मुख्य समाचार

पानी ट्यांकरमा पेट्रोल बम प्रहार, एक घाइते

चितवन ,२ मंसिर। चितवनको नारायणगढमा आइतबार अज्ञात समूहले पानी बोक्ने गाडीमा पेट्रोल बम प्रहार गरेको छ । बा १ ख ९५५४ नम्बरको गाडीलाई लक्षित गरी भरतपुर-४ को होटल सेन्टर पम्प अगाडि पेट्रोल बम प्रहार गरिंदा गाडीका ड्राइभर घाइते भएका छन् ।

२०७० मंसिर २ गते, आईतवार

यात्रुबाहक बसमा पेट्रोल बम प्रहार

काठमाडौं,१ मंसिर । काठमाडौंको सतुंगलमा ना ४ ख ५२०० नम्बरको बसमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बम प्रहारवाट ८ जना घाइते भएका छन् । उनीहरुमध्ये २ को अवस्था गम्भीर छ । काठमाडौंबाट वीरगञ्ज जान लागेको ना ४ ख ५२०० नम्बरको बसमा बम प्रहार भएको प्रहरीले जनाएको छ । घटनामा घाइते भएकाहरुको बागेश्वरी अस्पतालमा […]

२०७० मंसिर १ गते, शनिबार

माओवादीका भेरी-कर्णाली इन्चार्ज गिरफ्तार

सुर्खेत, १ मंसिर – नेकपा–माओवादीका भेरी कर्णाली राज्य समितिका इन्चार्ज मायाप्रसाद शर्मा ‘पारसमणी’लाई प्रहरीले गिरफ्तार गरेको छ ।सुर्खेतको वीरेन्द्रनगर १ ढोडेखालीबाट बांगेसिमल जाँदै गरेका शर्मालाई शनिबार विहान ९ बजेतिर पक्राउ गरेको माओवादीले जनाएको छ । प्रहरीले शर्मासँगै रहेका अखिल नेपाल यातायात मजदुर संघ सुर्खेतका सदस्य शिव न्यौपानेलाई पनि प्रक्राउ गरेको छ । उपचार गरेर फर्कने […]

२०७० मंसिर १ गते, शनिबार

यात्रुबाहक बसमा पेट्रोल बम प्रहार

काठमाडौं,२९ कात्तिक ।कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको दमारेमा अपरिचित समूहले अहिले साँझ यात्रुबाहक बसमा पेट्रोल बम प्रहार गरेको छ । साँझ साढे ७ बजे भएको बम प्रहारबाट ५ जना यात्रु घाइते भएका छन् । घटनास्थल वीरेन्द्रनगरबाट १२ किलोमिटर पश्चिममा पर्दछ ।

२०७० कार्तिक २९ गते, शुक्रबार

प्रचण्डलाई बम जनताले हानेका हुन: किरण

काठमाडौं,२९ कात्तिक ।नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले प्रचण्डलाई लक्षित गरी कंचनपुरमा भएको बम आक्रमण आफूहरुले गरको नभई जनताले गरेको बताएका छन् । प्रचण्डले विगतमा ठूलो अपराध गरेको र उहाँ मानसिक रुपमा पराजित भैसक्नु भएकाले यस्तो आरोप लगाउनु भएको किरणले बताए ।आज पार्टी केन्द्रिय कार्यालय बुद्धनगरमा पार्टीको धारणा र्सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा किरणले यस्तो कुरा […]

२०७० कार्तिक २९ गते, शुक्रबार

निर्वाचन स्थगित गर : नागरिक समाज

काठमाडौँ, २९ कात्तिक । नागरिक समाजका बौद्धिक व्यक्तित्वहरुले सहमतिबाट चुनावी मुद्दा हल गर्न अपील गरेका छन् । नागरिक समाजका नाममा जारी अपीलमा भनिएको छ, ‘कतिपय राजनीतिक पक्षलाई निरपेक्ष रुपमा उपेक्षा गर्दै हुन गइरहेको मंसिर ४ गतेको निर्वाचनको मिति नजिकिइ रहँदा मुलुकको राजनीतिक दिशा झन्झन् जटिल एवम् संकटग्रस्त हुँदै गएकोमा यसले देश र देशवासीको भाग्य र […]

२०७० कार्तिक २९ गते, शुक्रबार

रौतहटमा एमाओवादी र फोरम बीच झडप

रौतहट, २९ कार्तिक । एमाओवादी र मधेशी जनअधिकार फोरम नेपालबीच झडप भएको छ । झडपपछि रौतहटको ३ नम्बर निर्वाचन क्षेत्रको ईनरवारी मटिअर्वामा त्रास फैलिएको छ । दुई दिनअघि एमाओवादी र मधेसी जनअधिकार फोरम नेपालबीच झडप भएपछि थप हिंसा हुन नदिन ब्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । उक्त घटनामा बम विस्फोट र गोली लागेर ७ […]

२०७० कार्तिक २९ गते, शुक्रबार

यात्रुबहाक बसमा पेट्रोल बम प्रहार

हेटौडा,२९ कार्तिक – पुर्व पश्चिम राजमार्गको मकवानपुर वसामाडी गाविस-२ तिनताप्केमा बिहीवार राति पौने १० बजे गुडिरहेको यात्रुवाहक बसमा अज्ञात समुहले प्रहार गरेको पेट्रोल बमवाट १२ जना यात्रु घाइते भएका छन । बस जलेको छ । सृरक्षाकर्मीको स्कर्टिङमा नारायाणघाटतर्फ गइरहेको बसमा राजमार्ग छेउबाट केही व्यक्तिहरुले चालकमाथि पेट्रोल बम प्रहार गरेको हो । बम लागेपछि अनियन्त्रित भएर […]

२०७० कार्तिक २९ गते, शुक्रबार

दाङमा आज बिहानै बसमा आगजनी

दाङ, २९ कात्तिक। दाङमा आज बिहानै एक बसमा आगजनि भएको छ । बिहीबार काठमाण्डौबाट प्रहरीको स्कटिङमा तुलसीपुर आईपुगेको बसमा बिहान करिव ४ वजे अज्ञात समुहले आगजनी गरेको प्रहरीले जनाएको छ । राप्ति बस समितिका सहकोषाध्यक्ष पि्रतम कुमार श्रेष्ठको ना ३ ख ९६९६ नम्बरको बसमा पुरानो बसपार्क नजिकै आफ्नै घर अगाडि पार्किङ गरी राखेको अवस्थामा आगजनी […]

२०७० कार्तिक २९ गते, शुक्रबार

भोलीबाट ३३ दलको आन्दोलन चर्कने

भोलीबाट ३३ दलको आन्दोलन चर्कने काठमाडौ, २८ कार्तिक । यातायात बन्दसहितको निर्वाचन विरोधी आन्दोलनमा रहेको नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले जारी आन्दोलनलाई शसक्त बनाउने भएको छ । त्यसकोलागि नेता र कार्यकताहरुले अर्धभूमिगत शैलीमा आन्दोलनलाई परिचालन गर्ने आज बसेको ३३ दलको कार्यदलले निर्णय गरेको बहुजातीय समावेशी पार्टीका अध्यक्ष शंकर थापाले जानकारी दिए ।अध्यक्ष थापाका अनुसार बैठकले […]

२०७० कार्तिक २८ गते, बिहीबार