मुख्य समाचार

नेकपाद्वारा कालीकोटमा प्रशिक्षण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कालीकोटले मेहेलमुडीमा बैठक तथा प्रशिक्षण सम्पन्न गरेको छ । उक्त प्रशिक्षणमा कार्यक्रममा प्रमुख अतिथि जिल्ला इन्चार्ज विराटले प्रचण्डले समाप्त पार्न खोजेको क्रान्तिलाई आफ्नो पार्टीले बचाउँदै त्यसमा विकास गरिरहेको र अबको लडाइँ सुधारवादी अवसरवादी र दलाल प्रवृत्तिसँग भएकाले सचेत भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए । जिल्ला सेक्रेटरी रणदीपले वर्तमान कम्युनिस्ट […]

२०७७ श्रावण ३० गते, शुक्रबार

नेकपाद्वारा जुम्ला घटनाको भत्र्सना

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको भेरी–कर्णाली ब्युरोले साउन २४ गते राती जुम्लामा भएको घटनाको घोर भत्र्सना गरेको छ ।ब्युरो इन्चार्ज रविले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई वडा अध्यक्ष भक्त रोकायासहितको समूहले आक्रमण गरी गिरफ्तार गराएको भन्दै बिनासर्त रिहाइको माग गरेका छन् । प्रेस विज्ञप्तिमा जनयुद्धकालीन दमनको झल्को दिने गरी गरिएको गुन्डाराज र […]

२०७७ श्रावण २८ गते, बुधबार

नेकपाद्वारा सहिद लखनको स्मृतिमा चौतारो निर्माण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी परिवर्तन गाउँ समिति रोल्पाले जनयुद्धको समयमा जनमुक्ति सेनाका तत्कालीन कम्पनी कमान्डर सहिद रूपलाल ओली ‘लखन क्षेत्री’ स्मृतिमा परिवर्तन गाउपालिका वडा नं ३ हाइबाङ्मा निर्मित स्मारक चौतारी भव्य समारोहका बीच उद्घाटन गरेको छ । लखन क्षेत्रीले धादिङको कृष्णभीरमा सहादत प्राप्त गरेका थिए ।स्मारक उद्घाटन कार्यक्रम नेकपा परिवर्तन गाउँ समितिका सेक्रेटरी महेशको […]

२०७७ श्रावण २७ गते, मंगलवार

‘ जुम्ला घटनाका मतियारहरूलाई उचित समयमा कारबाही हुन्छ’

काठमाडौँ । नेकपा निकट युवा सङ्गठन नेपालले यही साउन २४ गते जुम्लाको तिला गाउँपालिका वडा नम्बर ०६ मा पार्टीकामको सिलसिलामा रहेको बेला उक्त वडाका जनप्रतिनिधि भक्तबहादुर रोकायाले ३० जना गुन्डा प्रयोग गरी आफ्नो सङ्गठनका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गराएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएको छ । सङ्गठनका भेरी–कर्णाली ब्युरो संयोजक दीपले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आफ््नो […]

२०७७ श्रावण २७ गते, मंगलवार

नेकपाद्वारा जुम्लाका सेक्रेटरी उदयसहित गिरफ्तार सबैलाई रिहा नगरिए वर्गसङ्घर्ष चर्काउने चेतावनी

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी जुम्लाले प्रेस विज्ञप्ति प्रकाशित गरी साउन २४ गते राती तिला गाउँपालिका वडा नं. ६ घोडेगाउँमा निर्वाचित जनप्रतिनिधि भनिएका वडाध्यक्ष भक्तबहादुर रोकायाले आफ्नै नेतृत्वमा काङ्ग्रेसका गुन्डाहरू प्रयोग गरी जुम्लाका सेक्रेटरी राजबहादुर भाम ‘उदय’ र युवा सङ्गठन नेपाल जुम्लाका अध्यक्ष नन्द तिरुवा ‘नवीन’ को साथमा रहेकी बहिनी सपनालाई घरमा खाना खाइरहेको अवस्थामा आपराधिक […]

