मुख्य समाचार

नेकपाका दुई दर्जन नेता तथा कार्यकर्ता गिरफ्तार

काठमाडौँ, १९ बैशाख । प्रहरीले नेपाल कम्युनिष्ट पार्टी रुकुमका जिल्ला सेक्रेटरीसहित २५ नेता – कार्यकर्तालाई गिरफ्तार गरेको छ । रुकुमको आठविसकोटबाट पार्टीका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढा, सहसेक्रेटरी गम्भीर, हिरामणि रावल, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष दीपक विष्ट, मुसिकोट खलंगा बहुमुखी क्याम्पसका उपप्राध्यापक हरिविष्णु ओलीसहित २५ नेता-कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो । आज दिउँसो आठविसकोट नगरपालिकाको राडीबजारबाट […]

२०७४ बैशाख १९ गते, मंगलवार

माओवादी केन्द्र र वैद्य माओवादीका नेताहरुद्वारा पार्टी परित्याग

काठमाडौँ, १९ बैशाख । नेकपा (माओवादी केन्द्र) का पोलिट्ब्युरो सदस्य श्यामबहादुर बोहरा ‘अटल’ले पार्टी परित्याग गरेका छन् । माओवादी केन्द्रले पुरानो संसदीय व्यवस्थालाई सुदृढ गर्ने दिशामा अगाडि बढेको, इमान्दार नेता–कार्यकर्ताभन्दा ठेकेदारहरुको हालिमुहाली बढेको भन्दै पार्टी परित्याग गर्नु परेको बताए । मंगलबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोलिट्ब्युरो सदस्य अटलले माओवादी केन्द्रका नेताहरु पार्टी र […]

२०७४ बैशाख १९ गते, मंगलवार

प्रचण्डलाई ओलीले झम्टिएपछि…

काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्तावले निर्वाचनमा कुनै असर नपार्ने बताएका छन् । लाजिम्पाटस्थित आफ्नो निजी निवासमा सोमबार विभिन्न दलका नेतालाई पार्टी प्रवेश गराउँदै प्रधानमन्त्रीले सम्पूर्ण तागतका साथ निर्वाचनमा होमिन अपिल गरेका छन् । प्रधानमन्त्री दिनभर व्यस्त प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावपछि तरंगित राजनीतिका कारण प्रधानमन्त्री प्रचण्ड सोमबार […]

२०७४ बैशाख १९ गते, मंगलवार

कन्काइ नगरपालिकामा जनसरकार

काठमाडौं, १८ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले झापाको कन्काइ नगरपालिकामा जनसरकार घोसणा गरेको छ । स्थानीय जनताहरुको बिचमा देबि उप्रेतिलाई जनसरकार प्रमुख घोसणा गरिएको हो । सरकारले स्थानीय निकायको निर्बाचन घोसणा गरेर जनप्रतिनिधी बनाउने भनिरहदा पाटीले संसदीय ब्यवस्था असफल भैसकेको र यसको बिकल्पमा बैज्ञानिक समाजबादलाई स्थापना गर्नुपर्ने भन्दै आफ्नो सरकार बनाउदै लाने कामलाई तिब्रता दिएको […]

२०७४ बैशाख १८ गते, सोमबार

फरार व्यक्ति नेकपाको फन्दामा

काठमाडौं, १८ बैशाख । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले ४ बर्ष देखी फरार रहेको व्यक्तिलाई पक्राउ गरेका छन । काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नं.८ भन्डारखर्कका डम्बरबहादुर तामाङलाई निजकी कान्छि श्रीमती विमलाको उजुरीको आधारमा आइतबार पक्राउ गरि जनकार्बाही गरिएको छ । निजलाई पक्राउ गर्न फर्पिङका प्रहरी प्रशासनले पनि सहयोग गरेका थिए । डम्वर बहादुरतामाङले आफ्नो जेठी श्रीमती […]

२०७४ बैशाख १८ गते, सोमबार

‘असमान सन्धि सम्झौता गर्नुको विकल्प छैन ‘

काठमाडौं , १७ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ऊर्जा विभागले आइतबार राजधानीमा आयोजना गरेको ‘नेपालमा जलस्रोत तथा ऊर्जा विकास’ विषयक अन्तरक्रियाका वक्ताहरुले देशमा तत्काल देश र जनताको पक्षमा संघर्ष गर्ने राष्ट्रवादी पार्टीको खाँचो रहेको बताएका छन । कार्यक्रमका प्रमुख नेकपाका स्थायी समिति सदस्य एवं ऊर्जा विभाग इन्चार्ज धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले संसदवादी सरकारले अहिलेसम्म भारतसँग […]

२०७४ बैशाख १८ गते, सोमबार

नेकपाप्रति षडयन्त्र गरे भौतिक कारबाही

काठमाडौं, १७ वैशाख । नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोले पार्टीको नक्कली नाम र लेटेर प्याड प्रयोग गरि वडा सदस्य देखि गा.पा/न.पा प्रमुख सङ्ग ३(तीन)लाख देखि ८(आठ ) सम्म माग गर्नुका साथै नदिएमा भौतिक कार्वाही सम्म गर्ने धाक धम्की दिइ घर घरमा गइ सुचना टास गर्ने,आतंकित पार्ने घटना प्रती गम्भीर ध्यानाकर्षण भएको छ। उसले यस्तो हर्कत […]

२०७४ बैशाख १७ गते, आईतवार

प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता

काठमाडौं, १७ वैशाख । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका छन । उनीविरुद्ध आज दिउँसो संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । प्रधानन्यायधीश कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा नेपाली कांग्रेसका १८९ र माअोवादी केन्द्रका ६० जना सांसद ले हस्ताक्षर गरेका छन् । नेपालको न्यायिक इतिहासमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता […]

२०७४ बैशाख १७ गते, आईतवार

नेकपाद्वारा जनसरकारको कार्यालय स्थापनामा तिब्रता

काठमाडौं, १७ वैशाख । नेपाल कम्युनिस्ट पार्टी झापाले दर्जन गाउँपालिकाहरुमा आक्रमण गरि गाउँपालिकाको बोर्डहरु फालेर स्थानीय जनसरकारको कार्यालय स्थापना गरेको जनाएको छ । सो पार्टीका मेची ब्युरो प्रवक्ताले आफुहरुले गरिरहेको स्थानीय जनसत्ताको निर्वाचनमा हजारौं जनाताहरु प्रत्यक्ष सहभागी हाम्रा जनप्रतिनिधिहरुलाई चयन गर्न सफल भएको अझै अन्य स्थानमा स्थानीय जनपरिषद्को कार्यलय स्थापना गर्ने बताएका छन् । त्यसैगरी […]

२०७४ बैशाख १७ गते, आईतवार

प्याब्सन अध्यक्षलाई कालोमोसो

काठमाडौं,१७ वैशाख । संयुक्त विद्यार्थी संगठनहरु प्याब्सन धनगढीका अध्यक्षलाई कार्यकक्षमै कालोमोसो दलेका छन् । मनपरी शुल्क बढाएको आरोपमा उनीमाथि कालोमोसो दलिएको हो । मोडनएरा विद्यालय धनगढीका संचालक समेत रहेका प्याब्सन अध्यक्ष अारसी यादवलाई विद्यार्थी नेताहरुले अाज बिहान कालोमोसो दलेका हुन् । मनपरी शुल्क वृद्धि गरेको संयुक्त विद्यार्थी अान्दोलनलाई असहयोग गरेको भन्दै नेताहरुले अारोप लगाएका छन् […]

२०७४ बैशाख १७ गते, आईतवार