मुख्य समाचार

‘प्रचण्ड रअ , सिआइए, दलाल, तस्कर, ठेकेदारको घेरामा ‘

काठमाडौँ , २८ असोज । नेकपा माओवादी केन्द्र परित्यागको घोषणा गरेका नेता लोकेन्द्र विष्टले प्रचण्ड विदेशी एजेन्टका साथै दलाल, लोभी–पापीका घेरामा रमाइरहेको आरोप लगाएका छन् । उनले सहिद परिवार र इमान्दार नेता–कार्यकर्ताले भेट्न नपाउने तर ‘रअ’ र सिआइएका एजेन्टका एजेन्टलाई प्रचण्ड निवास चौविसै घण्टा खुला रहेको बताए । नेता विष्टले एक अनलाइनलाई दिएको अन्तरवार्तामा प्रचण्ड […]

२०७४ आश्विन २८ गते, शनिबार

माओवादी केन्द्रमा कहिल्यै फर्कन्न : विष्ट

काठमाडौं, २७ असोज । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता लोकेन्द्र विष्टले कहिल्यै नफर्कने बाचा गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन् । बिष्टले आफ्नो राजिनामा पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई बुझाइ सकेको समेत बताएका छन् । ‘मैले पार्टीको केन्दीय कार्यालय सदस्य, पर्यटन र केन्द्रीय उत्पादन विभाग, पर्यटन विभागको इन्चार्ज र पार्टी सदस्यबाटै राजिनामा दिएको छु […]

२०७४ आश्विन २७ गते, शुक्रबार

नयाँ शक्तिद्वारा गठबन्धन छाड्ने चेतावनी

काठमाडौं, २७ असोज । अहिले चुनावी तालमेल र निर्वाचन लगत्तै पार्टी एकता कै ‘महाअभियान’ घोषणा गरेको वाम गठबन्धनभित्र एक साताभित्रै खटपट सुरु भएको छ । चुनावी तालमेलमा निर्वाचन क्षेत्र भागवण्डाको विवादका कारण नयाँ शक्तिले गठबन्धन छोड्ने चेतावनी दिएको छ । आफ्नो पार्टीलाई एमाले–माओवादीले ‘अपहेलित’ गर्न खोजेको निष्कर्षसहित उसले निर्वाचनमा सम्मानजनक व्यवस्थापन नगरिए गठवन्धन छोड्ने चेतावनी […]

२०७४ आश्विन २७ गते, शुक्रबार

नेकपाद्वारा मजदुरमारा क्यासिनो मालिकको षड्यन्त्र खारेज

काठमाडौँ , २५ असोज । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले साङ्ग्रीला होटेलका क्यासिनो मालिक राजेन्द्र बजगाइले आफ्नो पार्टी र प्रवक्ता प्रकाण्डविरुद्ध षड्यन्त्र गरेको भन्दै आपत्ति जनाएका छन् । महासचिव विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै शरदकुमार गौचनको हत्यालाई मुखौंटो बनाएर साङ्ग्रीला होटेलका क्यासिनो मालिक राजेन्द्र बजगाइले पार्टी र पार्टीका प्रवक्ता प्रकाण्डसँग भेट्न नमानेपछि क्यासिनोमा बम […]

२०७४ आश्विन २५ गते, बुधबार

भ्रामक समाचारलाई लिएर उत्तेजित र आतंकित नहुन प्रतिक्रियाबादीहरुलाई चेतावनी

काठमाडौँ , २५ असोज । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको पाँचौ पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले पार्टी महासचिव विप्लवद्वारा प्रस्तुत ‘संसदीय चुनाव खारेज गरौँ, क्रान्तिकारी ध्रुवीकरणलाई तीव्र पारौँ’ ‘ नामक राजनीतिक प्रस्ताव व्यापक बहस र छलफल गरि एकमतले पारित गरेको छ । बैठकले बर्तमान राजनीतिक परिस्थितिको गम्भीर समिक्षा गर्दै देश एकपछि अर्को दलालीकरणतिर […]

