मुख्य समाचार

ओली सरकारको आलोचना सुरु

काठमाडौँ । भारतको नाकाबन्दी र तराईका बिभिन्न जिल्लामा भैरहेका आन्दोलनवाट आजित भैरहेका जनतालाई प्रधानमन्त्री केपी ओलीको मन्त्रिमण्डल विस्तारले आश्चर्य चकित पारेको छ । प्रधानमन्त्री ओलीले गठबन्धनमा सहभागी दलहरुको चित्त बुझाउन छजना उपप्रधानमन्त्री बनाएका छन् । सरकारमा सहभागी सबै मुख्य दलहरुले उपप्रधानमन्त्री पाएका छन् । पार्टी भित्रको आन्तरिक किचलोका कारण मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी बाँडफाँड गर्न […]

२०७२ कार्तिक २१ गते, शनिबार

विराटनगरस्थित भारतीय शिविर तत्काल हटाउन माग

काठमाडौँ । नेकपा माओवादीले भारतीय राजदूतावासको विराटनगरस्थित शिविर कार्यालय अविलम्ब हटाउन माग गरेको छ । माओवादीले शिविर नेपाल विरोधी गतिविधि सञ्चालन गर्ने अखडा भएको भन्दै अविलम्ब हटाउन जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई गतबुधबार ज्ञापनपत्र पठाएर तुरुन्त हटाउन माग गरेको छ । माओवादीले कांग्रेस, एमाले, एमाओवादी, उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ मोरङलाई समेत बोधार्थमा राखी […]

२०७२ कार्तिक १९ गते, बिहीबार

माओवादीले नाकाबन्दीविरुद्ध सशक्त आन्दोलन गर्ने

काठमाडौ, १७ कात्तिक । नेकपा माओवादीले नाकाबन्दीविरुद्ध सशक्त आन्दोलन गर्ने भएको छ। माओवादीले आज एक विज्ञप्ती जारी गर्दै तिहारपछि शसक्त आन्दोलन गर्ने बताएको हो । भारतले संविधान, सरकार निर्माण र तराई मधेशमा चलेको आन्दोलन कुत्सित भावनाबाट प्रेरित भई नाकाबन्दी लगाउने, नेपालकोराष्ट्रिय स्वाधीनतामा खलल पुर्‍याउने काम गरिरहेको माओवादीले ठोकुवा गरेको छ । यस परिस्थितिमा नेपालका सबै […]

२०७२ कार्तिक १७ गते, मंगलवार

काँग्रेसको कन्तबिजोग

काठमाडौँ । आफ्नै नेतृत्वमा संविधान जारी गर्न सफल भएको नेपाली काँग्रेसको संविधान जारीसँगै कन्तबिजोग भएको छ । देशमा नयाँ संविधान लागू भएपछि काँग्रेस सत्ता र सरकारबाट बाहिरिन पुगेको छ । सत्ता र सरकार वामपन्थीको कब्जामा पुगेको छ । नयाँ संविधान जारी भएपछि बनेको सरकारका कुनै निकायमा काँग्रेसको उपस्थिति हुन सकेको छैन भने काँग्रेससँगै दक्षिणपन्थी दलालहरुसमेत […]

२०७२ कार्तिक १४ गते, शनिबार

भट्टराईका पिएले पिए पछि…..

काठमाडौं, १३ कात्तिक । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका पिए सनिप बुढाले रक्सि पिएर सशस्त्र प्रहरी बलका परिचर विष्णु श्रेष्ठलाई बुढालाइ आक्रमण गरेका छन । पिए सनिप बुढाले डा. बाबुराम भट्टराईको निवासमा खटिएका सशस्त्र प्रहरीका परिचर (भान्छे) विष्णु श्रेष्ठलाईलाई मरणासन्न हुने गरी पिटेका हुन् । उनले कात्तिक ६ गते टिकाको दिन भट्टराईको सुरक्षामा रहेका सशस्त्र […]

