मुख्य समाचार

नेकपाका कार्यकर्तामाथि धरपकड

काठमाडौं, २२ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द गरेको छ । यसैक्रममा प्रहरीले देशभरका नेकपाका कार्यकर्तामाथि धरपकड गरेको समाचार प्राप्त भएको छ । प्रहरीले प्युठानवाट जिल्ला नेता केशब र चिन्तामणिलाई पक्राउ गरेको बताइएको छ । यसैगरी प्रहरीले बाग्लुङ्ग वाट जिल्ला नेता विकिरण र सुमित घर्तिलाई पक्राउ गरेको छ । त्यस्तै नवलपरासीवाट प्रहरीले जिल्ला […]

२०७५ बैशाख २२ गते, शनिबार

बन्दको प्रभाब देशब्यापी

काठमाडौं, २२ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले आज गरेको नेपाल बन्द देशब्यापी रुपमा सफल भएको बताइएको छ । नेकपाले सरकारको फाँसिवादी दमन, राष्ट्रघात, जनघात, भ्रष्टाचार र कालाेबजारियाका बिरुद्ध राज्य दमनकाबिरुद्ध गरेको नेपाल बन्द देशब्यापी रुपमा सफल भएको जनाएको छ । यसै सिलसिलामा बाँकेको हवलदारपुरमा रहेको बिक्रम पाण्डेको भ्रष्ट कालिका निर्माण कम्पनी माथि ठुलो कार्वाही भएको […]

२०७५ बैशाख २२ गते, शनिबार

उपमेयर लामाको घरमा बम बिस्फाेट

काठमाडौं, २२ बैशाख । पूर्वी चितवनको राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाको घरमा बम विस्फोट भएको छ । आज बिहान करिव ४ः३० बजेको समयमा उपमेयर लामाको घरमा बम विस्फोट हुँदा सामान्य क्षति पुगेको बतैएको छ । स्थानीयले ठूलो आवाजमा बम विस्फोट भएको बताएका छन् भने प्रहरीले बमको प्रकृति हेर्दा प्रेसर कुकर बम विस्फोट भएको हुन सक्ने […]

२०७५ बैशाख २२ गते, शनिबार

अाज नेपाल बन्द , देशभरका ठूला शहर सुनसान

काठमाडौं, २२ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द गरेको छ । उसले केपी ओली नेतृत्वको सरकारले फाँसिष्ट र निरंकुश शैलीमा दिन दाहाडै आफ्ना नेता , कार्यकर्ता र शुभचिन्तकमाथी धरपकड ,गिरफ्तारी र वेपत्ता जस्ता गैरकानूनी क्रियाकलाप गरेको भन्दै आज नेपाल बन्दको घोषणा गरेको हो । बन्दको कारण विहानैदेखि काठमाडौं, विराटनगर, हेटौंडा, नेपालगंज, धनगढीलगायत देशभरका […]

२०७५ बैशाख २२ गते, शनिबार

नेपाल बन्दको पूर्वसन्ध्यामा मशाल जुलुस

काठमाडौं, २१ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको पूर्वसन्ध्यामा मशाल जुलुस निकालेको छ । यसै क्रममा बुटवलको मुटु मानिने मिलनचोक अासपास क्षेत्रबाट मशाल जुलुस निकालिएको हो । नेकपाका कार्यकर्ता मशाल दलाल सरकार मुर्दाबाद, दमन गर्न पाईदैन, धरपकड बन्द गरजस्ता नारा लगाउँदै मशाल जुलुस निकालेका थिए । त्यसैगरी नेकपाका कार्यकर्ताहरुले शुक्रबार साँझ नेपालगंज, विराटनगर, धनगढीसहित […]

२०७५ बैशाख २२ गते, शनिबार

भोलि नेपाल बन्द

काठमाडौं, २१ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले केपी ओली नेतृत्वको सरकारले फाँसिष्ट र निरंकुश शैलीमा दिन दाहाडै आफ्ना नेता , कार्यकर्ता र शुभचिन्तकमाथी धरपकड ,गिरफ्तारी र वेपत्ता जस्ता गैरकानूनी क्रियाकलाप गरेको भन्दै भोलि नेपाल बन्दको घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले वैशाख १४ गते एक वक्तव्य जारी गर्दै आफ्नो पार्टीका नेता कार्यकर्तामाथि वर्तमान सरकारद्वारा […]

२०७५ बैशाख २१ गते, शुक्रबार

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको छैटौं राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं, २१ बैशाख । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको छैटौं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट सो महासंघको सम्मेलनले अमर झाक्री अध्यक्ष र गोकुल दाहाल महासचिब रहने गरी ४१ सदस्यीय केन्द्रीय कमिटी पनि चयन गरेको छ । १२९ औँ मे दिवसको अवसर पारेर मङ्गलबारदेखि कास्कीको पोखरामा आयोजित उक्त सम्मेलनको उद्घाटन […]

२०७५ बैशाख २१ गते, शुक्रबार

क्रान्तिकारी पत्रकार संगठनको राष्टिय सम्मेलन सम्पन्न

काठमाडौं, १९ वैशाख । क्रान्तिकारी पत्रकार संगठन नेपालको तेस्रो राष्टिय सम्मेलन सम्पन्न भएको छ । बैशाख १५ गतेदेखि १७ गतेसम्म चलेको सो सम्मेलनले ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । काठमाडौंमा सम्पन्न सो सम्मेलनबाट केन्द्रीय समितिमा चयन भएका सदस्यहरुको नामावली यस प्रकार रहेको छ । आलोक माबुहाङ, हरि भण्डारी, ओम हमाल, दीपेन्द्र ऐरी, उन्नती […]

२०७५ बैशाख १९ गते, बुधबार

स्थानीयले प्रहरीलाई लखेटे !

काठमाडौं, १९ वैशाख । राष्ट्रियता, जनतन्त्र, जनजीविकाका पक्षमा र दलाल पुँजीवादी संस्कृतिका विरुद्ध अखिल नेपाल जनसांस्कृतिक महासंघ लुम्बिनी व्युरोले संचालन गरिरहेको एकीकृत जनजागरण अभियान अन्तर्गत कपिलवस्तुमा क्षितिज परिवारको सांस्कृतिक कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको छ । कपिलवस्तुको दानापुरमा भइरहेको कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको हो । कार्यक्रम स्थलबाटै प्रहरीले अखिल नेपाल जनसांस्कृतिक महासंघ कपिलवस्तुका सचिव तथा क्षितिज […]

२०७५ बैशाख १९ गते, बुधबार

मजदुर सम्मेलन सुरु

काठमाडौं, १८ वैशाख । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको छौटौें राष्ट्रिय सम्मेलन सुरु भएको छ । १२९ औं मे दिवसको अवसर पारेर महासङ्घको छौटौें राष्ट्रिय सम्मेलन आजवाट पोखरामा सुरु भएको हो । नेकपा निकट सो महासङ्घले एकीकृत जनक्रान्ति जिन्दावाद ! राष्टघात, जनघात, भ्रष्टाचार र मजदुर आन्दोलन उत्पीडनका विरुद्ध हाम्रो अभियान ! एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक […]

२०७५ बैशाख १८ गते, मंगलवार