२०७४ आश्विन २५ गते, बुधबार

साँस्कृतिक कार्यक्रममा प्रहरी हस्तक्षेप

काठमाडौं, २४ असोज । प्रहरीले नेपाल कम्युनिष्ट पार्टीको साँस्कृतिक कार्यक्रममाथि हस्तक्षेप गरेको छ । नेकपा लुम्बिनी ब्युरोले संचालन गरेको तीन महिने ‘संगठन सुदृढीकरण तथा प्रतिरोध अभियान’ अन्तर्गत अर्घाखाँचीमा भएको कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको हो । अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं. १२ मा रहेको रजिवा गाउँमा क्षितिज सांस्कृतिक परिवारको साँस्कृतिक कार्यक्रम चलिरहेको बेला प्रहरीले हस्तक्षेप […]

२०७४ आश्विन २४ गते, मंगलवार

लोकतान्त्रिक र बाम गठबन्धन सकसमा

काठमाडौं, २३ असोज । लोकतान्त्रिक र बाम दुबै गठबन्धन आसन्न निर्वाचनका लागि सीटको भागबण्डा गर्न नसकेर सकसमा परेका छन् । दुई ठूला दलको नेतृत्वमा अलग अलग गठबन्धन घोषणा गरिए पनि आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सीटमा गठबन्धनकारी दलको चित्त बुझाउनु दुबैका लागि फलामे चिउरा चपाउनुसरह बनेको देखिँदैछ । हिजो नै सीट बाँडफाँड सकाउने भनेको […]

२०७४ आश्विन २३ गते, सोमबार

राष्ट्रिय युवा जनसंयमसेबक कालिकोटको तेस्रो जिल्ला सम्मेलन सम्पन्न

काठमाडौ, २३ असोज । राष्ट्रिय युवा जनसंयमसेबक नेपाल कालिकोट जिल्लाकाे तेस्रो जिल्ला सम्मेलन यहि असोज २१ गते कालिकोटको रास्कोटमा सम्पन्न भएको छ। सम्मेलनले शितल विष्टको नेतृत्वमा २३ सदस्यीय जिल्ला कमिटी निर्बाचित गरेको छ । जसको उपाध्यक्षमा विष्णु वराल, सचिवमा महाजित थापा ‘थर्कमान’ र कोषाध्यक्षमा कमल चदारा ‘ अविचल’ निर्वाचित भएका छन । खुल्लासत्र २१ गते […]

२०७४ आश्विन २३ गते, सोमबार

गोपाल खड्कालाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

काठमाडौ, २२ असोज । सर्वोच्च अदालतले सरकारबाट बर्खास्त नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पुनर्वहाली गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले खड्कालाई हटाउने सरकारको निर्णय गैरकानुनी भएको ठहर गरेको छ। सर्वोच्चले खड्कालाई आफ्नो कुरा राख्ने मौका नदिई प्राकृतिक न्यायको सिद्धान्तविपरीत हटाएको भन्दै अन्तरिम आदेश जारी गरेको हो। खड्कालाई […]

२०७४ आश्विन २२ गते, आईतवार

वैद्य माओवादीको राष्ट्रिय सम्मेलनमा विप्लवलाई आमन्त्रण

काठमाडौ, २२ असोज । नेकपा (क्रान्तिकारी माओवादी) को राष्ट्रिय सम्मेलन सुरू भएको छ । सो राष्ट्रिय सम्मेलनमा देशभरबाट ४ सय प्रतिनिधि र ५० पर्यवेक्षकको सहभागिता रहेको क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेल ‘प्रतीक’ ले जानकारी दिएका छन् । आज मध्यान्ह १२ बजेदेखि राष्ट्रिय सम्मेलनको उद्घाटन हुनुअघि बसेको थियो । केन्द्रीय समितिबाट पारित अध्यक्ष वैद्यको मस्यौदा प्रस्तावमाथि […]

२०७४ आश्विन २२ गते, आईतवार