मुख्य समाचार

अखिल क्रान्तिकारीको अध्यक्षमा ढकाल

काठमाडौं, १ चैत्र । अखिल नेपाल स्वतन्त्र बिद्यार्थि युनियन (क्रान्तिकारी)को केन्दीय अध्यक्षमा चिरञ्जीवी ढकाल निर्वाचित भएका छन् । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको सम्मेलनले ढकालको अध्यक्षतामा ५९ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसमा काठमाडौं युनिभर्सिटीबाट चिन्रन्जीवि ढकाल, नरेन्द्र विक, त्रिभुवन युनिभर्सिटीबाट कमल बडुवाल, पोखरा युनिभर्सिटीबाट लोकेन्द्र सार्की, पोखरा विश्वविद्यालयबाट पुष्प […]

२०७४ चैत्र १ गते, बिहीबार

प्रकाण्डद्वारा दुख व्यक्त – राज्यकाे अवैज्ञानिक नीतिले गर्दा विमान दुर्घटना

काठमाडौँ , ३० फागुन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले राज्यकाे वैज्ञानिक र व्यवहारिक नीति नहुनुकाे कारणले नेपालमा पटक पटक ठूला विमान दुर्घटनाहरू भएकाे बताउदै हालै भएको बंगलादेशी विमान दुर्घटनाको मुख्य दोषि संसदीय व्यवस्था भएको ठोकुवा गरेका छन् । उनले दुर्घटना हुनुको कारण प्राविधिक भन्दै संसदीय सत्तालाई चोख्याउने काम गरिँदै आएको भएपनि त्यसमा कुनै सत्यता […]

२०७४ फाल्गुन ३० गते, बुधबार

आधा दर्जन न्यायाधीशद्वारा इजलास बहिस्कार

काठमाडौं, २९ फागुन । सर्वोच्च अदालतका ६ न्यायाधीशले इजलास बस्न अस्वीकार गरेका छन् । न्यायाधीश चालेन्द्रशम्शेर जबराले नै प्रधानन्यायाधीश गोपाल पराजुलीले साउनमा नै अवकास पाएको भन्दै मुद्दा हेर्न अस्वीकार गरेपछि उनी नैतिक संकटमा परेका छन् । पराजुलीले नै मंगलबार दैनिक पेशी तोकेका थिए । न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, ईश्वरप्रसाद […]

२०७४ फाल्गुन २९ गते, मंगलवार

क्रान्तिकारी पत्रकार संगठन भक्तपुरको अध्यक्षमा भुसाल

काठमाडौं , २९ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन नेपाल भक्तपुर जिल्लाको पहिलो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले रामजी भुसालको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा सन्तोष बलम्पाकी, सचिबमा अमृत पाण्डे, र सह सचिवमा कमल थापा रहेका छन् । कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय […]

२०७४ फाल्गुन २९ गते, मंगलवार

क्रान्तिकारी पत्रकार संगठन नवलपरासीको अध्यक्षमा डुम्रे

काठमाडौं , २९ फागुन । क्रान्तिकारी पत्रकार संगठन नेपाल नवलपरासीको जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले शिव डुम्रे अध्यक्ष रहने गरि १३ सदस्यीय जिल्ला समिति निर्वा्चित गरेको छ । संगठनको सचिवमा प्रतिक्षा उपाध्याय रहेका छन । सदस्यहरु धनिराम चौधरी नैना क्षत्री , शिद्धिचरण गुप्ता , विकास आचार्य , अस्मीता गैरे लगायत रहेका छन् । […]

२०७४ फाल्गुन २९ गते, मंगलवार

एमाले र माके , कम्युनिष्ट र वामको खोल ओढेका अवसरवादी

काठमाडौं, २९ फागुन । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले एमाले र माके कम्युनिष्ट र वामको खोल ओढेका अवसरवादी गद्दारहरु भएको ठोकुवा गरेका छन । नेकपा (क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगको ३ नं. प्रदेशको युवा जागरण तथा प्रशिक्षण कार्यक्रमको मकवानपुरमा उद्घाटन गर्दै उनले सो ठोकुवा गरेका हुन् । महासचिव किरणले नेपालमा कम्युनिष्ट तथा […]

२०७४ फाल्गुन २९ गते, मंगलवार

सर्वोच्चका न्यायाधीश चोलेन्द्रद्वारा इजलास बहिस्कार

काठमाडौं, २८ फागुन । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाले सोमबार इजलास बहिस्कार गरेका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताअनुसार गत साउनमै ६५ वर्षको उमेर हद सकिएको र प्रधानन्यायाधीशकारुपमा कार्यकाल सकिएको भन्दै उनले तोकेको इजलासमा बस्न अस्वीकार गरेका हुन् । डा. गोविन्द केसीविरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ आइतबारदेखि सुुरु भएको हो । सोही इजलासमा सुनुवाइ हुँदाहुँदै […]

२०७४ फाल्गुन २८ गते, सोमबार

‘बोक्सी’ भन्दै कुटपिट गर्नेलाई जनकारबाही हुने

काठमाडौं, २८ फागुन । नेपाल कम्युनिस्ट पार्टी कैलालीले ‘बोक्सी’ आरोपमा रोमा चौधरीलाई मरणासन्‍न हुनेगरी कुटपिट गरिएको घटनाको घोर निन्दा र भत्सर्ना गरेको छ । नेकपाका कैलाली जिल्ला इन्चार्ज महान र सेक्रेटरी अमरले विज्ञप्ति जारी गरेर उक्त घटनाको घोर निन्दा र भत्सर्ना गरेक हुन् । “कथित भोले बाबा रामबहादुर चौधरी र पार्वती भनिने स्मारिका चौधरीलगायत दोषीहरु […]

२०७४ फाल्गुन २८ गते, सोमबार

नेकपाले राज्यको दमन विरुद्ध शसक्त प्रतिरोध गर्ने

काठमाडौं, २८ फागुन ।नेकपा कम्युनिष्ट पार्टी कपिलवस्तुले जीतपुरमा वृहद प्रदर्शन गरेको छ । प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै नेकपा पोलिटव्युरो सदस्य एवं लुम्बिनी व्युरो इन्चार्ज वीरजंगले आफ्नो नेता तथा कार्यकर्ता विरुद्ध राज्यले दमन गरेको भन्दै त्यस विरुद्ध शसक्त प्रतिरोध गर्ने बताएका छन् । नेता वीरजंगले विचारलाई दमन गर्ने कुचेष्टा गर्ने राज्यको नीति दिवास्वप्न मात्र भएको बताए […]

२०७४ फाल्गुन २८ गते, सोमबार

जनप्रतिनिधिले कुखुरा चोरेर खाएपछि…

काठमाडौं, २७ फागुन । जनप्रतिनिधिले अाफ्नै खोरका कुखुरा चोरेर खाएपछि कालिकोटका स्थानीयबासी अाक्रोसित भएका छन् । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका-९ का वडाध्यक्ष दुर्गबहादुर केसी र वडा सदस्य रामबहादुर केसीमाथि कुखुरा चोरीको आरोप लागेको छ । यही फागुन ६ गते राति स्थानीय अर्जुन खत्रीको कुखुरो चोरी गरी काटेर मासु खाएको भन्दै स्थानीयले राजिनामा मागेका छन् । […]

२०७४ फाल्गुन २७ गते, आईतवार