मुख्य समाचार

अखिल (क्रान्तिकारी)द्वारा बेपत्ता बनाइएका नेताहरूको अवस्था सार्वजनिक गर्न माग

काठमाडौँ । अखिल (क्रान्तिकारी) सेती–महाकाली ब्युरोले सरकारले गिरफ्तार गरेका क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजङ्ग सिंह, कैलाली जिल्ला अध्यक्ष सुवास जोशी र नेकपा कैलालीका नेता प्रकाश रावलको अवस्था अज्ञात रहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ । क्रान्तिकारीका सेती–महाकाली ब्युरो संयोजक वीरेन्द्र शाहले सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीलाई पत्र पठाउँदै राज्यले नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गरेर बेपत्ता बनाएको भन्दै […]

२०७७ श्रावण ६ गते, मंगलवार

नेकपाद्वारा सेती–महाकाली बन्द :जनजीवन ठप्प

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सेती–महाकाली ब्युरो आह्वान गरेको बन्दका कारण आज त्यस क्षेत्रका सबै जिल्ला बन्द भएका छन् ।नेकपाका केन्द्रीय सदस्य एवम् सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन, महिला नेत्री पूर्णिमा धामीलगायत नेता–कार्यकर्तालाई सरकारले गिरफ्तार गरी झूट्टा मुद्दा लगाउन षड्यन्त्र गरेको विरोधमा नेकपा सेती–महाकाली ब्युरोले एकदिने बन्द र साउन ७ र ८ गते सरकारी सवारी […]

२०७७ श्रावण ६ गते, मंगलवार

सुकुमबासीका टहरा जलाउनेहरूसँग उचित हिसाब–किताब गर्ने प्रतिबद्धता !

काठमाडौँ । अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घ नेपालले चितवन राष्ट्रिय निकुञ्जले सुकुमबासीहरूको उठीबास लगाएपछि उनीहरूको यथाशीघ्र व्यस्थापन गर्न माग गरेको छ । यही साउन ४ गते चितवनको माडी नगरपालिका कुसुम खोलामा रहेको सुकुमबासी बस्तीमा चितवन राष्ट्रिय निकुञ्जले आगजनी गर्नुका साथै हात्ती लगाएर सबै घर भत्काइदिएको भन्दै अखिल नेपाल सुकुमबासी सङ्घले उक्त कार्यको विरोध गर्दै उनीहरूको […]

२०७७ श्रावण ५ गते, सोमबार

नेकपाद्वारा विस्थापित सुकुमबासीको बस्ती निर्माण, उद्धार र सुरक्षामा खट्न निर्देशन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी चितवनले प्रहरीले आगो झोसेर र हात्ती लगाएर बिमाख पारेका सुकुमबासीको बस्ती निर्माण गर्न, अविरल वर्षाका कारण दुःख र पीडामा परेका जनताको सुरक्षा र उद्धारमा खट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएको छ । चितवन जिल्ला इन्चार्ज शार्दूलले सोमबार विज्ञप्ति जारी गरी साउन ४ गते माडी नगरपालिका वडा नं. ९ कुसुमखोलामा २०३५ सालदेखि बसोबास […]

२०७७ श्रावण ५ गते, सोमबार

नेकपा डोटीद्वारा सेती–महाकाली बन्द सफल बनाउन आह्वान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी डोटीले यही साउन ६ गतेका लागि घोषणा गरिएको सेती–महाकाली बन्द सफल पार्न जिल्लाबासीलाई आह्वान गरेको छ । यस्तै नेकपाले असारे विकासको व्यापक भ्रष्टाचारले जनता आक्रान्त र आक्रोशित भएको भन्दै जिल्लामा भएका सरकारी तथा गैरसरकारी कार्यालय र स्थानीय सरकार भ्रष्टाचारको अखडा बनेको पनि बताएको छ । नेकपाका डोटी इन्चार्ज तर्कराज र […]

२०७७ श्रावण ४ गते, आईतवार

भूमाफियाद्वारा हडपिएको सार्वजनिक जग्गा कब्जा !

