मुख्य समाचार

प्राध्यापक संगठनद्वारा मंसिर ८ गतेको जनसभामा सहभागि हुन अपिल

काठमाडौं, १४ कात्तिक । नेपाल राष्ट्रिय प्राध्यापक संगठन , चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिले नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसिर ८ गते पार्टी पुनर्स्थापना दिवसको अबसरमा आयोजना गर्न लागेको जनसभामा सहभागी हुन आम प्राध्यापक, विद्यार्थी, अभिभावक तथा देशभक्त, प्रगतिशिल जनसमुदायमा अपिल गरेको छ । यस बिषयमा नेपाल राष्ट्रिय प्राध्यापक संगठन , चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिका […]

२०७५ कार्तिक १४ गते, बुधबार

सत्तारूढ नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, एकको मृत्यु

काठमाडौं, १३ कात्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा सर्लाहीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रामविलास महतो छन् । सर्लाहिको रामनगर–४ मा घटना भएकाे हाे । प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरिबहादुर पालका अनुसार थप ४ जनालाई […]

२०७५ कार्तिक १३ गते, मंगलवार

योङ रेड फोर्स नेपालको नाम परिवर्तन, अध्यक्षमा पाटन शेर्पाली

काठमाडौ ,१२ कार्तिक । योङ रेड फोर्स नेपालको प्रथम भेला काठमाडौँमा सोमबार सम्पन्न भएको छ । भेलाले पाटन शेर्पालीको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । भेलाले सङ्गठनको नाम परिवर्तन गरी युवा सङ्गठन नेपाल पारित गरेको छ । सङ्गठनका पदाधिकारीमा उपाध्यक्ष प्रेम बिक दिनेश , महासचिव भैरव पुन (सागर)सचिव सञ्जीव लामा र कोषाध्यक्षमा तिलक […]

२०७५ कार्तिक १३ गते, मंगलवार

पत्रकारमाथिको दुर्ब्याबहार निन्दनीय

काठमाण्डौं, १२ कार्तिक । नेपाल कम्युिनस्ट पार्टीनिकट क्रान्तिकारी पत्रकार संगठन, नेपालले सगरमाथा टेलिभिजनका संवाददाता शिखा श्रेष्ठ र क्यामेरापर्सन अजय हाकुजुलाई मिनभवन यातायात व्यवस्था विभागका निर्देशक चन्द्र शाहले दुव्र्यवहार गर्दै धम्की दिएको घटनाको आपत्ति जनाएको छ । सो संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आपत्ति जनाएका […]

२०७५ कार्तिक १२ गते, सोमबार

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाण्डौं, १२ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन । छातीमा संक्रमण र सुगरको मात्रा बढी भएपछि उपचारका लागि अस्पताल भर्ना भएका ओलीलाई अझै दुई/तीन दिन अस्पतालमै राखिने भएको छ । अहिले उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीलाई आईसीयुमा राखेर एन्टिबायोटिक चलाइएको छ । कार्डियोलोजी विभागका निर्देशक डा. […]

२०७५ कार्तिक १२ गते, सोमबार

नेकपाले पार्टी पुनर्स्थापना दिवस भब्य रुपमा मनाउने , आमजनतालाई सहभागी हुन आह्वान

काठमाण्डौं, ११ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसिर ८ गते पार्टी पुनर्स्थापना दिवस भव्यरुपमा मनाउने भएको छ । १० वर्षे जनयुद्धको मर्मलाई मर्न नदिन तत्कालीन एमाओवादीलाई खबरदारी गर्दै नेता विप्लव र प्रकाण्डको पहलमा किरणको नेतृत्वमा नेकपा –माओवादी पुनर्गठन भएको थियो । पार्टी पुनर्गठनको दुई वर्ष बितिसक्दासमेत उक्त पार्टीले देश र जनहितको विषयमा ठोस कार्य […]

२०७५ कार्तिक ११ गते, आईतवार

नेकपाका नेता असलको घरमा टासेको पक्राउ पूर्जी स्थानियबासिले च्याते

काठमाण्डौं, ११ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा सल्यान इन्चार्ज चन्द्रबहादुर खड्का असलको सल्यान स्थित घरमा प्रहरीले पक्राउ पूर्जी टास गरेको छ । सर्वोच् अदालतको आदेशमा रिहा भएको भोलीपल्टै प्रहरीले सल्यान दारमा गाउँपालीका ५ मा रहेका खड्का घरमा वारेन्टनामा टासेको हो । कालिकोट जिल्ला अदालतबाट जारी भएको वारेन्टनामामा खड्कालाई ३० दिन भित्र अदालतमा […]

२०७५ कार्तिक ११ गते, आईतवार

सर्वोच्चको आदेश पक्राउ गर्न आएको प्रहरीको गलपासो बनेपछि . . .

काठमाण्डौं, १० कार्तिक । पक्राउ पूर्जी बोकेर नेपाल कम्युनिष्ट पार्टीका नेतालाई गिरफ्तार गर्न आएको प्रहरी टोली सर्वोच्च अदालतको आदेशका कारण त्यसै फर्कियो । नेकपाका केन्द्रिय सदस्य सदस्य चन्द्रबहादुर खड्का असल माथि लगाउने तयारी भएको मुद्धामा सर्वोच्च अदालतले अग्रिम फैसला गरिदिएपछि अदालत परिसरमा पूजी बोकेर गिरफ्तार गर्न आएको प्रहरी टोली त्यसै फर्किएको हो । गत भदौ […]

२०७५ कार्तिक १० गते, शनिबार

सत्ताको आडमा पार्टीको नाम खोसियो : कट्टेल

काठमाण्डौं, १० कार्तिक । नेपाल कम्युष्टि पार्टीका अध्यक्ष ऋषि कट्टेलले सत्ता र शक्तिको आडमा आफ्नो पार्टीको नाम खोसिएको ठोकुवा गरेका छन् । कट्टेलले ओली–प्रचण्ड कम्युनिष्ट नभएको ठोकुवा गर्दै वैद्य र विप्लवसँग पार्टी एकता हुन् सक्ने बताए । अध्यक्ष कट्टेलले वर्तमान सरकार दलाल पूँजिवादी बनेको आरोप लगाउँदै जनताले विकल्प खोजेको दाबी गरे । उनले भने, ‘ओली–प्रचण्डजीहरु […]

२०७५ कार्तिक १० गते, शनिबार

निर्मला पन्त बलात्कार–हत्या प्रकरण , कसको निर्देशनमा किन प्रमाण मेटाउने काम गरियो ?

काठमाडौं, १० कात्तिक । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार–हत्या प्रकरणमा प्रमाण नस्ट गरेको र त्यसपछिको आन्दोलनमा दमन गरेको आरोप लागेका दुई प्रहरी अधिकृतलाई सरकारले सेवाबाट हटाए पनि पीडित पक्षले भने राहत महसुस गर्न सकेका छैनन् । एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टको बर्खास्तीपछि उनीहरुले कसको निर्देशनमा कसका लागि प्रमाण मेटाउने काम गरे ? […]

२०७५ कार्तिक १० गते, शनिबार