मुख्य समाचार

माओवादी केन्द्रका केन्द्रीय सदस्य अधिकारी नेकपा(माओवादी)मा समाहित

काठमाडाैँ, २ माघ । ने.क.पा. माओवादी केन्द्रका नेता–कार्यकर्ता सो पार्टी परित्याग गरी ने.क.पा.(माओवादी)मा प्रवेश गर्ने लहर नै चलेको छ । यसैक्रममा, नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य कृष्णबहादुर अधिकारी ‘उमेश’ ने.क.पा.(माओवादी) मा समाहित भएका छन । माओवादी केन्द्र राष्ट्रघात र जनघात, भ्रष्टचारमा चुर्लुम्व डुवेको र जनविरोधी पार्टीमा बस्नुको कुनै औचित्य र अर्थ नभएको भन्दै उनि ने.क.पा.(माओवादी) […]

२०७३ माघ २ गते, आईतवार

माओवादी एम्बुसमा बटालियन कमान्डर

काठमाडाैँ, २ माघ । माअाेवादीको एम्बुसमा परी सेनाकाे कोब्रा बटालियन विशेष फोर्सका दुई कमाण्डरसहित ६ जनाकाे अवस्था गम्भीर घाइते भएका छन् । स्थानीय चुनाव बहिस्कार गरिरहेकाे भारतीय माअाेवादीले झारखण्ड राज्यको लाथेर जिल्लामा माओवादीविरुद्ध कम्बिङ अप्रेसनकाे नेतृत्व गरिरहेका उक्त फाेर्सका दुई सहकमाण्डर एम्बुसमा पारेका हुन् । एम्बुसमा परेर अन्य चार जनाकाे पनि अवस्था गम्भीर रहेकाे भारतीय […]

२०७३ माघ २ गते, आईतवार

भारतीय कन्सुलर कार्यालय हटाएर छाड्ने उदघोष

काठमाडौं, १ माघ । भारतले आफ्नो सुरक्षा फौजसहित अनधिकृत रुपमा नेपालको भूभाग (बिराटनगर)मा राखेको कार्यालय हटाउन माग गर्दै तीन वाम घटकले शुक्रबार बिराटनगरमा विरोध प्रदर्शन तथा सभाको आयोजना गरेका छन् । भारतीय कन्सुलर कार्यालयको सयमिटर नजिकमा विरोध सभा गर्दै तीन वाम घटकले कन्सुलर कार्यालय तत्काल हटाउन जोडदार माग गरेको छ । उक्त विरोध सभालाई सम्बोधन […]

२०७३ माघ १ गते, शनिबार

माअाेवादी गुल्मीको सेक्रेटरीमा बिष्णु पंन्त

काठमाडौं, १ माघ । नेकपा(माअाेवादी) गुल्मीले भुमिगत शैलिमा अधिवेशन सम्पन्न गरेकाे छ । अधिवेशन जिल्ला सदरमुकाम देखि करिब २० किलोमिटर पश्चिम जैसेथाेक गाविसकाे राेकायचाैरमा सम्पन्न भएको बताइएको छ । जिल्लाका ७५ वटै गाविसबाट प्रतिनिधिहरुको उपस्थितिमा जंगलकाे बिचमा दुई दिन लगाई जिल्ला अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले सेक्रेटरीमा बिष्णु पंन्तसहित २५ सदस्यीय जिल्ला समिति […]

२०७३ माघ १ गते, शनिबार

‘प्रचण्डले जनयुद्धका सहिदहरुको सपनामाथि गद्धारी गरे’

काठमाडौं, २९ पुस । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले जनयुद्धका सपनामाथि प्रचण्डले ठूलो गद्धारी गरेको बताएका छन् । सहिद रचना प्रकाशन केन्द्रद्धारा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रवक्ता प्रकाण्डले जनयुद्धको सपना नयाँ जनवादी व्यवस्था भएको तर प्रचण्डले त्यो सपना भुलेर संसदीय व्यवस्थाका सामु आत्मसमर्पण गरेको बताए । ‘हामीले जनयुद्ध थालनी गर्दा त्यसको लक्ष्य नयाँ जनवादी व्यवस्था […]

