मुख्य समाचार

सरकारी गाडीमाथि प्रतिबन्ध !

काठमाडौं, २ साउन । नेपाल कम्युनिस्ट पार्टीले यहि मंगलबार ( साउन ७ गते )देखि सेतो नम्बर प्लेट (सरकारी गाडी)का सम्पूर्ण गाडीहरु सडकमा गुड्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ । सो पार्टीका मध्य पश्चिम कमाण्ड इन्चार्ज वीरजंगले बुधबार विज्ञप्ति जारी गर्दै मुक्तिकामी श्रमजीवी जनताको पार्टीलाई प्रतिबन्ध लगाउने, नेता कार्यकर्ता हत्या गर्ने, हिरासतमा राखि यातना दिने तथा […]

२०७६ श्रावण ३ गते, शुक्रबार

‘दमनको हतियार नकाम भएपछी वार्ताको झुट खेति’

काठमाडौं, ३१ असार । नेपाल कम्युनिष्ट पार्टीले सरकारले दमनको हतियार नकाम भएपछी वार्ताको झुट खेति मच्याएको बताएको छ । नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताको एकपछि अर्को हत्या गर्दै आएको सरकारले ति फेक इन्काउन्टर माथि पर्दा हाल्न वार्ताको हल्ला चलाएको बताएको छ । स्रोतका अनुसार पछिल्लो समय बिभिन्न ठाउमा नेपाल कम्युनिष्ट पार्टीका उच्च तहका नेतासंग वार्ता […]

२०७६ असार ३१ गते, मंगलवार

ने.क.पा. कास्कीका चार नेता अदालत परिसरबाट पक्राउ

काठमाडौं, ३१ असार । नेपाल कम्युनिष्ट पार्टी कास्कीका चार जना नेता जिल्ला अदालत तनहुँको परिसरबाट पुन पक्राउ परेका छन् । पुन पक्राउ पर्ने नेताहरुमा रोल्पा घर भै ने.क.पा. कास्कीका तात्कालिन सेक्रेटरी जंगबहादुर भण्डारी ‘आक्रोश’ तथा ने.क.पा. कास्कीका तात्कालिन सदस्यहरु कास्कीका सन्तोष परियार ‘परिवर्तन’, भोजपुरका मिलन राई र गोरखाका काजी गुरुङ रहेका छन् । राजद्रोह मुद्दामा […]

२०७६ असार ३१ गते, मंगलवार

‘ बाढी पहिरो पीडितको उद्दारमा जुटौ ‘

काठमाडौं, २९ असार । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो सम्पूर्ण पार्टी पंक्तिलाई राहत र उद्दारमा जुट्न निर्देशन दिएको छ । सो पार्टीका महासचिव विप्लवले शनिबार विज्ञप्ति मार्फत देशभरी भएको अविरल बर्षा, बाढी, पहिरो र डुवानका कारण देशमा ठूलो जनधनको क्षति भएको र प्राकृतिक प्रकोपमा परी ज्यान गुमाएका सबै नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण पार्टी पंक्तिलाई राहत […]

२०७६ असार २९ गते, आईतवार

नेकपाका मेची–कोशी व्युरो सदस्य सिलवाल गिरफ्तार, तत्काल रिहा नगरे जनप्रतिरोध

काठमाडौं, २७ असार । नेपाल कम्युनिस्ट पार्टीका मेची–कोशी व्युरो सदस्य डिबी सिलवाललाई पहरीले गिरफ्तार गरेको छ । इटहरीको हलगडाबाट उनलाई गिरफ्तार गरेको जनाईएको छ । बाटोमा हिडिरहेको अवस्थामा उनलाई बिहिवार प्रहरीले गिरफ्तार गरेको बताईएको छ । यता ने.क.पा.ले नेता सिलवाललाई तत्काल रिहा गर्न माग गरेको छ । ने.क.पा. मेची–कोशी व्युरो इन्चार्ज अनुले शुक्रबार विज्ञप्ति जारी […]

