मुख्य समाचार

भारतीय हस्तक्षेपविरुद्ध मशाल जुलुस

काठमाडौँ , २२ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले भारत सरकारले नेपालको लिपुलेक, लिम्पियाधुराको ३७२ वर्गकिमि जमिन आफ्नो नक्सामा सिाएर सार्वजनिक गरेको विरोधमा मशाल जुलुस निकालेको छ । अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्ला र क्याम्पस जिल्लाले काठमाडौँ नयाँबानेश्वरचोकमा मशाल जुलुस निकालेका हुन् । नेकपाको केन्द्रीय कार्यक्रमअनुसार मशाल जुलुस निकालिएको अखिल क्रान्तिकारीले जनाएको छ । […]

२०७६ कार्तिक २२ गते, शुक्रबार

निर्वाचन कार्यालय नजिक बम बिष्फोट !

काठमाडौं , २१ कात्तिक । आगामी मंसीर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन दर्ता आज हुँदैछ । बिहान १० देखि दिउँसो १ बजेसम्म प्रतिनिधिसभा र प्रदेश सभासदस्यको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तयारी भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य एक र प्रदेशसभा सदस्य तीन पदका लागि उपनिर्वाचन हुँदैछ । […]

२०७६ कार्तिक २१ गते, बिहीबार

नेकपाद्वारा भारतीय अतिक्रमण बिरुद्ध संघर्षको घोषणा

काठमाडौं, २० कात्तिक । नेपाल कम्युनिस्ट पार्टीले भारतीय अतिक्रमण बिरुद्ध संघर्षको घोषणा गरेको छ । सो पार्टीका महासचिव विप्लवले बुधबार विज्ञप्ति जारी गरि भारतले आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई भारतमा गाभेको विषयप्रति गम्भीर आपत्ति जनाउदै भारतको सो कदम नेपालमाथिको अतिक्रमणकारी रवैया र हमला भन्दै एकहप्ते बृहत् संघर्षका कार्यक्रम घोषणा गरेका छन् […]

२०७६ कार्तिक २० गते, बुधबार

बैद्यद्वारा कालापानी अतिक्रमणको विरोधमा उत्रन अपिल

काठमाण्डौं, २० कार्तिक । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले वक्तव्य जारी गर्दै भारत सरकारले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी–लिपुलेक क्षेत्र गाभिएको विषयलाई नेपाली भूभागमाथि गरिएको नाङ्गो विस्तारवादी हस्तक्षेपको संज्ञा दिंदै त्यसको सशक्त विरोधमा उत्रन जनसमुदायलाई आव्हान गरेका छन । वैद्यद्वारा जारी वक्तव्यमा भनिएको छ, “भारत सरकारद्वारा हालै सार्वजनिक गरिएको नयाँ […]

२०७६ कार्तिक २० गते, बुधबार

उपनिर्वाचनको सक्रिय बहिस्कार गरौं – किरण

काठमाडौं, १८ कात्तिक । नेकपा (क्रान्तिकारी माओवादी)ले मंसिर १४ मा हुने संसदीय उप निर्वाचनको सक्रिय रुपमा बहिष्कार गर्न आह्वान गरेको छ । सो पार्टीको स्थायी समितिले जनसमुदायको नाममा एक अपिल जारी गर्दै यस्तो आव्हान गरेको हो । सोमबार जारी गरेको अपिलमा “(१) दलाल तथा नोकरशाही पुँजीवाद एवम् सामन्तवादको प्रतिनिधित्व गर्ने वर्तमान राज्यसत्ता, ब्यवस्था र सरकारको […]

२०७६ कार्तिक १८ गते, सोमबार

नेकपाको संघर्ष सशक्त बन्दै ,वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई कसैले रोक्न नसक्ने उद्घोष

काठमाडौं, १७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई कसैले रोक्न नसक्ने उद्घोष गर्दै आफ्नो चरणबद्ध संघर्षका कार्यक्रमलाई तिब्रता दिएको छ । उसले पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्गसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गरेको विरोधमा देशभर चरणबद्ध संघर्षको कार्यक्रमलाई सशक्त रुपमा अगाडि बढाएको हो । सो पार्टीका केन्द्रीय सदस्य […]

२०७६ कार्तिक १७ गते, आईतवार

रामलखन महतोको निधनप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं, १६ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका जनकपुर ब्युरो अन्तर्गत विशेष समितिका सदस्य रामलखन महतोको २०७६ कार्तिक १५ गते दिउँसो ३ः०० बजे धनुषा जिल्लाको मिथिला नगरपालिका–१ स्थित विश्वकर्मा चोक नजिकै गाडीको ठक्करबाट निधन भएको छ । महतो नेकपा एमाले, नेकपा माओवादी हुँदै नेपाल कम्युनिस्ट पार्टीमा क्रियाशील थिए । उनले २०५१ सालमा तत्कालीन एमालेको तर्फबाट नेपाली […]

२०७६ कार्तिक १७ गते, आईतवार

नेकपाद्वारा देशभर मसाल जुलुस प्रदर्शन

काठमाडौँ , १५ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्गसहित २१ जना नेता तथा कार्यकर्ताहरूलाई राप्ती ब्युरो बैठकबाट गिरफ्तार गरेको विरोधमा आज देशभर मसाल जुलुस प्रदर्शन भएको छ । नेपाल कम्युनिस्ट पार्टीले शुक्रबार साँझ काठमाडौंको सोह्रखुट्टे, गोङ्गबु चोक, भक्तपुर, ललितपुर, झापा, जनकपुर, चितवन, नवलपसारी, बुटवल, दाङ, बाँके, कैलाली, कञ्चनपुर, अछामलगायत […]

२०७६ कार्तिक १६ गते, शनिबार

युवा संगठनका जिल्ला सदस्य परियारलाई तत्काल रिहा गर्न माग

काठमाडौँ , १५ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन, नेपालले संगठनका कास्की जिल्ला सदस्य भिमसेन परियारलाई तत्काल रिहा गर्न माग गरेको छ । संगठनले परियारलाई विनाकारण दलाल सरकारका मतियारहरुले कार्तिक १२ गते राती घरबाट देशमा बेरोजगार युवाहरुले रोजगार पाउनुपर्छ भन्दै राजनीतिक आस्था बोकेको र आवाज उठाएको हुँदा गिरफ्तार गरी बन्दी बनाएको घटनाप्रति घोर […]

२०७६ कार्तिक १५ गते, शुक्रबार

जनसत्ता र जनन्यायालयलाई सक्रिय बनाउने नेकपाको निर्णय

काठमाडौँ , १० कार्तिक । नेपाल कम्युनिस्ट पार्टी सेती–महाकाली ब्यूरोले जनसत्ता र जनन्यायालयलाई सक्रिय बनाउने निर्णय लिएको छ । ब्युरोको तेस्रो पूर्ण बैठक सो निर्णय लिएको बताइएको छ । पार्टी केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज निर्माणको अध्यक्षता र जनमुक्ति सेनाको सुरक्षामा बैठक बसेको थियो । इन्चार्ज निर्माणले प्रेसविज्ञप्तिमार्फत उक्त बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेका […]

२०७६ कार्तिक १० गते, आईतवार