मुख्य समाचार

विप्लवद्वारा सहिदको सपना पूरा गर्ने प्रतिबद्धता

काठमाडौं, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनयुद्धका महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरी घाइते तथा सहिद परिवारप्रति उच्च सम्मान व्यक्त गर्दै सहिदको सपना पूरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । बुधबार विज्ञप्ति निकाली काण्डै काण्डमा मुछिएको वली सरकारले पार्टीलाई प्रतिबन्ध लगाएर रक्तपिपासु दमन गरी राखेको भन्दै सबैलाई सहिदहरुको सपना पूरा गर्न महान […]

२०७६ फाल्गुन १५ गते, बिहीबार

आज आम शैक्षिक हडताल: शिक्षणसंस्था ठप्प

काठमाडौं, १४ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले आज आह्वान गरेको आम शैक्षिक हडतालका कारण बिहानैबाट शैक्षिक संस्था प्रभावित भएका छन् । अखिल (क्रान्तिकारी) ले सङ्गठनका नेता–कार्यकर्ताको गिरफ्तारी र सङ्गठनमाथि सरकारले अघोषित रूपमा प्रतिबन्ध लगाएको भन्दै एकदिने आम शैक्षिक हडतालको आह्वान गरेको थियो । अखिल (क्रान्तिकारी)का उपाध्यक्ष रुद्र भट्टराईले सङ्गठनका अध्यक्ष चिरञ्जीवी […]

२०७६ फाल्गुन १४ गते, बुधबार

अखिल क्रान्तिकारीका नेता ढकाललाई एक दिन र नरेन्द्रलाई ६ दिन म्याद थप

काठमाडौं, १२ फागुन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष चिरन्जिबी ढकाललाई एक दिन र केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बिकलाई ६ दिन म्याद थप गरेको छ । उनीहरु दुबैलाई प्रहरीले अभद्र ब्याबहार को मुदा चलाएको छ । ढकलालाई २५औं जनयुद्ध दिवस मनाउने क्रममा पनि गिरफ्तार गरी हिरासतमै राखेको छ । बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि भएको […]

२०७६ फाल्गुन १२ गते, सोमबार

फागुन १४ गते आम शैक्षिक हड्ताल

काठमाडौं, १३ फागुन । अखिल (क्रान्तिकारी) फागुन १४ गते आम शैक्षिक हड्ताल आह्वान गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) माथि प्रहरी चर्को दमन गर्दै उसका नेताहरु गिरफ्तार गर्दै झुठा मुद्दामा फसाउने षड्यन्त्र भएपछि सो संगठनले फागुन १४ गते आम शैक्षिक हड्तालसहितका संघर्षको घोषणा गरेको हो । संघर्षका कार्यक्रमहरुअन्तर्गत आज फागुन १३ गते मशाल […]

२०७६ फाल्गुन १३ गते, मंगलवार

प्रकाण्डका छोरा नरेन्द्रलाई हिरासतमा करेन्ट लगाएर यातना दिएको खुलासा

काठमाडाैं, ११ फागुन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डका छोरा नरेन्द्र विकलाई हिरासतमा करेन्ट लगाएर यातना दिएको खुलासा भएको छ । प्रहरीले सोमबार दिउँसो १ः३० बजे मध्य बानेश्वरबाट गिरफ्तार गरि विकलाई अपराध महाशाखा, टेकु पुर्याएको थियो । नरेन्द्र विक नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष हुन् । प्रहरीले नरेन्द्र विकलाई प्रकाण्ड कहा छन […]

२०७६ फाल्गुन ११ गते, आईतवार

विप्लवद्वारा सेक्युरिटी मेसिन खरिदकाण्डमा प्रम वलीको संलग्नताको आशंका ,नरेन्द्र विकलाई यातना दिएकोमा घोर भत्र्सना

काठमाडाैं, ९ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले केपी वली नेतृत्वको सरकार राष्ट्रघात, जनघात र फासिवादमा चुर्लुम्म डुबेको ठोकुवा गरेका छन । उनले यो सरकार एकातिर भ्रष्टाचार र अर्कोतिर न्यायपूर्ण आन्दोलनमा उत्रिएका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने, झूट्टा मुद्दा लगाउने, यातना दिने गरिरहेको बताउदै फागुन ५ गते विद्यार्थी नेता नरेन्द्र विकलाई गिरफ्तार गरेर चरम यातना दिएको […]

२०७६ फाल्गुन ९ गते, शुक्रबार

ने. क. पा.का प्रवक्ता प्रकाण्ड पुत्र नरेन्द्रमाथि हिरासतभित्रै निर्घात कुटपिट

काठमाडाैं, ९ फागुन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड पुत्र नरेन्द्र विकमाथि हिरासत भित्रै निर्घात कुटपिट भएको बुझिएको छ । प्रहरीले सोमबार दिउँसो १ः३० बजे मध्य बानेश्वरबाट गिरफ्तार गरि विकलाई अपराध महाशाखा, टेकु पुर्याएको थियो । नरेन्द्र विक नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष हुन् । अहिले देशमा दलाल, पुँजीपतिवर्गको सामाजिक दलाल मुखुण्डो […]

२०७६ फाल्गुन ९ गते, शुक्रबार

बार एशोसिएसनद्वारा अखिल क्रान्तिकारीका अध्यक्ष ढकाललाई रिहा गर्न माग

काठमाडाैं, ९ फागुन । नेपाल बार एशोसिएशनले अधिवक्ता एवं अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई तत्काल थुनामुक्त गर्न माग गरेको छ । बारका महासचिव लीलामणि पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा ललितपुर जिल्ला अदालत बार एकाइमा आवद्ध कानून व्यवसायी तथा बारका केन्द्रीय कार्यकारिणी सदस्य र अखिल क्रान्तिकारीका अध्यक्ष ढकाललाई बन्दीप्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतबाट थुनामुक्त गर्न आदेश जारी […]

२०७६ फाल्गुन ९ गते, शुक्रबार

मिटर ब्याजमा जग्गा हडप्न खाेजेकाे जग्गा कब्जा

काठमाडौं, ९ फागुन । जनपरिषद दाङले जग्गा मिटर ब्याज सिस्टममा ठगी गरि हडप्न खाेजेकाे विवादास्पद जग्गा कब्जा गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ बुटनियामा रहेको उक्त जग्गा मिटर ब्याज सिस्टम ठगी गरि हडप्न खाेजेकाेले विवाद समाधान नहुँदासम्म कुनै पनि व्यक्ति वा संघ संस्थाले बिक्रीवितरण नगर्न चेतावनीसहित जग्गा कब्जा गरिएको ब्यानर र अपिल जारी […]

२०७६ फाल्गुन ९ गते, शुक्रबार

सर्वोच्चले रिहा गरेलगत्तै अखिल (क्रान्तिकारी)का अध्यक्ष ढकाल पुनः पक्राउ

काठमाडौं, ७ फागुन । सर्वोच्च अदालतको आदेशमा रिहा भएका अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवि ढकाललाई प्रहरीले पुनः पक्राउ गरेको छ । आज भएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि भएको बहसपछि सर्वोच्च अदालतले ढकाललाई रिहा गर्न आदेश दिएको थियोे । तर रिहा भएलगत्तै प्रहरीले ढकाललाई पुनः अदालतको गेटबाटै पुनः पक्राउ गरेको हो । अध्यक्ष ढकाललाई रिहा गर्न माग गर्दै […]

२०७६ फाल्गुन ८ गते, बिहीबार