मुख्य समाचार

सर्वपक्षीय सभा गर्न माओवादीको आग्रह

काठमाडौं । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले प्रधानमन्त्री सुशील कोइरालासंग आज अपरान्ह भएको भेटवार्तामा सर्वपक्षीय सभा गर्न माग गरेका छन् । भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो ।भेटवार्तामा नेकपा –माओवादीका तर्फबाट अध्यक्ष किरण र देवगुरुङ्ग सहितका नेता थिए भने प्रधानमन्त्रीका साथमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल उपस्थित थिए ।भेटवार्ता संविधान निर्माणका विषयमा केन्द्रित भएको थियो […]

२०७१ भाद्र १० गते, मंगलवार

यो संविधानसभाबाट बनेको संविधान मान्य हुदैन : किरण

काठमाडौँ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले यो संविधानसभाबाट बनेको संविधान आफ्नो पार्टीलाई मान्य नहुने भन्दै आन्दोलनमा जाने बताएका छन् । क्रान्तिकारी पत्रकार महासंघ पाल्पाले तानसेनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै किरणले संविधानसभा विघटन र सर्वपक्षीय राजनीतिकसभाको माग प्रति दलहरुले अटेर गरेमा आन्दोलनमा जाने चेतावनी दिएका हुन् । संविधानसभाबाट जनताको संविधान नबन्ने, राष्ट्रिय स्वाधीनता खतरामा पर्ने […]

२०७१ भाद्र १० गते, मंगलवार

हामीलाई पाखा लगाए संविधान बन्दैन : किरण

काठमाडौँ । नेकपा – माओवादीका अध्यक्ष मोहन वैद्य किरणले माओवादीलाई पाखा लगाएर नयाँ संविधान बन्न नसक्ने बताएका छन् । नेकपा–माओवादी म्याग्दीले गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नयाँ राष्ट्रिय सहमति गरेर जनताको संविधान बनाउने प्रक्रियाको थालनी गरिनुपर्ने बताए । माओवादीको सहमतिविना संविधान बनाए आफूहरुलाई मान्य नहुने बताउँदै अध्यक्ष वैद्यले भने ‘हाम्रो कुराको सुनुवाई भएको छैन अब […]

२०७१ भाद्र ७ गते, शनिबार

संकटमा सरकार

काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वको सरकारले छ महिना पार गरिसकेको छ । तर, सरकारले कुनै ठोस काम गर्न नसकेको भन्दै आमजनता सरकारप्रति असन्तुष्ट छन् । सरकारको सुस्तताको कारण अहिलेसम्म कुनै ठोस र उल्लेख्य काम कहीँ, कतै हुन नसकेको आमनागरिकको बुझाइ छ । पद बाँडफाँड र दल विशेषको खिचातानीमै रुमलिएको सरकार अन्ततः आफैँ सत्ता साझेदार […]

२०७१ भाद्र ७ गते, शनिबार

भारतसँग विद्युत व्यापार सम्झौता नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौ । नेकपा – माओबादी सहितका १० पार्टीले तत्काल भारतसँग विद्युत व्यापार सम्झौता नगर्न प्रधानमन्त्री सुशील कोइरालाको ध्यानाकर्षण गराएका छन् ।नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा बालुवाटार पुगेर बिहीबार उनीहरुले त्यस्तो माग गरेका हुन् । प्रधानमन्त्रीलाई तीन बुँदे ज्ञापनपत्र बुझाउँदै ती दलले भारतसँग पिटीए र पिडीए वा अन्य कुनै पनि सनिध सम्झौता गर्नुअघि सर्वपक्षीय […]

२०७१ भाद्र ६ गते, शुक्रबार

संविधान बनाउने नाममा नाटकः किरण

काठमाडौ । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले संविधान बनाउने नाममा दलहरुले संविधानसभा भित्र नाटक गरिरहेको बताएका छन् । क्रान्तिकारी पत्रकार महासंघले भरतपुरमा मंगलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष किरणले आफ्नो पार्टी लगायत अन्य शक्तिहरुलाई समावेश नै नगरी बनाउन लागिएको संविधान जनताको संविधान नहुने दावी गरे । उनले प्रधानमन्त्री शुशिल कोइरालाले आफूहरुको माग अनुसार सर्वपक्षीय गोलमेच […]

२०७१ भाद्र ४ गते, बुधबार

हामीलाई पाखा लगाए संविधान च्यातिन्छ : किरण

काठमाडौ । सहिद रामवृक्ष यादवको २० औं स्मृति दिवसका अवसरमा पार्टीको धनुषा जिल्ला कार्यसमितिद्वारा जनकपुरमा आयोजित अन्तरक्रियामा नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले माओवादीलाई पाखा लगाएर बनाइने संविधान आफूहरूले च्यातेर फाल्ने बताएका छन्। कांग्रेस र एमाले साझेदार सरकारले पुरानै परिपाटी र मूल्यमान्यतालाई कायम राखेर जनताको हकअधिकार प्रत्याभूति हुन नसक्ने संविधान ल्याउने प्रयास गर्‍यो भने आफूहरूलाई कुनै […]

२०७१ भाद्र ३ गते, मंगलवार

कर्णाली तेस्रो र विद्युत सम्झौताको विरुद्ध दश वाम एक ठाम

काठमाडौ।विभिन्न १० वाम पार्टीले सोमबार संयुक्त विज्ञप्ति जारी गरी भारतसँग विद्युत व्यापार सम्झौता (पीटीए) नगर्न सरकारलाई आग्रह गरेका छन् ।नेपाल कम्युनिस्ट पार्टी-माओवादी अध्यक्ष मोहन वैद्य ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल महासचिव मणि थापा . ,जनमोर्चा नेपाल महासचिव साध्यबहादुर भण्डारी , नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष ऋषि कट्टेल ,नेपाल कम्युनिस्ट पार्टी एकीकृत महासचिव परि थापा ,नेपाल कम्युनिस्ट पार्टी […]

२०७१ भाद्र २ गते, सोमबार

मोदी असफल भएर फर्किए : किरण

काठमाडौँ ।क्रान्तिकारी पत्रकार महासंघ उदयपुरले आईतबार कटारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा- माओवादीका अध्यक्ष मोहन वैद्य किरणले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण उपलब्धिहिन भएको बताएका छन् । किरणले मोदी सार्वजानिकरुपमा चर्चित भएपनि व्यक्तिगत स्वार्थका हिसावले उहाँको भ्रमण उपलब्धिहिन भएको दाबि गरे ।नेकपा – माओवादीलगायतका वुद्धिजिवीहरुकै बिरोधका कारण मोदी विद्युत ब्यापार सम्झौता अर्थात पिटिए गर्न […]

२०७१ भाद्र २ गते, सोमबार

प्रचण्डलाई पन्छाउदै भट्टर्राई

काठमाडौँ । संविधानसभाको निर्वाचनमा लज्जाजनक हार बेहोरेको एमाओवादी आन्तरिक कलहको कारण पुनः अस्तित्वको संकटमा परेको छ । एमाओवादीका नेता बाबुराम भट्टर्राईको पार्टीीवघटन गर्नुपर्ने भनाइसँगै उनले प्रत्येक जिल्लामा गठन गरेका समानान्तर कमिटीले गर्दा एमाओवादीको अस्तित्वमा गम्भीर संकट आइलागेको छ । विगतमा जस्तै कारवाहीको हौवा फैल्याएर बाबुराम भट्टर्राई पक्षलाई आफ्नो साइजमा ल्याउने प्रचण्ड प्रपञ्च यतिबेला फेल हुन […]

२०७१ भाद्र १ गते, आईतवार