२०७२ कार्तिक १३ गते, शुक्रबार

अाेली नेतृत्वकाे सरकार दलाल, प्रतिक्रान्तिकारी र निरङ्कुश : माअाेवादी

काठमाडाैँ । नेकपा माअाेवादीको हालै राजधानी बाहिर सम्पन्न केन्द्रीय समितिको बैँठकले अाेली नेतृत्वकाे सरकारलाई दलाल, प्रतिक्रान्तिकारी र निरङ्कुश भनेकाे छ । झन्डै एक हप्ता लामाे बसेको बैंठकले अाेली सरकार भारतकै सहयाेगमा बनेकाे निष्कर्ष निकालेकाे छ । ‘बैंठकमा अाेली सरकारकाे साथै समग्र राजनीतिकबारे छलफल भयाे, अाेली नेतृत्वकाे सरकर प्रतिक्रान्तिकै निरन्तरतामा गठन भएकाे दलाल सरकार हाे भन्ने […]

२०७२ कार्तिक २ गते, सोमबार

पेट्रोलियम पदार्थको आपुर्ति सहज गर : माओबादी

काठमाण्डौ,२९ असोज । नेकपा माओबादीले बिगत ६५ दिनदेखी देखी पेट्रोलियम पदार्थ सहज रुपमा उपलब्ध गराउन नसकेको भन्दै आयल निगमलाई ध्यानकर्षण पत्र बुझाएको छ । माओबादी काठमाण्डौ जिल्लाका सचिब पुष्कर श्रेष्ठको नेतृत्वमा गएको टोलीले इन्धनको सहज आर्पुर्ति गर्न माग गर्दै निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई ध्यानकर्षण पत्र बुझाएको हो । बिगत ६५ दिनदेखी बिभिन्न बन्द हड्तालसंगै […]

२०७२ आश्विन २९ गते, शुक्रबार

प्रचण्डको राष्ट्रपति बन्ने दाउ

काठमाण्डौ, २४ असोज । एकीकृत नेकपा माओवादीले प्रधानमन्त्रीको चयनपछि राष्ट्रपतिमा दाबी गर्ने संकेत गरेको छ । प्रधानमन्त्रीको चयनसगै प्रचण्ड राष्ट्रपति बन्ने दाउमा लागेका छन । यसको संकेत उनले शनिबार आयोजित एमाओवादी संसदीय दलको बैठकमा गरि सकेका छन । बैठकमा प्रचण्डले राष्ट्रपतिमा दाबी गर्ने ढोका खुलेको बताएका थिए । आफू राष्ट्रपति नबन्ने यसअघि नै घोषणा गरेका […]

२०७२ आश्विन २४ गते, आईतवार

एन्ट्यागका भ्रष्टलाई सूचना आयोगको पुर्जी

काठमाडौँ । नेपाली प्राविधिक सहयोग समूह (एन्ट्याग) का कार्यकारी निर्देशक दीपक थापा र बोर्ड सदस्यहरु मोहन पन्थी र सागर सिंजापतिले कार्यालयमा सूचना माग्न पुगेका पत्रकारमाथि अभद्र व्यवहार गरी सूचना नदिएपछि उक्त विवाद राष्ट्रिय सूचना आयोग पुगेको छ । एन्ट्याग पदाधिकारीले बालबालिकाको पोषणसम्बन्धी लगायतका कार्यमा व्यापक आर्थिक अनियमितता गरेको सूचना पाएपछि यथार्थता बुझ्न पुगेका पत्रकार बालकृष्ण […]

२०७२ आश्विन २३ गते, शनिबार

वैद्यलाई एमाओवादीमा विलय हुन दबाब

काठमाडौँ । नेकपा–माओवादीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकमा पार्टीलाई एमाओवादीमा विलय गर्नुपर्ने आवाज जोडदार ढङ्गले उठेको एक नेताले बताए । ड्यास माओवादीलाई एमाओवादीमा यथाशक्य छिटो विलय गर्नुपर्ने अन्यथा पार्टीको अस्तित्व खतरामा पर्ने भन्दै अधिकांश केन्द्रीय सदस्यले आवाज उठाएको बुझिएको छ । यसरी पार्टीलाई एमाओवादीमा विलय गराउनुपर्ने भन्दै चर्को आवाज उठाउनेमा पोलिटब्युरो सदस्य पारसमणि र केन्द्रीय […]

२०७२ आश्विन २३ गते, शनिबार