मुख्य समाचार

सरकारको दमन र षड्यन्त्रविरुद्ध प्रतिरोध मोर्चा खोलेर लड्ने उद्घोष

काठमाडौं, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले सरकारले गर्ने दमन र सबै प्रकारका षड्यन्त्रका विरुद्ध चौतर्फी जनताको प्रतिरोध मोर्चा खोलेर अन्तिमसम्म लड्ने उद्घोष गरेका छन । प्रवक्ता प्रकाण्डले छैठौँ पार्टी पुनर्गठन दिवसको अबसर पारेर शुभकामना सन्देशमार्फत उक्त उद्घोष गरेका हुन । उनले दमन गरेर नेता, कार्यकर्ताको हत्या गरेर, बेलगाम नेता, कार्यकर्ताको गिरफ्तारी गरेर […]

२०७६ मंसिर ८ गते, आईतवार

‘राजनीतिक जटिलता प्रति बेलैमा सचेत नभए देश द्वन्द्वमा जाने खतरा ‘

काठमाडौं, ७ मंसिर । जनपत्रकार संगठन नेपाल लुम्बिनीद्वारा शनिबार नवलपुरको कावासोतिमा आयोजित मानवअधिकार, प्रेस तथा अभिव्यक्ती स्वतन्त्रता एवम् वर्तमान राजनीतिक अवस्था र राष्ट्रियता बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले सरकारको कार्यशैलीले देश गम्भीर खतरामा फस्ने भन्दै जिम्मेवार बन्न सरकारलाई सुझाव दिएका छन् । कार्यक्रममा सहभागी वक्ताहरूले बढ्दो राजनीतिक जटिलता र जनआक्रोसलाई बेलैमा गम्भीरतापूर्वक नलिए देश नयाँ […]

२०७६ मंसिर ८ गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टी, पार्टी पुनर्गठन दिवस मनाउँदै : वैज्ञानिक समाजवादी सत्ता निर्माण गर्ने ठोकुवा

काठमाडौं, ८ मंसिर । आज नेपाल कम्युनिस्ट पार्टीको छैठौँ पार्टी पुनर्गठन दिवस । तत्कालिन नेकपा (माओवादी) वैचारिक, राजनीतिक र साङ्गठनिक रूपले विसर्जन भएपछि २०६९ साल असारमा मोहन वैद्य ‘किरण’ को नेतृत्वमा पार्टी पुनर्गठन भएको थियो । उक्त पार्टीसमेत क्रान्तिको लागि बाधक बनेपछि २०७१ साल मङ्सिर ८ गते विप्लब र प्रकाण्डसहितले नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरेका […]

२०७६ मंसिर ८ गते, आईतवार

इम्यानियल कन्स्ट्रक्सनमाथि कारवाही

काठमाडौं, ६ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले इम्यानियल कन्स्ट्रक्सनमाथि कारवाही गरेको छ । सो पार्टीका सिन्धुली जिल्ला सेक्रेटरी सागरले शुक्रबार विज्ञप्ति जारी गर्दै छत्र बम्जनद्वारा सञ्चालित कन्स्ट्रक्सनले गुण्डागर्दी गर्ने, स्थानीय जनतालाई दुःख दिने र गुणस्तरहीन जस्ता काम गर्दै गैरकानुनी ढंगबाट सञ्चालन गरेको भन्दै चेतावनी स्वरुप उक्त कारवाही गरेको बताएका छन् । जिल्ला सेक्रेटरी सागरले विज्ञप्तिमा […]

२०७६ मंसिर ६ गते, शुक्रबार

प्रहरी ज्यादती बन्द नगरे कडा संघर्ष !

