मुख्य समाचार

नेकपा – माओवादी आन्तरिक छलफलमा

काठमाडौ, १७ मंसिर । भर्खरै सम्पन्न दोस्रो संबिधानसभा निर्वाचनको समिक्षा र आगामी रणनीति तय गर्ने बिषयमा छलफल गर्न नेकपा माओबादीको बैठक पार्टी कार्यलय बुद्धनगरमा बसीरहेको छ ।केहिबेर अघि सुरुभएको बैठकमा पार्टीले अब तय गर्ने कार्यक्रका बारेमा छलफल भईरहेको छ ।निर्वाचन बहिस्कार गरी आन्दोलनमा गएको नेकपा माओबादीको बिरोधका बाबजुत पनि निर्वाचान सम्पन्न भएपछि अब कुन निती […]

२०७० मंसिर १७ गते, सोमबार

संविधानसभा र सरकार सहभागि हुँदैनौं : गौरब

काठमाडौँ , १६ मंसिर ।नेकपा–माओवादीका उपाध्यक्ष सिपि गजुरेल गौरबले निर्वाचन सम्पन्न भयो भनेर घोषणा गरेपनि आफ्नो पार्टीले उठाएको गोलमेच सम्मेलनको महत्व झन बढेर गएको भन्दै आफ्नो पार्टी संविधानसभा र सरकार सहभागि नहुने बताए। आइतबार राजधानीमा संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गौरबले आफ्नो पार्टी निर्वाचनको सम्पूर्ण प्रक्रियाकै विरोधमा रहेकाले जति सिट दिएपनि संविधानसभामा नजाने […]

२०७० मंसिर १६ गते, आईतवार

सरकार गठनमा छिनाझम्टी सुरु

काठमाडौँ । संविधानसभाको निर्वाचन परिणाम र्सार्वजनिक भएसँगै नयाँ सरकार गठनका लागि जोडघटाउ सुरु भएको छ । दुइ ठूला दल काँग्रेस र एमालेका शीषनेताहरु सहमतीय सरकार गठनको प्रयासमा लागेको बताए पनि शक्ति बाँडफाँडमा कुरा नमिले अघिल्लो संविधानसभामा जस्तै सहमतिको नाम जप्दै बहुमतीय सरकार गठन हुने सम्भावना प्रबल भएको छ । निर्वाचनको परिणाम हर्ेदा बहुमतीय सरकार गठन […]

२०७० मंसिर १५ गते, शनिबार

दाहाल दिल्ली दौडिए

काठमाडौं, १३ मंसिर । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । भारतको नोयडास्थित फोटिक्स अस्पतालमा क्यान्सर रोगको उपचारमा रहेकी जेठी छोरी ज्ञानुको अवस्था बुझ्न दाहाल त्यसतर्फ प्रस्थान गरेका हुन ।केही साता अघिदेखि उपचारार्थ अस्पतालमा रहेकी छोरीको अवस्था चिन्ताजनक रहेकाले अध्यक्ष दाहाल र श्रीमती सीता भारत गएका हुन । दाहालको भारतमा कुनै राजनीतिक […]

२०७० मंसिर १३ गते, बिहीबार

गद्दारहरुले हार्दा जनता खुसी : गौरब

काठमाडौं, १० मंसिर । आज ललितपुरमा पार्टीको नेवा राज्य समितिको कार्यक्रममा बोल्दै नेकपा – माओवादीका उपाध्यक्ष सीपी गजुरेल गौरबले गद्दारहरुले हार्दा देश खुसी भएको बताएका छन् ।जनता अहिले अत्यन्त खुसी भएको भन्दै उनले भने, ‘कांग्रेस र एमालेले चुनाव जितेकाले जनता खुसी भएका होइनन्, संशोधनवादी गद्दारहरुले हारेको हुनाले जनता खुसी भएका हुन् । जनताको यो खुसी […]