२०७६ असार २८ गते, शनिबार

प्रशान्तलाई सहिद घोषणा : सहिदको सपना खेर जान नदिने प्रण

काठमाडाैं, २६ असार । नेपाल कम्युनिस्ट पार्टीले तिर्थराजका हत्यारा प्रहरी संजिव राइको प्रतिरोध गर्ने क्रममा पार्टीका होनहार सदस्य निरकुमार राई ‘प्रशान्त’को सहादत भएको बताएको छ । उसले प्रशान्तलाई महान् सहिद घोषणा गर्दै उंनको सपना खेर जान नदिने प्रण समेत गरेको छ । नेकपा सगरमाथा व्युरो इन्चार्ज अधिकारले विज्ञप्ति जारी गर्दै मृतक संजिव राईको टोली नै […]

२०७६ असार २६ गते, बिहीबार

सर्वोच्च अदालतको फैसला आपत्तिजनक

काठमाडाैं, २५ असार । नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धको समयमा शाही नेपाली सेनाबाट विद्रोह गरेर जनमुक्ति सेनामा समावेश भएका झलकुमार भगत र सिंहबहादुर शाहीलाई असार २४ गते सर्वोच्च अदालतले गरेको फैसलाप्रति आपत्ति जनाएकाे छ । साे पार्टीका प्रवक्ता प्रकाण्डले बुधबार विज्ञप्तिमार्फत जनयुद्धको समयमा शाही नेपाली सेनाबाट विद्रोह गरेर जनमुक्ति सेनामा समावेश भएका झलकुमार भगत र सिंहबहादुर […]

२०७६ असार २६ गते, बिहीबार

अखिल क्रान्तिकारीद्वारा विषादीयुक्त सामग्रीहरु बिक्रीवितरण रोक्न चेतावनी

काठमाडौं, २५ असार । अखिल क्रान्तिकारीले जनताको स्वास्थ्यमा गम्भीर खेलबाड हुनेगरी विषादीयुक्त फलफुल तथा तरकारी जन्य खाद्य सामग्रीहरु भित्राउन दिने सरकारको निर्णयको घोर भ्रत्सना गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरजीबी ढकालले विज्ञाप्ति जारी गर्दै सो भ्रत्सना गरेका हुन् । अध्यक्ष ढकालले सरकारको यस्तो कदम बिरुद्ध सबै सचेत नागरिकलाई संघर्षमा उत्रन […]

२०७६ असार २५ गते, बुधबार

विप्लवद्वारा नेता अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं , २५ असार । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य श्रीनाथ अधिकारी ‘श्याम’को असामयिक निधनप्रति शोक व्यक्त गर्दै मृतक अधिकारीप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । श्रद्धाञ्जली तथा समवेदना वक्तव्यमार्फत महासचिव विप्लवले श्रीनाथ अधिकारी ‘श्याम’को क्यान्सर रोगका कारण भएको असामयिक निधनले नेपालको कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति पु¥याएको पनि उल्लेख गरेका छन् । […]

२०७६ असार २५ गते, बुधबार

युवा संगठनका केन्द्रीय सदस्य भट्ट गिरफ्तार, तत्काल रिहा गर्न माग

काठमाडौं, २४ असार । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन, नेपालले संगठनका केन्द्रीय सदस्य श्याम भट्टलाई गिरफ्तार गरी झुठा मुद्दा लगाएकोमा घोर आपत्ति प्रकट गरेको छ । सो संगठनका अध्यक्ष पाटन जंगलीले मंगलबार विज्ञप्तिमार्फत भट्टलाई बैतडीको पाटन नगरपालिका हतासबाट गिरफ्तार गरी झुठा मुद्दा लगाएकोमा घोर आपत्ति प्रकट गरेका छन् । अध्यक्ष जंगलीले विज्ञप्तिमा भनेका छन्, ‘कथित […]

२०७६ असार २४ गते, मंगलवार