मुख्य समाचार

नेकपाका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र राप्रपाका अध्यक्ष थापाबीच भेटवार्ता : वर्तमान जटिल राजनीतिक अवस्थाको बारेमा छलफल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र राप्रपाका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान भएको सो भेटवार्तामा महासचिव विप्लवले तकालिन सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्धको बिरोध जनाउने अध्यक्ष थापा पहिलो व्यक्ति भएको प्रसंग उठाउदै उनलाई धन्यबाद दिएको बताइएको छ। यसैगरी सो भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले […]

२०७८ श्रावण ८ गते, शुक्रबार

‘बर्तमान राजनीतिक संकटको एकमात्र बिकल्प जनमत संग्रह’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले बर्तमान राजनीतिक संकटको एकमात्र बिकल्प जनमत संग्रह भएको बताएका छन । महासचिव विप्लवले सो पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्ट म्याग्जिनको विमोचन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । महासचिव विप्लवले संसदीय व्यवस्थाको औचित्य समाप्त भइसकेको ठोकुवा गर्दै अहिलेको राजनीति पञ्चायतकालमा भन्दा अचाक्ली विकृति देखिन थालेको बताए ।महासचिव विप्लवले […]

२०७८ श्रावण ६ गते, बुधबार

नेकपाका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री देउवा , गृहमन्त्री खाँणबीच भेटवार्ता

आगामी दिनमा समग्र राजनीतिको बारेमा छलफल गर्ने सहमति काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भेटवार्ता भएको छ । सो भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमतिको स्वामित्व वर्तमान सरकारले लिनुपर्ने र सो सहमति कार्यान्वयन […]

२०७८ श्रावण ६ गते, बुधबार

ने.क.पा.का महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता : छलफललाई घनिभूत ढंगले अगाडी बढाउने सहमति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड , पुर्वप्रधानमन्त्री एबम् एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सो भेटवार्तामा महासचिव विप्लवले ओली सरकारसंग भएको तीनबुँदे सहमति कार्यान्वनको प्रसंग उठाउदै नेकपा र सरकारबीच भएको तीन बुँदे सहमति हुँदा आम नेपाली जनताका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा सकारात्मक प्रभाब परेको बताउदै तर […]

२०७८ श्रावण ५ गते, मंगलवार

‘खरानी बन्छौ तर सहिदका सपना मर्न दिदैनौँ ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले क्रान्तिमा बलिदान गर्न तयार भएको बताउदै सहिदका सपना कदापि मर्न नदिने प्रतिबद्धता गरेका छन । महासचिव विप्लवले एकीकृत जनक्रान्तिको क्रममा सहादत प्राप्त सहिद परिवारजन र घाइते योद्धाहरुसँगको भेटघाटमा सो प्रतिबद्धता गरेका हुन् । महासचिव विप्लवले पार्टीको प्रस्तावनामा साथीहरु सहिद भएको र यसको जिम्मा पार्टीले लिने पनि बताउदै उनले […]

२०७८ श्रावण ५ गते, मंगलवार

नेकपाका महासचिव विप्लव र डा. बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव र पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।शुक्रबार बिहान भएको सो भेटमा नयाँ सरकार गठन भएको सन्दर्भमा पुरानो सरकारसँग भएको तीनबुँदे सहमतिको कार्यान्वयनका विषयमा दुई नेताबीच छलफल भएको बताइएको छ । विशुद्ध राजनैतिक भनिएको उक्त भेटघाटमा समसामयीक राजनितिक विषयमा छलफल […]

२०७८ श्रावण १ गते, शुक्रबार

नेकपाका महासचिव विप्लव र माधव नेपालबीच भेटवार्ता : समसामयीक राजनीतिक विषयमा छलफल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार बिहान भएको सो भेटमा नयाँ सरकार गठन भएको सन्दर्भमा पुरानो सरकारसँग भएको तीनबुँदे सहमतिको कार्यान्वयनका विषयमा दुई नेताबीच छलफल भएको बताइएको छ । विशुद्ध राजनैतिक भेटघाट भनिएको उक्त भेटघाटमा समसामयीक राजनैतिक विषयमा छलफल भएको र तीनबुँदे सहमतिका विषय […]

२०७८ असार ३१ गते, बिहीबार

नेकपाका महासचिव विप्लव र प्रचण्डबीच भेटवार्ता : जनता र राष्ट्रका समस्याका विषयमा छलफल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । उक्त भेटवार्तामा जनता र राष्ट्रका समस्याका विषयमा छलफल भएको बताइएको छ ।सो भेटवार्तामा महासचिव विप्लवले नयाँ सरकार बनेको सन्दर्भमा आफ्नो पार्टी र ओली सरकारबीच भएको तीनबुँदे सहमतिको स्वामित्व नयाँ सरकारले लिनुपर्ने बताएका थिए भने प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनमा […]

२०७८ असार ३० गते, बुधबार

नेकपा सचिवालयको बैठक सम्पन्न : सबै राजनीतिक शक्तिसंग सम्बाद र छलफललाई तिब्रता दिने निर्णय

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको   केन्द्रिय सचिवालयको बैठक सम्पन्न भएको छ । बुधबार   काठमाडौँमा सम्पन्न उक्त पार्टीको   सचिवालयको बैठकले पछिलो बिकसित राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै सबै राजनीतिक शक्तिहरुसंग सम्बाद र छलफललाई तिब्रता दिने निर्णय गरेको छ । बैठकमा अघिल्लो सरकारसंग भएको तीनबुंदे सहमति वर्तमान  सरकारले पनि स्विकार्नु पर्ने र कार्यान्वयन गर्नुपर्ने बिषयमा छलफल भएको बताइएको […]

२०७८ असार ३१ गते, बिहीबार

‘संसदीय व्यवस्था पूर्णतः असफल : जनमतसङ्ग्रह अनिबार्य ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले संसदीय व्यवस्था पूर्णतः असफल भइसकेकाले प्रगतिशील संयुक्त सरकार गठन गरी जनमतसङ्ग्रहको माध्यमबाट दलाल पुँजीवादी व्यवस्था फालेर वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताएका छन । सर्बोच्च अदालतको परमादेशवाट केपी ओली सरकार बहिर्गमन भएर शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछिको विकसित राजनीतिक परिस्थितिका बारेमा सो पार्टीको मुखपत्र रातो खबरलाई दिएको विशेष अन्तर्वार्तामा […]

२०७८ असार ३० गते, बुधबार