मुख्य समाचार

राष्ट्रपति सी’को भ्रमणबारे फैलाईएको अफबाह

काठमाडौं, २३ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ यही २५ गते शनिबार नेपाल भ्रमणमा आउने निशिचित भएको छ । परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने र २६ गते फर्किने जानकारी दिई सकेको छ । राष्ट्रपति सी नेपाल भ्रमणमा आउने निशिचित भए लगत्तै काठमाडौंमा सुरक्षा जोखिम बढेको बताइएको छ । […]

२०७६ आश्विन २३ गते, बिहीबार

नेकपाद्वारा रोयल्टी काट्ने ठेली कब्जा

काठमाडौं, २२ असोज । नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्ला घोडाघोडी नगरपालिकाले कन्द्रा, रामपुर र लथुवा नदीमा रोयल्टी काट्ने ठेली कब्जा गरेको छ ।नेकपाले ढुङ्गा, गिट्टी, बालुवा जथाभाबी निकालेकोमा आपत्ति जनाउँदै आएको छ । ‘प्राकृतिक सम्पदाको रक्षा गरौँ’ भन्ने मूल नारासहित कन्द्रा नदी, रामपुर नदी र लथुवा नदीमा रोयल्टी काट्ने ठेली कब्जा गर्नुका साथै ब्यानर टाँगिएको […]

२०७६ आश्विन २२ गते, बुधबार

गुन्डाराज नचलाउन चेतावनी

काठमाडौं, २१ असोज । नेपाल कम्युनिस्ट पार्टी बाजुराले सरकारले गुन्डाराज चलाएको भन्दै तत्काल यस्तो हर्कत बन्द गर्न चेतावनी दिएको छ । जिल्ला सेक्रेटरी रानाले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । रानाले विज्ञप्तिमा भनेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी बाजुराका नेता–कार्यकर्ता र शुभचिन्तकहरूमाथि बाजुरा जिल्लाका प्रहरी प्रमुख डीएसपी उद्धवसिंह भाटद्वारा जसरी पूर्वाग्रही, गैरन्यायिक, अमानवीय, तुच्छ […]

२०७६ आश्विन २१ गते, मंगलवार

‘विक र क्षेत्रीलाई ससम्मान रिहाई नगरे शसक्त प्रतिरोध’

काठमाडौं, १६ असोज । नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्लाले जिल्ला सदस्य धनबहादुर विक र अशोक क्षेत्रीलाई पार्टी कामको सिलसिलामा रहेको बेला असोज १३ गते राति साँढे ९ बजेतिर विनाकारण धनगढीबाट गिरफ्तार गरेकोप्रति घोर निन्दा एवंम भत्र्सना गरेको छ । कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले मंगलबार प्रेस विज्ञप्ति निकाली विक र क्षेत्री दुवै जनालाई अपहरण शैलीमा […]

२०७६ आश्विन १६ गते, बिहीबार

नेकपाद्वारा आधिकारिक ब्यक्तिलाई मात्र आर्थिक सहयोग गर्न आग्रह

काठमाण्डौं , १३ असोज । नेपाल कम्युनिस्ट पार्टीले आधिकारिक ब्यक्ति बाहेक अरुलाई आर्थिक सहयोग नगर्न आग्रह गरेको छ । सो पार्टीका चितवन अन्तर्गत भरतपुर महानगर कमिटीले आफ्नो पार्टीको आधिकारिक ब्यक्ति बाहेक अरुलाई आर्थिक सहयोग नगर्न आग्रह गरेको छ । भरतपुर महानगर कमिटी इन्चार्ज विजय शर्मा र सेक्रेटरी देवकुमारले सोमबार विज्ञप्ति निकाली केही महिना अगाडि पार्टीबाट […]

२०७६ आश्विन १३ गते, सोमबार

मोदीको भाषणप्रति वैद्यको आपत्ति ।

काठमाण्डौं , १३ असोज । ने.क.पा. (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले भारतले विश्वलाई बुद्ध दिएको भन्ने भारतका प्रधानमन्त्रीद्वारा गरिएको भाषणप्रति आपत्ति जनाएका छन् । आज एक विज्ञप्ती निकालेर उनले सो आपत्ति जनाएका हुन् । यही २०१९ सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसङ्घको महासभामा भारतका प्रधानमन्त्रीले दिएको भाषणमा “भारतले विश्वलाई बुद्ध दिएको छ” भन्ने वाक्यांश प्रयोग गरिएको […]

२०७६ आश्विन १३ गते, सोमबार

अखिल(क्रान्तिकारी)द्वारा राज्य दमनको कडा प्रतिरोध गर्ने उद्घोष

काठमाडौं, १२ असाेज । अखिल (क्रान्तिकारी)ले राज्य दमनको देशव्यापी कडा प्रतिरोध गर्न सम्पूर्ण युवा विद्यार्थीलाई अाह्वान गरेको छ । सो संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय सचिवालय सदस्य विरेन्द्र विक, केन्द्रीय सदस्य शारदा भण्डारी र नवीन खड्कालाई संगठनकाे काममा रहेकाे बेला नवलपुरबाट र केन्द्रीय सदस्य प्रकाश विकलाई बाँकेको नेपालगञ्जबाट […]

२०७६ आश्विन १२ गते, आईतवार

युवा संगठन डडेल्धुराको जिल्ला सम्मेलन सम्पन्न

काठमाडौं, ११ असाेज । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल, डडेल्धुराको दोश्रो जिल्ला सम्मेलन सुक्रबार सम्पन्न भएको छ । रास्ट्रघाती, जनघाती र फासिवादी राज्यका विरुद्ध युवाहरुले शसक्त प्रतिरोध गरौ ! एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि दोश्रो जिल्ला सम्मेलन सफल पारौ !! भन्ने मुलनाराका साथ सो सम्मेलन सम्पन्न भएको बताइएको छ । साे […]

२०७६ आश्विन ११ गते, शनिबार

जनसरकार प्रमुख सुनार पार्टीवाट निष्कासित

काठमाडौं, १० असाेज । नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुरका पूर्वजिल्ला जनसरकार प्रमुख वीरसिंह सुनारलाई पार्टी वाट निस्काशन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरका पार्टी सेक्रेटरी करनले विज्ञप्ति जारी गर्दै पूर्वजिल्ला जनसरकार प्रमुख वीरसिंह सुनार पलायन भएको र अर्को जनसरकार प्रमुख चुनिएको जानकारी गराएको हुन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘महान् सर्वहारा वर्गको अग्रदस्ता पार्टी नेपाल […]

२०७६ आश्विन ११ गते, शनिबार

नेकपाका नेता नवीन जेल चलान

काठमाडौं, ९ असाेज । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज नवीनलाई नख्खु कारागार चलान गरिएको छ । बिहीबार अदालतमा भएको बहसपछि हितमानलाई पुर्पक्षकालागि नख्खु कारागार चलान गरिएको हो । सोमबार ललितपुरबाट नवीन विश्वकर्मा ‘हितमान’ र भीम बटालालाई प्रहरीले गिरफ्तार गरेको थियो ।

२०७६ आश्विन १० गते, शुक्रबार