मुख्य समाचार

गृहमन्त्री बादल नेकपालाई दमन गर्ने सोचमा

काठमाडौं, २३ जेठ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल कम्युनिस्ट पार्टीलाई दमन गर्ने सोच राखेको अभिब्यक्ती दिएका छन् । गृहमन्त्रालय आयोजित नियमित सम्मेलनमा संचारकर्मीमाझ् धारणा राख्दै गृहमन्त्री बादलले देशमा अस्थिरता फैलाउने काममा विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी गराइराखेको आरोप लगाए । बादलले विप्लवलाई ‘राज्यद्रोही’को संज्ञा दिदै व्यवहारमा सच्चिाएर नआए सरकार कडा रुपमा प्रस्तुत हुने बताए […]

२०७५ जेष्ठ २३ गते, बुधबार

प्र अ शाहीलाई कालोमोसो

काठमाडौं, २२ जेठ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले विद्यामन्दिर उच्च मावि अछामका प्रधानाध्यापक वीरबहादुर शाहीलाई कालोमोसो दलेको छ । प्रअ शाहीलाई मंगलबार बिहान १० बजे अछामको विनायकस्थित उच्च माविको अाफ्नै कार्यकक्षमै रहेका समयमा कालोमोसो दलिएको बताइएको छ । केही समयपहिले वृद्धि गरेको शूल्क फिर्ता हुनुपर्ने, विद्यालयमा भएको अनियमितताको छानविन हुनपर्नेलगायतका माग राखि अखिल […]

२०७५ जेष्ठ २२ गते, मंगलवार

रक्सी बिक्री-वितरणमा रोक लगाउने निर्णय

काठमाडौं, २२ जेठ । नेकपाको जनपरिषद अछामले मदिराजन्य पदार्थको बिक्री वितरण गर्न रोक लगाउने निर्णय गरेको छ । जनपरिषदको जेठ १९ गते बसेको दोस्रो बैठकले मदिराको जथाभावि बिक्रीले सामाजिक सुरक्षा बढेको, महिला हिंसाजन्य क्रियाकलापलाई प्रोत्साहन गरेको, व्यक्तिगतको स्वास्थ्यमा गम्भीर असर परेको, गरिबी बढेकोले रोक लगाउने निर्णय गरेको जनपरिषदले जनाएको छ । जनपरिषद प्रमुख निरक शाहीले […]

२०७५ जेष्ठ २२ गते, मंगलवार

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल फिर्ता गर्न माग

काठमाडौं, २१ जेठ । नेकपानिकट अखिल क्रान्तिकारीलगायत आठ विधार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल फिर्ता गर्न माग गरेका छन । नेकपा निकट अखिल (क्रान्तिकारी), नयाँ शक्ति निकट विद्यार्थी युनियन, क्रान्तिकारी माअाेवादी निकट अखिल (क्रान्तिकारी), समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीको विद्यार्थी संगठन, नेपाल मजदूर किसान पार्टीको विद्यार्थी संगठन र राष्ट्रवादी विधार्थी संगठनले आज उद्योग, […]

२०७५ जेष्ठ २१ गते, सोमबार

आज शैक्षिक हड्ताल

काठमाडौं, २१ जेठ । अखिल क्रान्तिकारीसहित ८ विद्यार्थी संगठनले वृद्धि शुल्क फिर्ता र शिक्षा मन्त्रालयसहित नीजि विद्यालय र विद्यार्थी संगठनहरुबीच सहमति भएको शुल्क लागू नगरेको भन्दै आज शैक्षिक हड्ताल घोषणा गरेका छन् । उनीहरुले संविधानले मौलिक अधिकारको रुपमा स्वीकार गरेको निःशुल्क शिक्षा नीति लागू गर्न सरकारसँग माग समेत गरेका छन् । संयुक्त ८ विद्यार्थी संगठनले […]