काठमाडौँ । थारुवान स्वायत्त प्रदेशअन्तर्गत जनपरिषद् नेपाल बाँकेले कोहलपुरमा रहेको सार्वजनिक जग्गामा भूमाफियाहरूले सत्ताको पहुँच र शक्तिका आधारमा लुटखसोट गरेको भन्दै उक्त जग्गा कब्जा गरेको छ । जिल्ला जनपरिषद् बाँकेका प्रमुख परिवर्तनले आइतबार प्रेस विज्ञप्ति गर्दै कोहलपुर ४ किरण नालाको पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फ रहेको करोडौँ मूल्य पर्ने राज्यको ६ बिघा सार्वजनिक जमिन (कित्ता नम्बर ७७, […]

२०७७ श्रावण ४ गते, आईतवार

भारतीय सीमा सुरक्षा बलले सीता गुफानजिकैको सीमास्तम्भ उखेलेर फ्याँकिदियो !

काठमाडौँ, ४ साउन । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पर्साको ठोरीस्थित सीता गुफानजिकैको सीमास्तम्भ उखेलेर फ्याँकिदिएको छ । स्थानीय बासिन्दा शनिबार बिहान सीताको पूजा गरेर फर्किएपछि एसएसबीले दिउँसो सीमास्तम्भ उखेलेको जानकारी ठोरी गाउँपालिकाका प्रवक्ता रामप्रकाश कुँवरले सञ्चारमाध्यमलाई दिएका छन् । एसएसबीले दिउँसो उक्त स्तम्भ उखेलेर भारततर्फ नै फ्याँकेको प्रत्यक्षदर्शी ठोरीबासीले बताएको जानकारी कुँवरले दिएका […]

२०७७ श्रावण ४ गते, आईतवार

विप्लवद्वारा प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक कारबाहीहरू सञ्चालन गर्न विशेष निर्देशन

काठमाडौँ , १ साउन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टी पङ्क्तिलाई प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक करबाही सञ्चालन गर्न विशेष निर्देशन दिएका छन् । सरकारले पार्टी केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन, पार्टी सेती–महाकाली ब्युरो सदस्य तथा महिला केन्द्रीय सदस्य पूर्णिमा धामी र मेची—कोसी ब्युरो सदस्य जोखिमलाई गिरफ्तार गरेपछि नेकपा आक्रोशित बनेको छ । […]

२०७७ श्रावण १ गते, बिहीबार

नेकपाद्वारा राष्ट्रिय उद्यमीको घाउमा नुनचुक छर्ने सरकार र बैंकहरुको रबैया टुलुटुलु हेरेर नबस्ने उद्घोष

काठमाडौँ, २९ असार । नेपाल कम्युनिस्ट पार्टीले कोरोना भाइरस र बन्दाबन्दीले थला परेका राष्ट्रिय उद्यमी ,व्यवसायी र व्यापारीहरूको घाउमा नुनचुक छर्ने सरकार र बित्तिय बैंकहरुको रबैया पार्टीले टुलुटुलु हेरेर बस्न नसक्ने जनाएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले आज एक बिज्ञप्ती जारी गर्दै सो कुरा बताएका हुन् । प्रवक्ता प्रकाण्डले विगत ४ महिनादेखि कोरोना भाइरसको […]

२०७७ असार २९ गते, सोमबार

सत्ताधारी नेकपाभित्रको द्वन्द्व : ओलीको पैताला मुनि

काठमाडौं, २८ असार । यतिबेला सत्ताधारी नेकपाभित्र पद र व्यक्तिगत स्वार्थको लडाइँ चर्किएको छ । प्रधानमन्त्री केपी ओली सरकारले राम्रो काम गरिरहेकाले सरकार बदल्नु आवश्यक नभएको बताइरहेका छन् भने पार्टीका अर्को अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमलगायतका नेताहरु ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद त्याग्नुपर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री ओली […]

२०७७ असार २८ गते, आईतवार