मुख्य समाचार

नेकपा नेता राई र बमसहित ७ जना प्रहरी हिरासतमा

काठमाडौं, १७ असार । काठमाण्डौबाट शनिवार गिरफ्तार नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यरो सदस्यद्धय पदम राई र रणवीर बम सहित ७ जना नेताहरुलाई म्याद थप गरिएको छ । राई र बम सहित नेकपा निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी महासचिव धिरेन्द्रा उपाध्यय, जनगणतान्त्रिक समाजका शिव राई, केदार राई, नरबहादुर पुन र नरोत्तम पाण्डेलाई अनुसन्धानका लागि भन्दै प्रहरीले […]

२०७५ असार १८ गते, सोमबार

‘सरकारले नागरिकको नैसर्गिक अधिकारमाथि नै हस्तक्षेप गर्यो ‘

काठमाडौं, १८ असार । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका अध्यक्ष टिका कडेँलले सरकारले नागरिकको नैसर्गिक अधिकारमाथि नै हस्तक्षेप गरेको बताएका छन् । अध्यक्ष कडेँलले सोमबार एक विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् । उनले आफ्नो संगठनका केन्द्रीय सदस्य नरोतम पाण्डेलाई प्रहरीले विना कारण गिरफ्तार गरेको भन्दै आपत्ति जनाएका छन् । शनिबार काठमाडौँबाट नेपाल कम्युनिस्ट पार्टीका […]

२०७५ असार १८ गते, सोमबार

बैद्यद्वारा नेकपाका नेता कार्यकर्तालाई तत्काल रिहाई गर्न माग

काठमाडौं, १७ असार । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले शान्तिपूर्ण रुपमा कार्यक्रम गरिरहेको समयमा गिरफ्तार गरिएका नेकपाका नेता कार्यकर्तालाई तत्काल रिहाई गर्न माग गरेका छन् । वैद्यले आज एक वक्तव्य जारी गरी शान्तिपूर्ण कार्यक्रममा भेला भइरहेको बेला प्रहरीले हस्तक्षेप गरी नेकपाका सल्लाहकार समितिका अध्यक्ष असारेकाका लगायतका नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको घटनाप्रति कडा विरोध तथा […]

२०७५ असार १७ गते, आईतवार

विप्लवद्वारा प्रतिरोधमा उत्रन अाह्वान

काठमाडौं, १७ असार । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकारको फासिवादी कदमविरुद्ध प्रतिरोध गर्न आह्वान गरेका छन् । दुई जना पोलिट्ब्यूरो सदस्य र सल्लाहकार समिति अध्यक्षसहित ४० नेतालाई गिरफ्तार गरेपछि महासचिव विप्लवले विज्ञप्ति जारी गरेर सो आह्वान गरेका हुन् । महासचिव विप्लवले आज विहानै विज्ञप्ति जारी गरेर सरकारले आफ्नो पार्टीमाथि अघोषित रुपमा प्रतिबन्द लगाएको बताए […]

२०७५ असार १७ गते, आईतवार

भूकम्पपीडित रमिताका दुईटै मृगौला फेल , बचाई दिन छोरा-छोरीको अनुनय

काठमाडौँ, १७ असार । भूकम्पपीडित रमिता कार्कीका दुईटै मृगौला फेल भएर लामो समयदेखि अस्पतालको बेडमा छन् । दोलखाको भिमेश्वर नरपालिका–८ जिलु निवासी कार्की विगत ७ महिनादेखि काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा शैयामा छटपटाइरहेकी छन् । श्रम र पसिना बगाएर जम्मा गरेको धन सम्पती गत बैशाख १२ को भूकम्पले घरसँगै गुम्यो । अलिअलि बाँकी रहेको त्यसको […]

