मुख्य समाचार

क्रान्तिकारी पत्रकार संगठनमा प्रकाश डुम्रेको नेतृत्व आधिकारिक

काठमाडौं, १२ भदौ । नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिकारी पत्रकार संगठनमा प्रकाश डुम्रेको नेतृत्व आधिकारिक भएको जनाएको छ । उसले पार्टीको भातृ संगठन क्रान्तिकारी पत्रकार संगठन नेपालबारे भ्रामक प्रचार गरिएको भन्दै ध्यानाकर्षण भएको समेत जनाएको छ । नेकपाका कोन्द्रीय समितिको तर्फबाट कार्यालय सचिव ध्रुवले एक प्रेस विज्ञप्ति जारी गर्दै संगठन र संगठन नेतृत्वबारे वक्तव्यबाजी गरेर भ्रम […]

२०७५ भाद्र १२ गते, मंगलवार

‘झुठा मुद्दा सिर्जना गरेर अदालत परिसरबाटै गिरफ्तार गर्नु स्वतन्त्र न्यायालयमाथिको प्रहार’

काठमाडौं, १० भदौ । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसन (नेवाए)ले रिहाको आदेशलगत्तै झुठा मुद्दा सिर्जना गरेर अदालतबाटै नागरिकलाई गिरफ्तार गरेर सरकारले स्वतन्त्र न्यायालयमाथि गम्भीर ठेस पुर्याउने काम गरेको जनाएको छ । यही भदौ ९ गते शनिबार भक्तपुर सम्पन्न एसोसिएसनको ४५ कार्यकारिणी परिषद् बैठकले घोषणापत्र जारी गरेर अदालतबाटै गिरफ्तार गरेर नागरिकको न्यायायिक स्वतन्त्रमाथि आघात […]

२०७५ भाद्र ११ गते, सोमबार

प्रकाण्डलाई पटकपटक गिरफ्तार गर्नु पञ्चायती शैली

काठमाडौं, १० भदौ । पूर्वप्रधानमन्त्री तथा नयाँशक्ति नेपालका संयोजक एवं सांसद डाक्टर बाबुराम भट्टराईले सरकारले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई गिरफ्तार गरेर पञ्चायती चरित्र देखाएको बताएका छन् । आजको संसदमा विशेष समय लिएर बोल्दै सांसद डा. भट्टराईले नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पटकपटक पक्राउ गरेर सरकारले पञ्चायतकालीन व्यवहार गरेको बताएका हुन् । उनले गिरफ्तारप्रति असन्तुष्टी जनाए […]

२०७५ भाद्र १० गते, आईतवार

प्रकाण्डलाई २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं, १० भदौ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले बाटोको म्यादबाहेक २४ घण्टाभित्र गिरफ्तार गर्नुको लिखित कारणसहित प्रकाण्डलाई सर्वोच्चमा पेश गर्न सरकारको नाममा आइतबार आदेश भएको हो ।गैरकानूनी रुपमा गिरफ्तार गरी गैरन्यायिक तरिकाले सरकारले थुनामा राखेको भन्दै रिहाईको मागसहित […]

२०७५ भाद्र १० गते, आईतवार

‘न्याय माग्न जनता अब कहाँ जाने ?’

काठमाडौं, १० भदौ । आजको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गम्भीर अपराधका दोषीलाई जोगाउन राज्य नै लाग्ने हो भने ‘न्याय माग्न जनता अब कहाँ जाने ?’ भन्ने प्रश्न उठाएका छन् । सभापति देउवाले बलात्कार पश्चात एउटी अवोध बालिकाको हत्या निन्दनीयमात्रै नभएर जघन्य अपराध पनि भएको उल्लेख […]

२०७५ भाद्र १० गते, आईतवार

ओली सरकारको जगहसाइ

काठमाडौं, १० भदौ । गत साउन २२ गते मंगलबार काठमाडौँको टौदहबाट अपहरणको शैलीमा गिरफ्तार गरिएका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई प्रहरीले पुनः सर्वोच्च अदालत परिसरबाटै गिरफ्तार गरेको छ । साउन २२ गते पहिलो पटक गिरफ्तार गरिएका प्रकाण्डसहित उनीसँगै रहेका हरिचन्द्र आचार्य र मनबहादुर श्रेष्ठ भने सर्वोच्चको आदेशपछि रिहा भइसकेका छन् । प्रकाण्डका छोरा नरेन्द्र विकले […]

२०७५ भाद्र १० गते, आईतवार

सरकारी दमनबिरुद्ध उत्रन आह्वान

काठमाण्डौ, ९ भदौ । नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुरमा हत्या र बलात्कारको बिरोध गर्दै आन्दोलनमा उत्रिएका जनतामाथि सरकारले गरेको दमनको बिरुद्ध उत्रन आह्वान गरेको छ । नेकपा महासचिव विप्लवले आज बिज्ञप्ती जारी गरेर बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारालाई कार्वाही गर्नुको सट्टा हत्याको विरुद्ध उत्रिएका जनतामाथि हत्या र दमन गरिएको भन्दै सरकारको यस्तो हर्कतको बिरोधमा उत्रन […]

२०७५ भाद्र ९ गते, शनिबार

‘कञ्चनपुर घटनामा गृहमन्त्री रामबहादुर थापाको ठुलो कमजोरी’

काठमाण्डौ, ९ भदौ । नयाँ शक्तिका संयोजक एबम् पुर्ब प्रधानमन्त्री बाबुराम भट्टाराइले कञ्चनपुर घटनामा गृहमन्त्री राम बहादुर थापाको ठुलो कमजोरी देखिएको बताएका छन् । उनले कञ्चनपुरमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १७ वर्षीय किशोर सनी खुनाको मृत्यु भएकोमा भत्सर्ना गरेको बताए। नयाँ शक्तिको प्रचार विभागले आज जारी गरेको विज्ञप्तिमा बलात्कार र हत्याको घटनालाई गम्भीर ढङ्गले […]

२०७५ भाद्र ९ गते, शनिबार

प्रकाण्डलाई रिहा गराउन बन्दीप्रत्यक्षीकरणको रिट

काठमाडौं, ८ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई गैह्र कानुनी हिरासतमा राखेको भन्दै सर्वोच्च अदालतमा फेरि बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ । प्रकाण्डका भार्इ विरेन्द्र विश्वकर्माले आज सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । यस अघि सर्वोच्चले प्रकाण्डका विषयमा दुई पटकसम्म बन्दीप्रत्यक्षीकरणको रिट जारी गरिसकेको छ। तर प्रहरीले सर्वोच्चले छोड्ने वित्तिकै उनलाई समाइरहेको छ।

२०७५ भाद्र ८ गते, शुक्रबार

प्रकाण्डलाई तीन दिनको म्याद थप

काठमाडौं, ८ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई जिल्ला अदालत नुवाकोटले तीन दिनको म्याद थप गरेको छ । प्रवक्ता प्रकाण्डलाई बिहीबार सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको मुद्दामा छाड्न आदेश दिएलगत्तै पक्राउ गरिएको थियो । प्रहरीले उनलाई पक्राउ गरी रातारात नुवाकोट पुर्याएको थियो ।

२०७५ भाद्र ८ गते, शुक्रबार