२०७५ जेष्ठ २१ गते, सोमबार

जनपरिषद् प्रमुखसहित दुई नेता गिरफ्तार

काठमाडौं, २१ जेठ । प्रहरीले नेपाल कम्युनिस्ट पार्टी पर्वतका दुई स्थानीय नेतालाई गिरफ्तार गरेको छ । जिल्ला सदस्य धर्मराज पौडेल र जिल्ला जनपरिषद् प्रमुख ओमप्रसाद शर्मालाई अनुसन्धानको लागि भन्दै प्रहरीले अाइतबार गिरफ्तार गरेको जिल्ला सेक्रेटरी अल्वर्टले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । सेक्रेटरी अल्बर्टले फलेवास नगरपालिका–५ मा स्काभेटरमा आगो आफ्नो पार्टीले नलगाएर विकासको नाममा खानेमा प्रतिस्पर्धा […]

२०७५ जेष्ठ २१ गते, सोमबार

गाउँपालिका प्रमुखलाई कालोमोसो !

काठमाडौं, २० जेठ । नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद् रुपन्देहीले सुद्धोधन गाउँपालिकाका प्रमुख किसुनचन्द्र चौधरीलाई कालो मोसो दलेर जनकारबाही गरेको छ । गाउँपालिका प्रमुख चौधरीले बिकास निर्माणका हरेक काममा २० देखि २५ प्रतिसत कमिसन खाने गरेको . जनाताको हरेक काममा बहाना बाजी गर्ने र घुस माग्ने गरेकोले कालो मोसो दलेर जनकारबाही गरिएको जनाइएको छ । जनपरिषद्ले […]

२०७५ जेष्ठ २० गते, आईतवार

नेकपाद्वारा सुकुम्बासीको उठिबास लगाउन खोज्नेको जग्गा कब्जा

काठमाडौं, २० जेठ । नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद् रुपन्देहीले सुकुम्बासीको उठिबास लगाउन लागेको भन्दै जग्गा कब्जा गरेको घोषणा गर्दै झण्डा गाडेका छ । रुपन्देहीको सैनामैना नगरपालिका–९ शंकरपुरमा रहेको सुकुम्बासी बस्ती र उनीहरुको खेतीपाती गर्दै आएको जग्गामा जनपरिषद्ले झण्डा गाडेको हो । जग्गा दलालहरु नापी–मालपोत कार्यलयका कर्मचारीहरु मिलेर उक्त ५ कट्ठा जग्गा कनिबेच गर्न लागेको भन्दै […]

२०७५ जेष्ठ २० गते, आईतवार

‘ मजदुरको अधिकार प्राप्त नभएसम्म लडिरहन्छौं’

काठमाडौं, १९ जेठ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले सरकारले सर्वोच्च अदालतको आदेश नमानेको ठोकुवा गर्दै मजदुरको अधिकार प्राप्त नभएसम्म लडिरहने उदघोष गरेको छ । महासंघका उपाध्यक्ष विजयराज प्यासीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना नेता कार्यकर्तालाई अदालतले रिहा गर्न दिएको आदेशको उल्लंघन गरेर अनाहकमा दोहोर्याई तेहर्याई गिरफ्तार गरेको भन्दै भत्सर्ना गरेका छन […]

२०७५ जेष्ठ १९ गते, शनिबार

चुनढुंगा खानीमाथि जनकारवाही !

काठमाडौं , १९ जेठ । नेपाल कम्युनिस्ट पार्टी अन्तर्गतको जनपरिषद् चितवनले चुनढुंगा खानीलाई जनकारवाही गरेको छ । चितवनको कालिका नगरपालिका–११, शक्तिखोरमा रहेको रहेको खानीले संचालन गरेको स्टार लाइभ इन्डस्ट्रीज प्रा.लि.ले स्थानीयसँग गरेको सहमति कार्यान्वयन नगरेकोले चेतावनी स्वरुप जनकारवाही गरेको जिल्ला जनपरिषद्ले जनाएको छ । शुक्रबार राति खानीमा आगजनी गर्दा स्काभेटरसहित महत्वपूर्ण उपकरण जलेको बताइएको छ […]

२०७५ जेष्ठ १९ गते, शनिबार