मुख्य समाचार

निर्वाचनको सशक्त प्रतिरोध गर्न अपिल

काठमाण्डौ , २९ कार्तिक । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिले दलालहरूका विरुद्ध लड्ने क्रान्तिकारी संस्कृतिलाई कुनै पनि हालतमा कमजोर हुन नदिइने बताएको छ । उसले मरणासन्न राष्ट्रघाती तथा जनघाती दलाल पुँजीवादी संसदीय निर्वाचनमा कुनै पनि तवरबाट सहभागी नबन्न तथा यसका विरुद्ध सशक्त प्रतिरोध गर्न विशेष अपिल गरेको छ । यतिबेला वर्गमुक्तिको यात्रामा वर्गचेतना, वर्गप्रेम […]

२०७४ कार्तिक २९ गते, बुधबार

सम्पादक महर्जन गिरफ्तार

काठमाडौं, २९ कात्तिक । प्रहरीले नेपाल भाषाको पत्रिका ‘निहिगु जोज्वोलपा’का प्रधान सम्पादक जितेन्द्र महर्जनलाई गिरफ्तार गरेको छ । मंगलबार साँझ ६ बजे काठमाडौंको किर्तिपुरस्थित घरबाटै प्रहरीले गरिफ्तार गरेको हो । चुनाव नजिकै गर्दा सरकारले देशभरबाट समाचार लेखेकै कारण पत्रकारहरुलाई गिरफ्तार गरिरहेको छ । महर्जनलाई कालिमाटीस्थित महानगरिय प्रहरी बृतमा राखिएको छ ।

२०७४ कार्तिक २९ गते, बुधबार

संविधानले प्रत्याभूत गरेका स्वतन्त्रतालाई सम्मान गर्न माग

काठमाडौं, २८ कात्तिक । क्रान्तिकारी पत्रकार संगठन, नेपालका अध्यक्ष प्रभात चलाउनेले संविधानले प्रत्याभूत गरेका प्रेस, अभिव्यक्ति र आस्थाको स्वतन्त्रतालाई सम्मान गर्न माग गरेका छन । अध्यक्ष चलाउनेले आज एक प्रेस विज्ञप्ती जारी गर्दै खुल्लमखुल्ला सरकार र राज्यका अन्य निकायबाट भइरहेका मानव अधिकारका उल्लंघन, मौलिक अधिकारमाथिको हस्तक्षेप तथा गैरकानुनी गिरफ्तारीका विरुद्ध आवाज उठाउन सम्पूर्ण पत्रकार संघ […]

२०७४ कार्तिक २८ गते, मंगलवार

एमाले नेता गौतमको गाडी एम्बुसमा

काठमाडौं, २८ कात्तिक । बामगठबन्धनका ४ जना नेता सवार गाडी एम्बुसमा परेको छ । चुनावी सभालाई सम्बोधन गर्नका लागि धुपुबाट बाह्रबिसे जाँदै गरेको सो गाडी एम्बुसमा परेको हो । एम्बुस बिस्फोटका कारण गाडीमा क्षति पुगेको बताइएको छ । गाडीमा एमाले नेता राजेन्द्र गौतम, समानुपातिक सभासद् इन्दिरा मिश्र ‘चेतना’, माओवादी केन्द्रका नेता राजेन्द्र कार्की ‘नबिन’ र […]

२०७४ कार्तिक २८ गते, मंगलवार

शेरधन राई चढेको गाडीमा बम प्रहार

काठमाडौं, २८ कात्तिक । भोजपुर क्षेत्र २ का बाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राई चढेको गाडीमा बम प्रहार भएको छ । भोजपुर ट्याम्केमैयु गाउँपालिका वडा ७ को गुम्बा भन्ने ठाउँमा १४-१५ जनाको समहूले राई चढेको गाडीमाथि बम हानेको प्रत्यक्षदर्शीले बताएका छन् । बम प्रहारबाट ल्यान्ड रोभर गाडी पूर्णरुपमा ध्वस्त भएको छ। उम्मेदवार राई भने सकुशल […]

२०७४ कार्तिक २८ गते, मंगलवार

गिरफ्तार नेता कार्यकर्ता तत्काल रिहाइ गर्न माग

काठमाडौं, २८ कात्तिक । नेपाल कम्यूनिष्ट पार्टी गण्डकले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो नेता कार्यकर्ताहरु पक्राउ गरिएकोमा आपत्ति जनाउदै तत्काल बिनासर्त रिहाइको माग गरेको छ । पार्टी गण्डककी व्युरो प्रमुख सावित्रा दुरा आस्थाद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा दलाल राज्यको गृह प्रशासनले कथित चुनाव सफल पार्ने नाउमा गण्डक ब्युरो अन्तरगतका कास्की,गोर्खा र लमजुङवाट पार्टीका नेता कार्यकर्तालाई विना […]

२०७४ कार्तिक २८ गते, मंगलवार

रोल्पाको जनजीवन ठप्प

काठमाडौं, २७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी रोल्पाले आह्वान गरेको बन्दका कारण रोल्पाको जनजीवन ठप्प भएको छ । बन्दका कारण बिहानदेखि रोल्पाका बजार, यातायात, कलकारखाना र शिक्षण संस्था ठप्प रहेका छन् । जिल्ला इञ्चार्ज दलबहादुर खत्री र सेक्रेटरी सन्तोष सुवेदी लगायतका नेता कार्यकर्ता गिरप्तारीको विरुद्ध बन्द आह्वान गरेको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले बताएको छ । […]

२०७४ कार्तिक २७ गते, सोमबार

नेकपाका कार्यकर्ता बिनाकारण पक्राउ

काठमाडौं, २७ कात्तिक । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको घरघरमा छापा मार्ने र गिरफ्तार गर्ने कार्य तिब्र परेको गरेको छ । यसैक्रममा ताप्लेजुङ हाङपाङबाट नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युराे सदस्य सकल लिम्बु, िजल्ला सचिबालय सदस्य राजु दास, जिल्ला सदस्य तथा विद्यार्थी अध्यक्ष गणेश कार्की ढाेलीलाई प्रहरीले बिनाकारण गिरफतार गरेको छ । यसैगरी जिल्ला […]

२०७४ कार्तिक २७ गते, सोमबार

नेकपाका जिल्ला सेक्रेटरी कोइरालासहित तीन जना पक्राउ

काठमाडौं, २७ कात्तिक । प्रहरीले नेपाल कम्युनिस्ट पार्टी लमजुङ्गका जिल्ला सेक्रेटरी सन्तोष कोइरालालगायत तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा पार्टी जिल्ला सदस्य टेकतारा र गोविन्द रहेका छन । उनीहरुलाई लम्जुंगका विभिन्न स्थानहरुबाट पक्राउ गरिएको छ । टेकतारा हालसालै मात्र गठन भएको तमुवान स्वायत्त जनसरकार प्रमुख हुन् ।

२०७४ कार्तिक २७ गते, सोमबार

एकोहाेराे दमन गरे बम र बारुद मार्फत जवाफ दिने चेतावनी

काठमाडौं, २६ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य ओमप्रकाश पुनले सरकारले यहि प्रकारले राज्यअातंक मच्चाउने हाे र एकहाेराे दमन संचालन गर्ने हाे भने यसकाे जवाफ बम बारुद मार्फत नै दिन बाध्य हुने बताएका छन । उनले यसले कथित चुनाव घाेषित गृहयुद्धमा परिणत हुने र त्यसको जिम्मेवार स्वयं संसदवादी दलहरू हुनुपर्ने चेतावनी समेत दिएका छन […]

२०७४ कार्तिक २६ गते, आईतवार