मुख्य समाचार

नेकपाका पोलिटब्युरो सदस्य वीरजंगलाई चर्को यातना !

काठमाडौं, ११ मंसिर । प्रहरीद्धारा नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य न्द्रबहादुर चन्द ‘विरजंग’लाई चर्को यातना दिएको खुलासा भएको छ । गत शुक्रबार प्रहरीद्वारा गिरफ्तार गरिएका विरजंगलाई काठमाडाैंस्थित महाराजगंज प्रहरी तालिम केन्द्रमा राखिएकाे छ । नेकपा लुम्बिनी ब्युरो इन्चार्ज समेत रहेका चन्द्रबहादुर चन्द ‘विरजंग’लाई प्रहरीले आँखामा कालोपट्टी बाँधेर शारिरीक तथा मानसिक यातना समेत दिएको बुझिएकाे छ […]

२०७४ मंसिर ११ गते, सोमबार

गुल्मीमा बम विष्फोट

काठमाडौं, ११ मंसिर । गुल्मीमा बम विष्फोट भएको छ । नेपाली कांग्रेस गुल्मी जिल्लाको क्षेत्र नं २ मा चुनावी कार्यक्रममा जादै गर्दा अज्ञात समूहले वम प्रहार गरेको बताइएको छ । विस्फोटवाट नेपाली कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी र क्षेत्र नं २ का पार्टी सभापति भगत खड्का बाच्न सफल भएका छन् । मुसिकोट नगरपालिका वाड नं […]

२०७४ मंसिर ११ गते, सोमबार

सिलिण्डर बम विस्फोट

काठमाडौं, ११ मंसिर । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ६ मा अज्ञात समूहले सिलिण्डर बम पड्काएको छ । गएराति ८ः १५ बजेको समयमा सूर्यपुरस्थित खेतको कल्भर्टमा अज्ञात समूहले ग्यास सिलिण्डर पड्काएको चितवनका प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए । विस्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ […]

२०७४ मंसिर ११ गते, सोमबार

मालकोट र मेखालामा शुन्य मतदान

काठमाडौं, १० मंसिर । कालिकाेटकाे मालकाेटमा गाेली हानाहान हुन थालेपछि निर्वाचन टाेली दिउसै फर्केकाे छ । मालकाेटकाे सल्लारुख गाउँ नजिकै राखिएकाे बुथबाट निर्वाचनका लागि खटिएका कर्मचारी, म्यादी प्रहरीसहितकाे सुरक्षाकर्मी टाेली दिउसाे तीन बजे नै फर्केकाे बताइएकाे छ । दिउसाे तीन बजेसम्म कुर्दा पनि मतदान गर्न काेही नअाएपछि मतदान केन्द्रमा रहेका कर्मचारी र सुरक्षाकर्मीकाे टाेली दिउसै […]

२०७४ मंसिर १० गते, आईतवार

रामेछाप र लम्जुङमा जताततै बम विष्फोट

काठमाडौं, १० मंसिर । रामेछापको खााँडादेवी गाउँपालिकामा जताततै शक्तिशाली बम विष्फोट भएको छ । खाँडादेवी गापा ७ मा चोप्राङ मावि र कृष्ण उमाविबाट १ किमीको फरकमा सिलिन्डर बम विष्फोट भएको छ भने चोप्राङ माबीबाट डेढ किलोमीटरको फरकमा विद्युतीय माइन बिष्फोट भएको छ । विष्फोट सँगै ठाउँ ठाउँमा प्रेसर कुकुर बमहरु भेटिएको छ । खाँडादेवी गाउँ […]

२०७४ मंसिर १० गते, आईतवार

मालकाेटका जनताद्वारा मतदान गर्न अस्विकार

काठमाडौ, १० मंसिर । कालिकोटको मालकोटको सेरापाटा मतदान केन्द्रमा यति बेलासम्म पनि मतदान सुरु हुन् सकेको छैन । मतदान गर्न सर्वसाधारण नअाएपछि प्रहरी गाउँमा पसेर मतदान गर्न धम्की दिइरहेको बताइएको छ । नेपाली सेनाले हवाइ गस्ती गरिरहेको छ । यसैक्रममा प्रहरीले २ जना स्थानीय युवाहरुलाई गिरफ्तार गरेको छ । मालकाेटमा सुरक्षाकर्मीले संविधानले दिएको अधिकार हनन् […]

२०७४ मंसिर १० गते, आईतवार

शरतसिंहको घरमा बम विस्फोट

काठमाडौ, ९ मंसिर । राजपा नेपालका अध्यक्ष मण्डल सदस्य शरतसिंह भण्डारीको घरमा बम विस्फोट भएको छ । आज विहान भण्डारीको महोत्तरीको औरही नगरपालिका २ स्थित पुख्र्यौली घरको अगाडि बम विस्फोट भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले भण्डारीको घरको अगाडि रहेको पोखरीको डिलमा विस्फोट भएको र त्यसले कुनै किसिमको क्षति नभएको जनाएको छ

२०७४ मंसिर १० गते, आईतवार

कालिकोटमा बुथ कब्जा

काठमाडौ, ९ मंसिर । कालिकोटको मुम्रामा निर्वाचन सुरक्षाको लागी गएको प्रहरी र स्थानीयबीच दोहोरो भिडन्त भएको छ । दोहोरो भिडन्तमा परी २ जना घाइते भएका छन् । उनीहरु प्रहरीले चलाएको गोली लागेर घाइते भएका हुन् । घाइते हुनेमा स्थानीय महेन्द्र शाही र तन बिक रहेका छन । भोलि हुने मतदानको लागि सम्पूर्ण सामाग्री लिएर गएको […]

२०७४ मंसिर १० गते, आईतवार

महिलालाई दुर्व्यवहार गर्ने मतदान अधिकृत पक्राउ

काठमाडौ, ९ मंसिर । दार्चुलामा निर्वाचन केन्द्रमा खटिएका एक जना सहायक मतदान अधिकृत पक्राउ परेका छन् । व्याँस गाउँपालिका वडा नम्बर ३ मा रहेको सिद्धमावि सिनाको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत एवं गोकुलेश्वरमा विद्युत्त प्राधिकरणमा कार्यरत कर्मचारी सुरेशसिंह विष्टलाई महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ । सिद्धमावि सिनाको […]

२०७४ मंसिर ९ गते, शनिबार

केपी ओलीको घरको ढोकामै बम विस्फोट

काठमाडौ, ९ मंसिर । एमाले अध्यक्ष केपी ओलीको घरको ढोकामै बम विस्फोट गराइएको छ । आज विहान ४ बजेतिर झापाको दमक नगरपालिका–५ मा रहेको ओलीको घरको पूर्वी गेटमा विस्फोट भएको हो । विस्फोटबाट गेटमा क्षति भएको छ । यस्तै त्यहिं नजिकै अर्को विस्फोटक पदार्थ पनि भेटिएको छ । घरको गेट बाहिर एउटा झोला झुण्ड्याइएको अवस्थामा […]

२०७४ मंसिर ९ गते, शनिबार