मुख्य समाचार

नेकपा नेत्री उमा भुजेल रिहा

काठमाडौँ । सर्वोच्च अदालतले गैर न्यायिक थुनाबाट रिहा गर्न आदेश दिए लगतै नेकपा नेत्री उमा भुजेल रिहा भएकी छन । उमा भुजेलको तर्फबाट उनकी बहिनी शुशिला भुजेलले दायर गरेको रिट उपर सुनुवाई गर्दै आज सर्वोच्च अदालतले यस्तो आदेश दिएको थियो । नेतृ भुजेललसँगै सुमनसिहं पौडेल पनि रिहा भएका छन । भुजेललाई सुनसरी जिल्ला अदालतले भदौ […]

२०७७ भाद्र १४ गते, आईतवार

सर्वोच्च अदालतद्वारा उमा भुजेललाई रिहा गर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले उमा भुजेललाई गैर न्यायिक थुनाबाट रिहा गर्न आदेश दिएको छ। नेपाल कम्युनिस्ट पार्टीको नेतृ उमा भुजेललाई गैर न्यायिक थुनाबाट रिहा गर्न सरकार र सप्तरी जिल्ला प्रहरीलाई आदेश गरेको छ । उमा भुजेलको तर्फबाट उनकी बहिनी शुशिला भुजेलले दायर गरेको रिट उपर सुनुवाई गर्दै सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो । नेतृ […]

२०७७ भाद्र १४ गते, आईतवार

सर्वोच्चको आदेशको उपहास : नेकपाका नेता वीरजङ्ग पुनः गिरफ्तार

काठमाडौँ । प्रहरीले सर्वोच्च अदालतको आदेशको उपहास गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन मध्यपश्चिम इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई पुनः गिरफ्तार गरेको छ । सर्वोच्च अदालतमा गैरकानुनी रूपमा कारागार चलान भएको भनी बन्दी प्रत्यक्षीकरणको रिट निवेदन परेपछि सर्वोच्च अदालतको आदेशमा जिल्ला अदालत भोजपुरले नेता वीरजङ्गलाई थुनामुक्त गर्न आदेश दिएको थियो । तर भोजपुरबाट […]

२०७७ भाद्र १० गते, बुधबार

नेकपाले निस्कासन गरेपछि जसपाको शरणमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले गत बैशाखमा पार्टीबाट निस्कासन गरिसकेको व्यक्तिहरु जसपाको शरणमा पुगेको रहस्य बाहिरिएको छ । नेकपाले आज एक बिज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका कुनै पनि कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश नगरेको भन्दै भ्रममा नपर्न पार्टी पंक्ति र जनतालाई आग्रह गरेपछि सो रहस्य खुलेको हो । नेकपाले जसपामा प्रवेश गरेका भनिएका व्यक्ति आफ्नो […]

२०७७ भाद्र ८ गते, सोमबार

नेकपाद्वारा अवैधरुपमा बालुवा उत्खनन गर्ने स्काभेटरमा आगजनी,अध्यक्षलाई जनकारबाही गर्ने चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले अवैध रुपमा बालुवा उत्खनन गर्ने स्काभेटर आगजनी गरी गाउँपालिकाका अध्यक्षलाई जनकारबाही गर्ने चेतावनी दिएको छ । सो पार्टीको नुवाकोट जिल्लाले बेलकोटगढी नगरपालिका–१३ का राजेन्द्र तामाङले सञ्चालन गर्दै आएको स्काभेटरमा आगजनी गरेको हो । घटनास्थलमा नेपाल कम्युनिस्ट पार्टीले कारबाही गर्नुको कारणसहित छाडिएको पत्रमा दुई वर्षअघि नेकपाले कब्जा गरेको जग्गाबाट राजेन्द्रले अवैध […]

२०७७ भाद्र ८ गते, सोमबार

नेकपाले मर्मत सम्भार गरेको पुल नेपाली सेनाले भत्काएपछि पुन: मर्मत सम्भार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले मर्मत सम्भार गरेको कालीकोटको रास्कोट नगरपालिका ९ फुगाडमको पुल नेपाली सेनाले भत्काएपछि नेकपाका कार्यकर्ताले पुन: मर्मत सम्भार गरेका छन् । गत साउन १३ गतेको बाढीले फुगाडको बेलिब्रिजसहित झोलुङ्गे पुल बगाएपछि नेकपाका नेता–कार्यकर्ताहरूले जनश्रमदान गरी पुल मर्मतसम्भार गरेका थिए । पुल र बेलिब्रिज बाढीले बगाएपछि पचाल झरना, पलाँता गाउँपालिका, बाजुरा, मुगु […]

२०७७ भाद्र ५ गते, शुक्रबार

‘सहिद रामवृक्ष तानाशाही राज्यव्यवस्थाका लागि आतङ्क र आम–श्रमिक जनसमुदायका निम्ति प्रेरणास्रोत’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सहिद रामवृक्ष यादव तानाशाही राज्यव्यवस्थाका लागि आतङ्क र आम–श्रमिक जनसमुदायका निम्ति प्रेरणास्रोत रहेको बताएको छ । यादवको २७ औँ स्मृति दिवसका अवसरमा सो पार्टीका महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् । महासचिव विप्लवले विज्ञप्तिमा पञ्चायती र बहुदलीय कालमा समेत अनेकौँपटक गिरफ्तारी, जेल र यातनाहरूले उहाँलाई गलाउन […]

२०७७ भाद्र ३ गते, बुधबार

काठमाडौ उपत्यकामा बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निधेषाज्ञा

काठमाडौं । काठमाडौ उपत्यकामा बुधबार बेलुका १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी हुने भएको छ । उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि एक साताका लागि निषेधाज्ञा लागू गर्न लागिएको हो । आज काठमाडौँ, भक्तपुर र ललितपुरका कोरोना रोकथाम समितिका बैठकले काठमाडौँ उपत्यकाका तीनै जिल्ला( काठमाडौँ, भक्तपुर र ललितपुर)मा भदौ ३ गते रातिदेखि भदौ १० […]

२०७७ भाद्र २ गते, मंगलवार

नेकपाद्वारा पार्टीलाई बद्नाम गराउन खोज्नेलाई उपयुक्त समयमा उचित कारबाही गर्ने उदघोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पार्टीलाई बद्नाम गराउन खोज्ने तत्वहरूको पहिचान र ती तत्वहरूलाई उपयुक्त समयमा उचित कारबाही हुने बताएको छ । सो पार्टीको उपत्यका विशेष ब्युरोले आफ्नो पार्टीको नेताका नाममा गरिएको ब्ल्याकमेलिङप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । हालै जनआस्था डटकमनामक अनलाइनमा साउन ३० गते ‘विप्लवको नाम बेच्दै मान्यद्वारा व्यापारीलाई धम्की : छिटो गर्नोस्, […]

२०७७ श्रावण ३२ गते, आईतवार

नेकपाद्वारा बाढीपहिरो पीडितको उद्धारमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले बाढीपहिरोमा परी बेपत्ता भएकाहरूको उद्धार तथा खोजीकार्यमा तीव्रताका साथ लागिपर्न र बाढीपहिरो पीडितहरूका निमित्त राहतमा जुट्न आम पार्टीपङ्क्तिलाई विशेष निर्देशन दिएको छ । सो पार्टीका ताम्सालिङ ब्युरो इन्चार्ज आधारले प्रेस विज्ञप्ति जारी गरी अविरल वर्षा र बाढीपहिरोका कारण साउन ३० गते बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका २ मा ठूलो धनजनको […]

२०७७ श्रावण ३१ गते, शनिबार