मुख्य समाचार

अाज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस

काठमाडौं , १४ साउन । आज जुलाई ३०, अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस । विश्वभर मानव बेचबिखन विरुद्धको दिवस मनाइदै छ । मानव बेचबिखन जघन्य अपराधका रुपमा लिने गरिन्छ । विभिन्न मुलुकमा हत्या कै रुपमा मानव बेचबिखनलाई लिने गरिन्छ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउने जस्ता कार्यलाई मात्र मानव […]

२०७५ श्रावण १४ गते, सोमबार

नेकपाका पोलिट्ब्यूरो सदस्य जीवन्त र गम्भीर गिरफ्तार

काठमाडौं, १२ साउन । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ र कृष्ण धमला ‘गम्भीर’लाई प्रहरीले बिहीबार काठमाडौंको थानकोट नागढुंगाबाट गिरफ्तार गरेको छ । सार्वजनिक बसमा चढेर काठमाडौं आउँदै गरेका कार्की र धमलालाई प्रहरीले नागढुंगामा बसबाट झारेर गिरफ्तार गरिएको तर कहाँ लगिएको भन्ने खुलेको छैन । प्रहरीले दुबै नेताका घरपरिवारका सदस्यलाई समेत कुनै जानकारी […]

२०७५ श्रावण १३ गते, आईतवार

अपराधिक व्यक्तिलाई जनकारबाही गर्ने उदघोष

काठमाडौं ,११ साउन । नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला इन्चार्ज र पूर्व जनमुक्ति सेनाको कमाण्डर हुँ भन्दै करोडौं रकम बार्गेनिङ गर्दै हिड्ने मनसुन शाहको कार्य प्रति नेकपा काठमाडौँले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काठमाडौँ लाजिम्पाट निवासी भक्तपुरमा होटल व्यवसायी गर्दै आएका मनसुन शाहले करोडौं रकम बार्गेनिङ गर्दै उक्त रकम नदिए ज्यान मार्ने धम्की दिदै […]

२०७५ श्रावण ११ गते, शुक्रबार

अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा लुँइटेल निर्वाचित

काठमाडौं ,११ साउन । अखिल (क्रान्तिकारी)को ललितपुर जिल्ला संगठनको सम्मेलन सम्पन्न भएको छ । बिहीबार सम्पन्न २३औं जिल्ला सम्मेलनबाट विनोद लुईटेलको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । सम्मेलनका प्रमुख अतिथि अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरिञ्जीवि ढकाल थिए । नयाँ कार्यसमितिका उपाध्यक्षमा रमेश सुनार, सचिवमा निगम भण्डारी, सहसचिवमा ललितजंग बम र कोषाध्यक्षमा डेविड […]

२०७५ श्रावण ११ गते, शुक्रबार

सरकार– डा. केसीबीच नौबूँदे सहमति

काठमाडौं ,११ साउन । २७ दिनदेखि अनशन डा. गोविन्द केसी र सरकारबीच ९ बुँदे सहमति भएको छ । सरकार र अनशनरत प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा बिहिबारराति प्रधानमन्त्री निवास बालुवाटारमा सो सहमति भएको हो । नौबुँदे सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौँ, ललितपुर र भक्तपुरमा मेडिकल, […]

२०७५ श्रावण ११ गते, शुक्रबार

नेकपाद्वारा झुट्टा प्रचारवाजीको भ्रममा नपर्न अपिल

काठमाडौं, ९ साउन । नेपाल कम्युनिस्ट पार्टीले झुट्टा प्रचारवाजीको भ्रममा नपर्न आम जनसमुदायलाई अपिल गरेको छ । पार्टीको गतिविधिबाट आतंकित सरकारले देशैभरि नेकपामाथी हस्तक्षेप र दमन गर्दै आएको र यसै क्रममा नेकपाबिरुद्ध झुट्टा प्रचारवाजी थालिएकोमा उसले आक्रोश समेत ब्यक्त गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका .प्रवक्ता प्रकाण्डले पार्टी र नेतृत्वको प्रहरीसंग मुठभेट भएको र प्रहरीको […]

२०७५ श्रावण ९ गते, बुधबार

इँटको जबाफ पत्थरले दिने चेतावनी

काठमाडौं, ९ साउन । नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चाले काभ्रे जिल्लाको पाँचखाल नगरपालिका ७ का वडा अध्यक्ष पुष्कर ढकालले सोही वडास्थित शिखरपुरका हर्कबहादुर परियारको निधन भई मृतकका छोराहरूलाई सरकारी खर्चमा निर्मित सार्वजनिक किरियापुत्री भवनमा किरिया बस्न नदिएको घटनाप्रति आपत्ति जनाएको छ । दलित मुक्ति मोर्चा काभ्रेका अध्यक्ष रमेश नेपालीले प्रेसविज्ञप्ति जारी गर्दै यस्तो […]

२०७५ श्रावण ९ गते, बुधबार

स्वास्थ्य संस्थामा आकस्मिक र आइसियूबाहेक सबै सेवा बन्द

काठमाडौं, ८ साउन । देशैभरिका आवासीय चिकित्सकहरूले आफू कार्यरत स्वास्थ्य संस्थामा अाजदेखि आकस्मिक र आइसियूबाहेक सबै सेवा बन्द गरेका छन् । काठमाडौंका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल तथा धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकले आकस्मिक र आइसियूबाहेक सबै सेवा बन्द घोषणा गरेका हुन् । उनीहरूले सामूहिक रिले अनशन पनि अाजैबाट सुरु गरेकाे […]

२०७५ श्रावण ८ गते, मंगलवार

अनशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल

काठमाडौं, ७ साउन । २४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्तै जटिल बनेको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै पन्ध्रौं पटक अनशनमा रहेका केसीको यो अहिलेसम्मको लामो आमरण अनशन पनि हो । डा. केसीको स्वास्थ्य अवस्था अत्यन्त जटिल र यति लामो अनशन हुँदा पनि समस्या समाधानमा कुने ठोस पहल भएको छैन […]

२०७५ श्रावण ७ गते, सोमबार

‘ फेरि आन्दोलन गर्ने दिन आयो’

काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा कांग्रेस केन्द्रीय कार्यालयद्वारा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै शीर्ष नेताहरुले लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि फेरी एक पटक आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको भन्दै सबैलाई चनाखो बन्न आग्रह गरेका छन् । उनीहरुले वर्तमान सरकार एकदलीय तानाशाही शासन […]

२०७५ श्रावण ६ गते, आईतवार