२०७७ श्रावण २६ गते, सोमबार

अखिल नेपाल क्रान्तिकारी गार्मेन्ट तथा टेक्सटाइल मजदुर सङ्घ ललितपुर जिल्ला समिति गठन

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घअन्तर्गत रहेको पेसागत सङ्घ अखिल नेपाल क्रान्तिकारी गार्मेन्ट तथा टेक्सटाइल मजदुर सङ्घको ललितपुर जिल्ला समिति गठन भएको छ । महासङ्घको उपत्यका विशेष क्षेत्रीय समन्वयन समितिका संयोजक शिशिर थापाको प्रमुख आतिथ्य एवम् ललितपुर जिल्ला महासङ्घका अध्यक्ष राजकुमार मगर र पेसाका सचिव कुमार घिसिङ, कोषाध्यक्ष टीका घिमिरे अतिथि रहेको उक्त […]

२०७७ श्रावण २५ गते, आईतवार

चिकित्सा शिक्षा सङ्घर्ष समितिद्वारा लेट फि भन्दै फेरि अर्को रकम नमाग्न चेतावनी

काठमाडौँ । चिकित्सा शिक्षा सङ्घर्ष समितिले कोरोना महामारीको जटिल परिस्थितिमा पनि मेडिकल कलेजका मालिकहरूले विद्यार्थीहरू र अभिभावकहरूलाई फोन गरी पैसा माग्ने र धम्की दिनेजस्ता घृणित कार्य गरेको भन्दै यसप्रकारको कार्यमा सङ्घर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समितिका संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले सङ्र्ष समिति र चितवन मेडिकल कलेजका सम्पूर्ण विद्यार्थी तथा […]

२०७७ श्रावण २४ गते, शनिबार

नेकपाका केन्द्रीय सदस्य ध्रुव घिमिरेको घरमा पक्राउ पुर्जी टाँस

काठमाडौँ । नेकपाका केन्द्रीय सदस्य तथा धौलागिरि ब्युरो इन्चार्ज ध्रुव घिमिरे ‘विप्लव’ का नाउँमा म्याग्दी जिल्ला अदालतले पक्राउ पुर्जी टाँसेको छ । ‘पक्राउ पुर्जीबमोजिम उपस्थित हुन आउने सूचना’ नाउँमा अदालतद्वारा जारी पक्राउ पुर्जीमा भनिएको छ, ‘म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. २ ज्यारुककोट बस्ने खड्कबहादुरको छोरा अ वर्ष ३३ को विप्लव भन्ने ध्रुव घिमिरेको नाउँमा […]

२०७७ श्रावण २४ गते, शनिबार

नेकपाद्वारा अराजक गतिविधि गर्नेको सदस्यता खारेज

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले पार्टी सङ्गठनको नीति, सिद्धान्त र हितविपरीत कार्य गरेको भन्दै जिल्ला सदस्य जमिनलाई कारबाही गरिएको जनाएको छ । नेकपाका ललितपुर सेक्रेटरी विदुषीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीभित्र रहेर देश, जनता, स्वाभिमान र स्वतन्त्रताका पक्षमा भन्दा पनि व्यक्तिगत स्वार्थतिर लागेको भन्दै आफ्नो पार्टीका जिल्ला सदस्य जमिनलाई पार्टीको साधारण सदस्य पनि […]

२०७७ श्रावण २२ गते, बिहीबार

नेकपाद्वारा गिरफ्तार नेता – कार्यकर्तालाई अबिलम्ब रिहा गर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्यूरोले पश्चिम रुकुमबाट गिरफ्तार गरिएका आफ्नो पार्टीका कार्यकर्ताहरुलाई अबिलम्ब रिहाइको माग गरेको छ । सो पार्टीका राप्ती ब्यूरो इन्चार्ज समरले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै बाढीपहिरो र कोरोना महामारीले प्रभाव जनताको लागि राहत संकलनका क्रममा हिडिरहेका आफ्नो पार्टीका हिरामणी रावल, अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष प्रेम प्रशान्त बोहोरा, घमण्ड […]

२०७७ श्रावण २२ गते, बिहीबार