२०७० मंसिर १० गते, सोमबार

तोडियो प्रचण्डको घमण्ड

काठमाडौँ । नेकपा-माओवादीलगायत ३३ दलीय मोर्चाले विरोध गर्दागर्दै पनि गत मंसिर ४ गते दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएको छ । चार दलीय राजनीतिक एकाधिकार र उसैको खटनपटनमा बनेको सरकारले नेपाली सेनालाई समेत सडकमा उतारेर निरङ्कुश शैलीले निर्वाचन गरिछाड्यो । वर्तमान अवस्थामा निर्वाचन समस्याको समाधान होइन । वर्तमान समस्या समाधान गर्नु गोलमेचसभा गर्नुपर्छ, त्यहीँबाट निकास खोज्नुपर्छ […]

२०७० मंसिर ८ गते, शनिबार

पछारिए प्रचण्ड

काठमाडौ, ६ मंसिर – काठमाडौं क्षेत्र न. १० वाट एनेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पराजित भएका छन् । उक्त क्षेत्रवाट नेपालि कांग्रेसका राजेन्द्र केसीले झण्डै दोब्बर मतले एमाओवादी अध्यक्ष प्रचण्डलाई हराएका छन् ।कांग्रेसका केसीले २० हजार ३ सय ९२, सुरेन्द्र मानन्धर (एमाले) १३ हजार ६ सय १५, र पुष्पकमल दाहाल (एमाओवादी) १२ सय ८ […]

२०७० मंसिर ६ गते, बिहीबार

निर्बाचन नाङ्गो र निर्लज्ज : किरण

काठमाडौ, ५ मंसिर – ने.क.पा – माओबादीका अधक्ष्य मोहन बैद्य किरणले ७०% मतदान भयो भन्नु ठुलो भ्रम सिर्जना गर्ने दुस्प्रयास भएको बताएका छन् | अधक्ष्य किरणले प्रेस बिज्ञप्ति जारी गर्दै बहिस्कार आन्दोलनलाई सडकमा आउन नदिएर सैन्य घेरा भित्र गरिएको निर्बाचनलाई अभूतपूर्व रुपमा सफल भएको भन्नु यथार्थतालाई अत्यन्तै नाङ्गो र निर्लज्ज रुपमा छिपाउने कसरत गरिएको र […]

२०७० मंसिर ५ गते, बुधबार

शान्ति सम्झौता भएको ७ वर्ष पूरा

काठमाडौ, ५ मंसिर – नेकपा माओवादी र तत्कालीन सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज ७ वर्ष पूरा भएको छ ।२०६३ साल मंसिर ५ गते अर्थात आजकै दिन सरकार र माओवादीबीच शान्ति सम्झौतामा हस्ताक्षरपछि तत्कालीन नेकपा माओवादीले औपचारिक रुपमा शान्तिपूर्ण राजनीति अवलम्बन गरेको थियो । सम्झौतासंगै नेपालमा २०५२ सालदेखि चलेको नेकपा माओवादीको सशस्त्र राजनीतिक यात्रा अन्त्य […]

२०७० मंसिर ५ गते, बुधबार

चुनाव शक्ति दुरुपयोगः ३३ दलीय मोर्चा

काठमाडौं, मंसिर ४ – नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले चुनावमा शक्ति दुरुपयोग गरेको बताएको छ ।३३ दलीय मोर्चाले सम्पूर्ण शक्तिको दुरुपयोग गरेर गरिएको निर्वाचनले जनताको संविधान नबन्ने र वर्तमान सङ्कटको राजनीतिक निकास दिन नसक्ने ठोकुवा गरेको छ ।’राजनीतिक निकासको लागि जुनसुकै परिस्थितिमा पनि राजनीतिक शक्तिहरुको बीचमा सम्वाद र राष्ट्रिय राजनीतिक सहमतिको विकल्प छैन,’ मोर्चाका नेता […]

२०७० मंसिर ४ गते, मंगलवार