मुख्य समाचार

माओवादीद्धारा मतदान केन्द्र कब्जा

काठमाडौं, ३ मंसिर । चुनावको शसक्त बहिस्कारमा उत्रिएको नेकपा-माओवादीको कार्यकर्ताले देलेखको लकान्त्रास्थित हुइका मतदान केन्द्र आफ्नो कब्जामा लिएका छन् । नेकपा-माओवादी नेतृत्वको ३३ दलिय मोर्चाका करिब ५०-६० जनाको समूहमा आएका कार्यकर्ताले मतदान केन्द्रमा खटिएका कर्मचारी र प्रहरीलाई लखेटेर केन्द्र कब्जा गरेको हुइकाका मतदान अधिकृत चीत्रप्रसाद भट्टराईले बताए।माओवादीका कार्यकर्ताले मतदान केन्द्रमा कब्जा लिएर तोडफोडसमेत गरेका छन् […]

२०७० मंसिर ३ गते, सोमबार

लम्जुङ्गमा सिलिन्डर बम बिस्फोट

काठमाडौं, ३ मंसिर ।लम्जुङ्गको हिले टक्सारमा अहिले साझ सक्तिसाली सिलिन्डर बम बिस्फोट भएको छ l यसैगरी जिल्लाको विभिन्न क्षेत्रमा तिनवटा सकेट बम बिस्फोट भएको बताइएको छ l यसै क्रममा ने कपा -माओबादी लम्जुङ्गले जिल्लाका सम्पूर्ण ८८ हजार मतदातालाइ निर्वाचनमा भाग नलिन अनुरोध गरेको स्रोतले बताएको छ l

२०७० मंसिर ३ गते, सोमबार

ठाउँ ठाउँमा बम बिस्फोट

काठमाडौं, ३ मंसिर । चुनावको एक दिन अघि देशका विभिन्न ठाउमा बम बिस्फोट भएको छ । आज बिहानैदेखि ठाउँ ठाउँमा बम भेटिन थालेको छ । काठमाण्डुको बालकोटस्थित हनुमन्तेपुलमा भेटिएको प्रेसर कुकर बम, बुढानिलकण्ठको चप्लेगाउँलगायत स्थानमा भेटिएका बम नेपाली सेनाको टोलीले निष्कृष्य पारेको छ । सप्तरीको राजविराजस्थित जिल्ला निर्वाचन कार्यालय नजिकै दुईवटा सकेट बम फेला परेका […]

२०७० मंसिर ३ गते, सोमबार

सरकार धरपकडमा उत्रियो

काभ्रे, ३ मंसिर । निर्वाचनको अघिल्लो दिन सरकारले नेकपा–माओवादीको कार्यकर्ता माथि धरपकड सुरु गरेको छ । निर्वाचन बहिस्कार गर्नेहरुलाई तत्काल पक्राउ गर्ने, नजरबन्दमा राख्ने लगायतका विशेष सुरक्षा रणनीति अपनाएको सरकारले आज नेकपा–माओवादीका बनेपाका नगर इन्चार्ज सौरभ कायस्थलाई पक्राउ गरेको छ । निर्वाचन बिथोल्न खोजेको भन्दै प्रहरीले काभ्रे, बनेपाका नेकपा–माओवादी नगर इन्चार्ज सौरभ कायस्थलाई पक्राउ गरेको […]

२०७० मंसिर ३ गते, सोमबार

रामेछापमा सिलिन्डर बम बिस्फोट

काठमाडौं ,३ मंसिर । गए राति रामेछापमा सक्तिसाली सिलिन्डर बम बिस्फोट भएको छ l हिजो राति करिब १० बजेतिर रामेछापको पकरवासवाट शित्खा जाने बाटोको देउराली भन्ने ठाउमा अज्ञात समुहले सक्तिसाली सिलिन्डर बम बिस्फोट गरेको हो l उक्त बम बिस्फोटवाट के कति क्षति भयो भन्ने हाल सम्म खुल्न सकेको छैन l यसैगरी गएराति मोरङको दुई स्थानमाअज्ञात […]

