन । जनगणतन्त्र वा वैज्ञानिक समाजवाद नै आजको निकास हो ।’यसैगरी […]

२०७८ असार २४ गते, बिहीबार

नेकपाद्वारा यथासिघ्र सम्पूर्ण नागरिकलाई कोरोनाबिरुद्धको खोप उपलब्ध गराउन माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले यथासिघ्र सम्पूर्ण नागरिकलाई कोरोना बिरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ।  सो  पार्टीका प्रवक्ता प्रकाण्डले आइतबार प्रधानमन्त्री केपी ओलीसंगको  भेटवार्तामा सो माग गरेका हुन् ।  प्रवक्ता प्रकाण्डले जनता कोरोना महामारीवाट  आतंकित भै रहेको बेला  लक्डाउन  अस्थायी बिकल्प भएकोले यसको दीर्घकालिन समाधान गर्न खोप अनिबार्य भएकोले बढीमा एक बर्षभित्र सम्पूर्ण नागरिकलाई […]

२०७८ असार २१ गते, सोमबार

नेकपाका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री ओलीबीच भेटवार्ता : तीन बुँदै सहमति कार्यान्वयनलाई गति दिन सहमत

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं वार्ता टोलीका प्रमुख प्रकाण्ड र प्रधानमन्त्री केपी ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । उक्त भेटवार्तामा तीन बुँदै सहमति कार्यान्वयनको विषयमा छलफल भएको बताइएको छ । छलफलमा नेपाल कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताको रिहाई र उनीहरुमाथि लगाइएको मुद्दा खारेजी गर्ने कार्य अन्तिम चरणमा पुगेको र कोरोनाका कारण जारी […]

२०७८ असार २० गते, आईतवार

राजनीतिक खिचातानी होइन, राष्ट्रिय सहमति कायम गर

यतिबेला देश र जनता प्राकृतिक प्रकोप र कोरोना महामारीबाट आतंकित भइरहेका छन् । प्राकृतिक प्रकोप र कोरोना महामारीका कारण जनजीवन अस्तव्यस्त भएको छ । तर, देश र जनताको सेवा गर्छौं भनी जनताको दैला–दैलोमा पुगेर बाचा गरेका राजनीतिक दल र नेताहरु देश र जनतामाथि आइलागेको यस विपत्तिको नजरअन्दाज गर्दै आफ्नै दलीय र व्यक्तिगत स्वार्थमा केन्द्रित हुँदै […]

२०७८ असार २० गते, आईतवार