मुख्य समाचार

सडक डिभिजन कार्यलयका प्रमुख कर्णलाई कालोमोसो

काठमाडौ, १९ जेठ । नेकपा माओवादीले मकवानपुरको हेटौंडामा अबस्थित सडक डिभिजन कार्यलयका प्रमुख कमलेसकुमार कर्णलाई कालोमोसो दलेको छ । कर्णलाई देशको ढुकुटी लुटेको अभियोगमा पार्टीको केन्द्रीय नीति अनुसार माओबादीले जनकारबाही गरेको बताएको छ । कर्णलाई पाँच अभियोगसहित माओबादीले गरेको हो । प्रमुख कर्णले निर्माण व्यवसायीसँग घुस लिएको, प्रत्येक योजनाको कुल रकममा ३० प्रतिशत कमिशन लिने […]

२०७३ जेष्ठ १९ गते, बुधबार

माओवादीद्वारा चुनखानीमा आक्रमण , कार्यालय र डोजर ध्वस्त

काठमाडौ, १९ जेठ । नेकपा माओवादी चितवनले शक्तिखोरमा रहेको कोलार चुनखानीमाथि कारबाही गरेको छ । चुनखानीका कारण पूर्वी चितवनको चेपाङवस्ती नै संकटमा परेको, जनताको स्वास्थ्यमा प्रतिकूल असर परेको र जिल्लाका ३ वटा नगरपालिकाको खेतीयोग्य जमिनमा समेत ह्रास आउँन थालेको भन्दै माओवादीले कारबाही गरेको हो । कार्वाहीबाट चुनखानीको कार्यालय र एक डोजर समेत ध्वस्त भएको बताइएको […]

२०७३ जेष्ठ १९ गते, बुधबार

माओवादी केन्द्र भेडी गोठ बन्दै

काठमाडौं, १९ जेठ । नेकपा माओवादी केन्द्रको संगठनसम्बन्धी प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएको कार्यदलले केन्द्रीय समिति ९ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउन पार्टी हेडक्वार्टरलाई प्रस्ताव गरेको छ । पार्टी महाधिवेशन आयोजक समिति जम्बो बनाउनुपर्नाको कारण र परिस्थितिसमेतको व्याख्या गर्दै आयोजक समितिमा समेटिने नेताहरूको नामावली समाविष्ट गरेर कार्यदलले प्रतिवेदन बुझाएको हो । अध्यक्ष पुष्पकमल […]

२०७३ जेष्ठ १९ गते, बुधबार

माओवादीद्वारा संघर्षको शंखघोष

काठमाडौँ, १८ जेठ । नेकपा माओवादीले सडक संघर्षको संखघोष गरेको छ । सरकारले माओवादीका नेता, कार्यक्रता र समर्थकलाई झुट्टा मुद्दामा फसाउने, गिरप्तार गर्ने र जेल हाल्ने कार्य गरेपछि उसले सडक संघर्षको संखघोष गरेको हो । माओवादीले देशमा डरलाग्दो रुपमा मौलाएको भ्रष्टाचार, कालोबजार कमिशन, कृतिम अभाव, आकाशिदो मूल्यवृद्धि लगायतका बिषय समेट्दै सडक संघर्ष चर्काउने देखिएको छ […]

२०७३ जेष्ठ १८ गते, मंगलवार

तत्काल सरकार परिवर्तन हुदैन

काठमाडौ, १८ जेठ । नेकपा एमालेका सचिव शंकर पोखरेलले तत्काल सरकार परिवर्तन नहुने धारणा सार्वजनिक गरेका छन । यसअघि एमाले र माओवादी केन्द्रबीच नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएपछि नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । तर सचिव पोखरेलले जसको नेतृत्वमा बजेट प्रस्तुत भयो, उसैको नेतृत्वमा कार्यान्वयन पनि गराउनुपर्ने भएकाले पनि अहिले सरकार […]

२०७३ जेष्ठ १८ गते, मंगलवार

जेठ २७ गते नेपाल बन्द

काठमाडौँ, १७ जेठ । नेकपा माओवादीले आउदो जेठ २७ गते नेपाल बन्दको घोषणा गरेको छ । माओवादीका प्रबक्ता प्रकाण्डले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेका हुन् । प्रबक्ता प्रकाण्डले विज्ञाप्ति मार्फत राष्ट्रिय अतिक्रमणकारी र राष्ट्रघाती दलाल तत्वहरुका विरुद्ध संघर्ष गर्दा, नेपाली जनताको जनवादी राजनैतिक अधिकार तथा जन जीविकाको पक्षमा संघर्ष गर्दा र […]

२०७३ जेष्ठ १७ गते, सोमबार

सङ्घीय गठबन्धनद्वारा तेस्रो चरणको आन्दोलनको घोषणा

काठमाडौ, १७ जेठ । संघीय गठबन्धनले तेस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । राजधानी केन्द्रित दोस्रो चरणको आन्दोलनका कार्यक्रम आज सकिएपछि गठबन्धनले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो । गठबन्धनका संयोजक उपेन्द्र यादवले वक्तव्यमार्फत २०७३ जेष्ठ २५ गतेदेखि असार मसान्तसम्म प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म काठमाडौँको शहीद मञ्चमा रिले अनसन, साहित्यिक […]

२०७३ जेष्ठ १७ गते, सोमबार

तीनबुँदे सहमतिको अन्तर्कथा

काठमाडौ, १७ जेठ । २१ वैशाख : प्रधानमन्त्रीको आयोजनामा डिनर मिटिङ गठबन्धनका मुख्य दुई घटकबीच असमझदारी बढेपछि प्रधानमन्त्री केपी ओलीले दुई दलका शीर्ष नेताहरूलाई बालुवाटारमा डिनर मिटिङमा आमन्त्रण गरे । माल्पुवादेखि माछा, कुखुरा र खसीको मासुलगायतका परिकारसहितको छलफल भने त्यति मीठो रहेन । तर, डिनरअघि नै भएको छलफलमा प्रचण्डले सरकार परिवर्तनबारे आफ्नो प्रस्ताव यसरी राखे, […]

२०७३ जेष्ठ १७ गते, सोमबार

नयाँ शक्ति नेपाल नयाँ युगको आबस्यकता – भट्टराई

काठमाडौं, १७ जेठ । नयाँ शक्ति नेपाल नयाँ युगको आबस्यकता रहेको डा. बाबुराम भट्टराईले बताएका छ्न। गोकर्णेश्वर ,कागेस्वरी,मनहरा,शङखरापुर नगर कमिटिले जोरपाटीमा आयोजना गरेको अन्तरकृया तथा नागरिक सभालाइ सम्बोधन गर्दै भट्टराईले नयाँ शक्तिले नयाँ नेपाल निर्माणका लागि बिकास र समृद्धिमा जोड दिएको बताउदै अबको १० बर्ष भित्र बेरोजगार अन्त्य गरिने पनि जनाए । प्रधानमन्त्री के. पि. […]

२०७३ जेष्ठ १७ गते, सोमबार

सरकारको दिनगन्ति सुरु

काठमाडौँ, १६ जेठ । एमाओवादीसँग गत वैशाख १९ गते नौ बुँदे सहमति गरेर केही दिन टिकेको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको बजेट भाषण सकिए लगतै संकटमा परेको छ । नौ बुँदै सहमतिअनुसार बजेट भाषणपछि आफ्नो नेतृत्वमा सरकार बन्ने उद्घोष गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब एमालेले सरकार छोड्नु पर्ने बताई सकेको […]

२०७३ जेष्ठ १६ गते, आईतवार