२०७० मंसिर ३ गते, सोमबार

दाहालमाथि आक्रमण ,सवारीसाधन क्षतिग्रस्त

चितवन, २ मंसिर : एमाओवादी चितवन क्षेत्र नं. ३ का उम्मेदवार नारायण दाहालमाथि आक्रमण प्रयास भएको छ ।अहिले साँझ नारायणगढ नजिकै बेलटाँडीमा दाहालमाथि आक्रमण भएको छ । प्रहरी नजिकै भएकोले उनलाई चोटपटक लाग्न भने पाएन र उनको सवारीसाधन भने क्षतिग्रस्त भएको छ ।एमाओवादीले एमाले युवाहरुले आक्रमण गरेको दाबी गरेको छ ।

२०७० मंसिर २ गते, आईतवार

राज्यले आतङ्क खडा गर्यो : किरण

काठमाडौं ,२ मंसिर । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले माओवादीको बहिस्कार आन्दोलन शान्तिपूर्ण रहेको भन्दै सरकारका कारण कतिपय घटना भएको बताएका छन् । अध्यक्ष किरणले आज विज्ञप्ति जारी गर्दै आफूहरुको शान्तिपूर्ण आन्दोलनका विरुद्ध राज्यले असहिष्णुतापूर्वक राज्यको सम्पूर्ण शक्ति प्रयोग गरेर दमन-धरपकड गर्दै एकप्रकारको राज्य आतङ्क खडा गरेको बताएका छन् । गृहमन्त्री माधवप्रसाद घिमिरेले वम काण्डको […]

२०७० मंसिर २ गते, आईतवार

पानी ट्यांकरमा पेट्रोल बम प्रहार, एक घाइते

चितवन ,२ मंसिर। चितवनको नारायणगढमा आइतबार अज्ञात समूहले पानी बोक्ने गाडीमा पेट्रोल बम प्रहार गरेको छ । बा १ ख ९५५४ नम्बरको गाडीलाई लक्षित गरी भरतपुर-४ को होटल सेन्टर पम्प अगाडि पेट्रोल बम प्रहार गरिंदा गाडीका ड्राइभर घाइते भएका छन् ।

२०७० मंसिर २ गते, आईतवार

यात्रुबाहक बसमा पेट्रोल बम प्रहार

काठमाडौं,१ मंसिर । काठमाडौंको सतुंगलमा ना ४ ख ५२०० नम्बरको बसमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बम प्रहारवाट ८ जना घाइते भएका छन् । उनीहरुमध्ये २ को अवस्था गम्भीर छ । काठमाडौंबाट वीरगञ्ज जान लागेको ना ४ ख ५२०० नम्बरको बसमा बम प्रहार भएको प्रहरीले जनाएको छ । घटनामा घाइते भएकाहरुको बागेश्वरी अस्पतालमा […]

२०७० मंसिर १ गते, शनिबार

माओवादीका भेरी-कर्णाली इन्चार्ज गिरफ्तार

सुर्खेत, १ मंसिर – नेकपा–माओवादीका भेरी कर्णाली राज्य समितिका इन्चार्ज मायाप्रसाद शर्मा ‘पारसमणी’लाई प्रहरीले गिरफ्तार गरेको छ ।सुर्खेतको वीरेन्द्रनगर १ ढोडेखालीबाट बांगेसिमल जाँदै गरेका शर्मालाई शनिबार विहान ९ बजेतिर पक्राउ गरेको माओवादीले जनाएको छ । प्रहरीले शर्मासँगै रहेका अखिल नेपाल यातायात मजदुर संघ सुर्खेतका सदस्य शिव न्यौपानेलाई पनि प्रक्राउ गरेको छ । उपचार गरेर फर्कने […]

२०७० मंसिर १ गते, शनिबार