काठमाडौं, ५ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले प्रहरी ज्यादती तत्काल बन्द नगरे कडा संघर्षमा जान बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिणामको स्वयम प्रहरी प्रशासन नै जिम्मेवार हुने जानेको छ । जनताले स्वतन्त्र रुपले बोल्न पाउने, हिडडुल गर्न पाउने, आफ्नो दैनिकी गर्न पाउने अधिकारको समेत कुन्ठित गर्दै आफ्नो पार्टीको समर्थक, शुभचिन्तकलाई प्रहरीले गिरफ्तार गरिरहेको उक्त […]

२०७६ मंसिर ६ गते, शुक्रबार

झाक्रिटारमा बम विस्फोट , स्काभेटर र जेसीबीमा क्षति

काठमाडौं, ५ मंसिर । उदयपुर र सिन्धुलीको सिमानाका मिराई खानीबेसी सडकखण्ड भनेर चिनिने कपुरखोला झाक्रिटार भन्ने स्थानमा अज्ञात समूहले बम बिस्फोट गराएको छ । उक्त सडक मारुती सिमेन्टले चुनढुङगा खानी जान प्रयोग गरिदैआएको छ । आज बिहान पौने ३ बजेती बिस्फोट भएको थियो । मारुती सिमेन्ट उद्योगका लागि ककुरठाकुर स्थित चुनढुङ्गा उत्खननमा प्रयोग गर्दै आइएको […]

२०७६ मंसिर ५ गते, बिहीबार

आस्थाको आधारमा गरिएको गिरफ्तारीप्रति आपत्ति

काठमाडौं, २ मंसिर । दलित मुक्ति मोर्चाले फरक राजनैतिक आस्था राखेकै कारण सरकारले नेकपा र सो पार्टीनिकट जनवर्गीय संगठनका नेताकार्यकर्तालाई गिरफ्तार, धरपकड र यातना दिएकोमा आपत्ति जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट सो मोर्चाका केन्द्रीय अध्यक्ष डम्बर विश्वकर्माले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै फरक राजनैतिक आस्था राखेकै कारण सरकारद्वारा गिरफ्तार गरिएका आफ्नो पार्टी र […]

२०७६ मंसिर २ गते, सोमबार

भारतीय अतिक्रमणबिरुद्ध बेल्जियममा प्रदर्शन

काठमाडौं, ३ मंसिर । भारतीय साम्राज्यवादले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभागलाई आफ्नो देशको राजनीतिक नक्सामा राखेपछि संसारभर छरिएर रहेका नेपालीहरूले आआफ्नो स्थानबाट विरोध प्रदर्शन जारीप् राखेका छन् । यसैक्रममा बेल्जियमका नेपालीहरूले ब्रसेल्सस्थित भारतीय दूतावासमा भारतको उक्त कदमको विरोध जनाउँदै ज्ञापनपत्र बुझाएका छन् । ’गो ब्याक इन्डिया फ्रम नेपाल’ लेखिएको ब्यानरसहित बेल्जियमस्थित विभिन्न राजनीतिक सङ्गठन, […]

२०७६ मंसिर ३ गते, मंगलवार

अखिल (क्रान्तिकारी)द्धारा भारतीय अतिक्रमणविरुद्ध ईटहरीमा प्रदर्शन

काठमाडौं, २ मंसिर । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले भारतीय अतिक्रमणविरुद्ध सुनसरीको इटहरीमा प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी) सुनसरीले सीमा अतिक्रमणको विरोध गर्दै भारतले हालै सार्वजनिक गरेको आफ्नो नयाँ नक्सामा नेपालीभुमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरेर आफ्नो साम्राज्यवादी र हेपाहा चरित्र उदाङ्गो पारेको भन्दै प्रदर्शनमा सहभागी विद्यार्थीहरूले सीमामा भएका ज्यादती सह्य नहुने चेतावनी […]

२०७६ मंसिर २ गते, सोमबार

‘हतियार भेटिएको प्रचारवाजी पार्टीलाई दमन गर्ने योजनाबद्ध षड्यन्त्र ‘

काठमाडाैँ , १ मंसिर । सरकारले कपिलवस्तुको शिवनगर नगरपालिका वडा नं. १ बाट ५ थान एसएमजी राइफल, त्यसमा प्रयोग हुने म्यागजिन १३ थान र ३९० राउन्ड गोली बरामद गरिएको र उक्त हतियार नेपाल कम्युनिस्ट पार्टीको भएको प्रचारवाजी सुनियोजितढंग र पार्टीलाई दमन गर्ने योजनाबद्ध षड्यन्त्ररुपमा आएको नेकपाले ठोकुवा गरेको छ । उसले भ्रमपूर्ण, कपोलकल्पित, नियोजित र […]

२०७६ मंसिर १ गते, आईतवार