२०७३ पुष २९ गते, शुक्रबार

माओवादी भोजपुराद्वारा जनप्रतिनिधि सभा घोषणा

काठमाडौं, २९ पुस । नेकपा माओवादीको भोजपुरा स्वायत्त प्रदेशको जनप्रतिनिधि सभा घोषणा गरेको छ । रौतहटको जुडबेलामा माओवादीले २१ सदस्यीय जन प्रतिनिधि सभा घोषणा गरेको हो । त्यस्तै गोपाल जिम्बाको नेतृत्वमा ७ सदस्यि जनपरिषद् समेत घोषणा गरेको छ । जसको उपप्रमुखमा हरेराम यादब, सभामुखमा भक्तिमाया रेग्मी लगायत रहेका छन् । गंगाधर ढकालको सभापतित्वमा भएको घोषणा […]

२०७३ पुष २९ गते, शुक्रबार

‘नयाँ प्रविधिसहित युद्ध गर्न तयार छौ ‘

काठमाडौं, २९ पुस । नेकपा माओवादीका केन्द्रीय जनपरिषद प्रमुख तथा स्थायी कमिटि सदस्य सन्तोष बुढामगरले मुलुकलाई वाह्य हस्तक्षपबाट रोक्नको लागि सम्पूर्ण देशभक्तहरु एक हुनुपर्ने बताएका छन् । नेकपा माओवादी मकवानपुरको हेटौँडामा सुरु भएको जिल्ला सम्मेलनमा बोल्दै प्रमुख अतिथि समेत रहेका बुढाले नेकपा माओवादीले उठाएको जनक्रान्ति नेपाली जनताको भएको दाबी गरे । राज्यले देशभित्र रहेको नागरिकहरुको […]

२०७३ पुष २९ गते, शुक्रबार

स्वघोषित इन्टरनेशनल स्कूल-कलेज अखिल क्रान्तिकारीकाे निसानामा

काठमाडौं, २८ पुस । स्वघोषित इन्टरनेशनल स्कूल तथा कलेज नेकपा ( माअाेबादी )निकट अखिल क्रान्तिकारीकाे निसानामा पर्न थालेका छन । आफ्नो स्कूल-कलेजको नामकाे पछाडि ‘इन्टरनेशनल’ शब्द झुण्ड्याउने स्कूल-कलेजमाथि अखिल क्रान्तिकारीले छानविन थालेको छ । अखिल क्रान्तिकारिले त्यस्ता स्कूल-कलेजले अभिभावकलाई ठग्न इन्टरनेश्नल झुण्ड्याउने तर भाैतिक संरचना विद्यार्थीमैत्री नभएका र पढाईकाे स्तर न्यून भएकाे भन्दै त्यस्ता स्कूल-कलेजमाथि […]

२०७३ पुष २८ गते, बिहीबार

‘क्रान्तिको क्षेप्यात्र प्रक्षेपण हुँदैछ’

काठमाडौं, २७ पुस । नेकपा (माओवादी)का स्थायी कमिटि सदस्य तथा केन्द्रिय जनपरिषद् प्रमुख सन्तोष बुढा मगरले क्रान्तिको क्षेप्यात्र प्रक्षेपण हुने बताएका छन । नेकपा (माओवादी) नवलपरासीको ५ औं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले महाधिवेशनलाई पार्टी र संगठन निर्माणको अस्त्रको रुपमा हेर्नुपर्ने बताउदै अगाडी भने, ‘पार्टीले फाल्गुण १ गते काठमाडौंमा […]

२०७३ पुष २७ गते, बुधबार

प्रचण्डलाई जनअदालतमा उभ्याउने चेतावनी

काठमाडौं, २७ पुस । नेकपा माओवादीका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश वलि ‘शुदर्सन’ले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘जनअदालत’मा उभ्याउने चेतावनी दिएका छन् । प्रचण्ड हिटलर बन्न खोजेकाले उनलाई जनअदालतमा उभ्याउनु पर्ने बेला भएको ओलीले बताए । नेकपा माओवादी जाजरकोटको चौथो जिल्ला सम्मेलनको उद्‍घाटन कार्यक्रममा उनले माओवादीले पनि आफ्नो जनसत्ता सञ्चालन गरेको बताए […]

२०७३ पुष २७ गते, बुधबार