मुख्य समाचार

नेकपाद्धारा देशका विभिन्न भागमा विरोध कार्यक्रम सम्पन्न

काठमाडौं, ९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीले आज देशको बिभिन्न ठाउमा स्थानीय स्तरमा विरोध कार्यक्रम गरेको छ । असोज ३० गते पक्राउ परेका मध्य पश्चिम कमाण्ड ईन्चार्ज चन्द्र बहादुर चन्द बीरजंग , केन्द्रीय सदस्य सुभाष सहित २१ र अन्य नेता कार्यकर्ता पक्राउको विरोधमा सो कार्यक्रम गरेको हो । कालिकोटबाट प्राप्त खबर अनुसार जिल्लाको विभिन्न स्थानमा […]

२०७६ कार्तिक ९ गते, शनिबार

नेकपाका ४ कार्यकर्ता गिरफ्तार

काठमाडाैं, ९ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका ४ कार्यकर्ता ललितपुरको लुभुबाट पक्राउ परेका छन् । बिहीबार बेलुका प्रधानीमन्त्री ओलीको विरुद्धमा पुत्ला जलाउन खोज्ने क्रममा उनीहरुलाई प्रहरीको विशेष टोलीले नियन्त्रणमा लिएको महानगरिय प्रहरी परिसर ललितपुरका सहायक प्रवक्ता डिएसपी सन्तोष तामाङले बताए । पक्राउ पर्नेमा पाँचथर जिल्ला घरभई हाल ललितपुर महानगरपालिका–२४ धापाखेल बस्ने वर्ष २१ का निकुञ्ज […]

२०७६ कार्तिक ९ गते, शनिबार

‘आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता भएकाे छैन ‘

काठमाडाैं, ८ कार्तिक । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता नभएको ठोकुवा गरेका छन । आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले दुवै अध्यक्षबीच दैनिक भेटघाट र पार्टीका विषयमा छलफल भइरहेको बताउदै दुुवै अध्यक्षबीच पार्टी एकीकरणका बेला त्यस्तो कुनै सहमति नभएको ठोकुवा गरे […]

२०७६ कार्तिक ८ गते, शुक्रबार

नेकपाद्धारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

काठमाडौँ , ८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्गसहित २१ जना नेताकार्यकर्ता गिरफ्तार गरेको विरोधमा नेकपाले देशैभरी प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ । आफना नेताकार्यकर्ताको गिरफ्तारी विरुद्ध पुर्वघोषीत कार्यक्रम अनुसार नेकपाले बिहिबार देशैभरी प्रधानमन्त्रीको पुत्लादहन गरेको हाे । नेपाल कम्युनिस्ट पार्टीले ललितपुरको लुभुमा प्रधानमन्त्री ओलीको पुत्ला दहन […]

२०७६ कार्तिक ८ गते, शुक्रबार

नेकपाद्धारा काठमाडौँमा कोणसभा

काठमाडौँ , ७ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँका विभिन्न ठाँउमा कोणसभा गरेको छ । आफ्नो पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, केन्द्रीय सदस्य सुवाससहित दुई दर्जन नेता–कार्यकर्ताहरू गिरफ्तार गरेको विरोधमा नेकपा निकट जनगणतान्त्रिक सम्पर्कमञ्चको आयोजनामा काठमाडौका विभिन्न ठाँउमा कोणसभा गरेको हो । कोणसभालाई सम्बोधन गर्दै मञ्चका खेम प्रधानले आफ्नो पार्टीका नेताकार्यकर्ताहरुलाई राजनैतिक […]

२०७६ कार्तिक ७ गते, बिहीबार

‘सरकारले फासिवादी दमनलाई ढाकछोप गर्न वार्ताको हल्ला चलायो ‘

काठमाडौं , ६ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले सरकारले आफ्नो फासिवादी दमनलाई ढाकछोप गर्न वार्ताको हल्ला चलाई रहेको बताएको छ । सो पार्टीको केन्द्रीय समितिको आठौं पूर्ण वैठकको निर्णयहरु सार्बजनिक भए पछि नेकपाले वार्ताको लागि बिभिन्न शर्त राखेको भन्दै भ्रमपूर्ण समाचारहरु प्रकाशन हुन् थालेपछि उसले सो कुरा प्रस्ट पारेको हो । सो पार्टीको केन्द्रीय समितिको […]

२०७६ कार्तिक ६ गते, बुधबार

राष्ट्रिय मानवअधिकार आयोगद्वारा कुमार पौडेलको हत्यारालाई कारबाही गर्न सिफारिस

काठमाडौँ , ५ कार्तिक । राष्ट्रिय मानवअधिकार आयोगले नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्यारालाई कारबाही गर्न सिफारिस गरेको छ । आयोगले पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको निष्कर्ष निकाल्दै घटनामा संलग्नलाई कारबाहीका लागि सिफारिस गरेको हो । आयोगले पौडेललाई हत्या गर्न आदेश दिने उच्च प्रहरी अधिकारीमाथि पनि छानबिन गरी […]

२०७६ कार्तिक ५ गते, मंगलवार

‘व्यवस्था परिवर्तन भएपनि आचरण पुरानै ‘

काठमाडौँ , ५ कार्तिक । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले व्यवस्था परिवर्तन भएपनि आचरण आचरण पुरानै ठोकुवा गरेका छन । अध्यक्ष शर्माले जनअधिकार अभियान नेपालको चौथो साधारणसभा तथा मुखपत्र आवाजको विमोचन गर्दै उक्त ठोकुवा गर्दै अहिले पनि पञ्चायतकालीन शैलीजस्तो अवस्था देखिएको टिप्पणी गरेका छन । उनले मुलुकको मानवअधिकारको अवस्था खराब बनेकोमा चिन्ता समेत व्यक्त […]

२०७६ कार्तिक ५ गते, मंगलवार

नेकपा केन्द्रीय समिति वैठकको निर्णय सार्वजनिक

काठमाडौं , ४ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको आठौं पूर्ण वैठक महासचिव विप्लवको अध्यक्षतामा सम्पन्न भएको छ । वैठकले विभिन्न १२ बुंदे निर्णयहरु गरेको छ । वैठकपछि महासचिव विप्लवद्वारा जारी प्रेस विज्ञप्ति यसप्रकार रहेको छ – “हाम्रो जनप्रिय एवम् गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको ऐतिहासिक आठौँ पूर्ण बैठक पार्टी महासचिव कमरेड विप्लवको अध्यक्षतामा […]

२०७६ कार्तिक ४ गते, सोमबार

नौ विद्यार्थी संगठनद्वारा शुल्कवृद्धिबिरुद्ध कडा संघर्ष गर्ने चेतावनी

काठमाडाैँ, ४ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)लगायत नौ विद्यार्थी संगठनले एमबीबीएस र बीडीएसमा बढाएको शुल्क खारेजीको माग गरेका छन । नौ विद्यार्थी संगठनहरूको बैठकले हालै चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडिएसमा बृद्धि गरेको शुल्क तत्काल खारेज गर्न माग गरेका हुन् । उनीहरुले मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अवैध शुल्क फिर्ता गर्न समेत माग […]

२०७६ कार्तिक ४ गते, सोमबार