मुख्य समाचार

नेकपाद्वारा नयाँ वर्षलाई प्रतिरोध सङ्घर्षका रूपमा मनाउन आह्वान

काठमाडौं , १ बैशाख । नेपाल कम्युनिस्ट पार्टी जुम्लाले कोरोना भाइरस सङ्क्रमणविरुद्ध राहत वितरणका नाममा मिति नाघेको नुन वितरण गरिएको भन्दै आपत्ति प्रकट गरेको छ । जिल्ला इन्चार्ज विश्वास र सेक्रेटरी रक्षकले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा कोरोनाविरुद्ध एक भएर लड्न र नयाँ वर्ष २०७७ लाई प्रतिरोध सङ्घर्षका रुपमा मनाउन पनि जिल्लाबासीलाई आह्वान गरिएको छ […]

२०७७ बैशाख १ गते, सोमबार

नेकपाद्वारा नेपाल–भारतबीचको सीमाना बन्द गर्न माग

काठमाडौं, २८ चैत । नेपाल कम्युनिस्ट पार्टीले नेपाल–भारत खुला सीमानाका बन्द गरेर भारतबाट विभिन्न बहानामा नेपाल प्रवेश गरिरहेका गाडी रोक्न र कोरोना सङ्क्रमणबाट नागरिकलाई बचाउन आह्वान गरेको छ । नेकपा जिल्ला समिति दाङले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली नागरिकलाई सुरक्षित राख्न, राहत वितरणमा राजनीतीकरण नगर्न र भारतीय तरकारी रोकेर नेपाली किसानले उत्पादन गरेका तरकारी […]

२०७६ चैत्र २८ गते, शुक्रबार

कुमाललाई तत्काल रिहा गर्न माग

काठमाडौं , २५ चैत । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा गण्डक ब्युरो इन्चार्ज सावित्रा दुरा ‘आस्था’ ले बिरामी अवस्थामा रहेका आफ्नो पार्टीका लमजुङ जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई प्रहरीले गिरफ्तार गरेको भन्दै रिहाइको माग गरेकी छिन् । नेकपा नेत्री आस्थाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको निर्देशनअनुसार दीर्घ रोगी र अशक्त भएपछि घरमै आराम […]

२०७६ चैत्र २५ गते, मंगलवार

सरकारका संवेदनशील र महत्वपूर्ण डाटा अलीको मुठ्ठीमा !

काठमाडौं, २४ चैत । गत मंगलबार प्रधानमन्त्री केपी ओलीको आईटी सल्लाहकार अस्गर अलि सञ्चालक रहेको शिरान टेक्नोलोजीज कम्पनीले काठमाडौंप्रेस डटकमको एउटा समाचार अनधिकृत रुपमा साइटभित्र पसेर डिलेट गरेको थियो। यो घटनासँगै नेपालमा डाटा सुरक्षामाथि प्रश्न उब्जिएको छ । प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलीको निर्देशनमा उनका प्राविधिकहरूले न्युज पोर्टलको नयाँ एडमिन बनाएर त्यो न्युज मात्र हटाएका […]

२०७६ चैत्र २४ गते, सोमबार

१५ सयको मात्र काेराेना परीक्षण गरेर ढुक्क हुने अवस्था छैन : भट्टराई

काठमाडाैं, २४ चैत । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तीन करोड जनसंख्यामा १५ सयको मात्र परीक्षण गरेर कोरोनाबाट ढुक्क हुने अवस्था नभएको बताएका छन । समाजिक सञ्जाल ट्वीटर मार्फत भट्टराईले सो कुरा बताएका हुन् । विदेशबाट लाखौं नेपाली भित्रिएको भन्दै द्रूत गतिमा परीक्षण बढाउन पर्ने उनको सुझाव छ । उनि लेख्छन , […]

२०७६ चैत्र २४ गते, सोमबार

नेकपाद्वारा बाबुरामको मृत्युबारे सत्यतथ्य सार्बजनिक गर्न माग

काठमाडौँ, २३ चैत । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालमा पाल्पा घर भई रुपन्देहीको सैनामैना बस्दै आएका बाबुराम थापाको मृत्यु प्रकरणबारे सत्यतथ्य सार्वजनिक नगरे दोषीमाथि कारवाही गर्ने चेतावनी दिएको छ । जिल्ला इन्चार्ज सङ्गमले शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै बुटवलमा चैत १६ गते कोरोना सङ्क्रमणको आशङ्कामा तत्काल उपचार नपाएर थापाको मृत्यु […]

२०७६ चैत्र २४ गते, सोमबार

अखिल क्रान्तिकारीद्वारा नौ बुंदे माग

काठमाडौँ, २२ चैत । अखिल क्रान्तिकारीले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोक्न र जनतालाई आश्वस्त बनाउन सरकारले ठोस कार्य नगरेको भन्दै आकोश व्यक्त गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीका केन्दीय अध्यक्ष चिरन्जीवी ढकाल आज एक विज्ञप्ति जारी गर्दै सो आकोश व्यक्त गरेका हुन् । अध्यक्ष ढकालद्वारा जारी विज्ञप्तिमा कोरोना भाईरसको महामारीको जोखिम […]

२०७६ चैत्र २२ गते, शनिबार

विप्लवद्वारा ६ बुँदे प्रतिबद्धता जारी

काठमाडौँ, २२ चैत । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले महामारीका रूपमा संसारभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण नेपालमा रोक्न र जनतालाई आश्वस्त बनाउन केपी वली सरकारले नसकेको ठहर गर्दै यसको प्रकोप रोक्न आफ्नो पार्टी सबैसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । शनिबार प्रेस वक्तव्य जारी गर्दै विप्लवले कोरोना महामारीबाट जनतालाई जोगाउन सरकारलाई […]

२०७६ चैत्र २२ गते, शनिबार

नेकपाद्वारा कोरोनाको सहज उपचार नगरे बीएन्डसीलगायत अस्पताललाई कारबाही गर्ने चेतावनी

काठमाडौँ, २२ चैत । नेपाल कम्युनिस्ट पार्टीले कोरोनाको सहज उपचार नगरे बीएन्डसीलगायत अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । सो पार्टीले झापाको बीएन्डसीलगायत अन्य अस्पताललाई बिरामीको सहज उपचार नगरेमा भौतिक कारबाही गर्ने चेतावनी दिएको हो । नेकपाका झापा जिल्ला सेक्रेटरी श्रीजङ्गले विज्ञप्ति जारी गर्दै बीएन्डसी, मनमोहन, बिर्तासिटीलगायत अस्पताललाई बिरामीको सहज उपचार नगराए कडाभन्दा कडा कारबाही […]

२०७६ चैत्र २२ गते, शनिबार

‘आस्थाका बन्दीलाई तत्काल रिहा गर ‘

>काठमाडौँ, २० चैत । जनअधिकार अभियान नेपालले कोरोनाको बढ्लो संकटलाई मध्य नजर गर्दै आस्थाका बन्दीलाई तत्काल रिहा गर्न आग्रह गरेको छ । साथै उसले संकटका बेला घर फर्कने नेपालीहरु दार्चुलाको महाकाली पुल पारी र नेपालगञ्ज लगायतका विभिन्न भारतीय सिमानामा खुल्ला आकाशमा बस्न बाध्य भएको भन्दै उनीहरुलाई नेपाल प्रवेशको व्यवस्था गर्न र राजनीतिक आस्थाका बन्दीहरुलाई रिहा […]

२०७६ चैत्र २० गते, बिहीबार