२०७५ असार १७ गते, आईतवार

नेकपाका नेता असारे काका र पदम राईसहित दर्जनौ गिरफ्तार

काठमाडौं ,१६ असार । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेता ईश्वरी दाहाल ‘असारे काका’ र पदम राईलाई गिरफ्तार गरेको छ । आज दिउँसो पार्टी प्रवेशका कार्यक्रममा सहभागी भइरहेका बेला नेपालटारस्थित मनमैजुका ग्रामीण आदर्श माविबाट असारे काका र राईलाई कार्यक्रमस्थलबाट भर्खरै गिरफ्तार गरिएको नेकपाले जनाएको छ । ‘असारे काका’ पार्टीको सल्लाहकार समिति संयोजक र पदम राई पोलिटब्यूरो […]

२०७५ असार १६ गते, शनिबार

गाउँपालिकाका अध्यक्षलाई कालोमोसो !

काठमाडौँ, १६ असार । नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद्ले बझाङका एक जनप्रतिनिधिमाथि कालोमोसो दलेको छ । साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीलाई कालोमोसो दलेको हप्ता दिन बित्न नपाउँदै जनपरिषद्का कार्यकर्ताले गाउँपालिका अध्यक्षलाई शुक्रबार कालोमोसो दलेका हुन् । मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतले विकासे बजेटमा कमिसन खाने, भ्रष्टाचार गर्ने र सेवाग्राहीलाई सेवा नदिएको भन्दै कालोमोसो दलिएको हो […]

२०७५ असार १५ गते, शुक्रबार

नेकपाद्वारा जनविरोधीहरुको सूची संकलन कार्य शुरु

काठमाडौँ, १६ असार । नेपाल कम्युनिस्ट पार्टी झापाले जनविरोधीहरुको सूची संकलन कार्य शुरु गरेको बताएको छ । झापा जनपपरिषद् ले खुलेआम रुपमा सूचना जारी गर्दै तस्कर, भ्रष्टाचारी, कालो बजारिया, राष्ट्रघाती, दलाल र कमिशन खोर (विचौलिया)हरुको नाम दिन सूचनामार्फत अपिल गरेको छ । झापा जिल्ला जनरिषद्ले शुक्रबार एक सूचना प्रकाशित गरेर गाउँपालिका, नगरपालिका र महानगर, उपमहागरभित्र […]

२०७५ असार १५ गते, शुक्रबार

गृहद्वारा विरोध प्रदर्शनमा प्रतिबन्ध

काठमाडौँ, १४ असार । गृह मन्त्रालयले माइतीघर र रत्नपार्कको शान्तिबाटिकामा विरोध प्रदर्शन गर्न नपाइने जनाएको छ । उसले विरोध प्रदर्शनका लागि काठमाडौंमा ७, ललितपुरमा ६ र भक्तपुरमा एउटा ठाउँ तोकिएको जानकारी दिएको छ । यसअनुसार काठमाडौंको खुलामञ्च, तीनकुने, भुइँखेल भगवानपाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण, सिफल चौर र लैनचौरस्थित समाज कल्याण परिषद्को खुला क्षेत्रमा विरोध प्रदर्शन […]

२०७५ असार १४ गते, बिहीबार

‘भ्रष्टाचारविरुद्ध अभियान, पञ्‍चदेवल विनायक नगरपालिका घेराउ

काठमाडौँ , १२ असार । नेपाल कम्युनिस्ट पार्टी अछामले पञ्चदेवल विनायक नगरपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै विरोध प्रदर्शन गरेको छ । मेयर देवराज देवकोटाको प्रत्यक्ष संलग्नतामा नगरपालिकाका सबै वडामा विकास निर्माण बजेटमा व्यापक अनियमितता भएको भन्दै नेकपाले सोमबार दिउँसो कार्यालय अगाडि प्रदर्शन गरिएको हो । नेकपाले गठन गरेको संयुक्त जनपरिषद्को आयोजनामा बिनायक बजारमा रहेको नगरपालिका […]

२०७५ असार १२ गते, मंगलवार