मुख्य समाचार

सरकारलाई दिएको समर्थनमा पुनःविचार गर: माओवादी

काठमाडौँ – नेकपा–माओवादी विदेश विभाग प्रमुख सिपी गजुरेलले वर्तमान राजनीतिक घटनाक्रम र प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्षमा नियुक्तिप्रति मित्रराष्ट्रका राजदूतावासबाट प्राप्त समर्थनप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको जनाएका छन । गजुरेलले जारी गरेको प्रेस विज्ञप्तिमा ‘‘२५ र ११बुँदे सहमति राजनीतिक सहमति नभई त्यो एमाओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चाका केही प्रमुख नेताको मात्र सहमति हो, ती दलका नेताबाहेक […]

२०६९ चैत्र ५ गते, सोमबार

राष्ट्रपति र खिलराजको पुत्ला जलाईयो

काठमाडौं । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनको विरोधमा आन्दोलनरत नेकपा-माओवादीसहितका दलहरुले राष्ट्रपति डा. रामवरण यादव र अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको पुत्ला जलाएका छन् ।आन्दोलनरत दलहरुले रत्नपार्कको शान्तिबाटिकामा कोणसभा गरी राष्ट्रपति अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्षको पुत्ला जलाएका हुन् ।प्रर्दशर्नकारीलाई प्रहरीले रोक्न खोज्दा केहीबेर धकेलाधकेल भएको थियो । त्यसक्रममा केही बेर आन्दोलनकारी र प्रहरीबीच पुत्ला […]

२०६९ चैत्र ३ गते, शनिबार

मुलुक मुठभेडतर्फ

काठमाडौँ । चार दलको राजनीतिक एकाधिकारलाई स्वीकार्दै राष्ट्रपति डा. रामवरण यादवले संविधानको बाधा, अड्काउ, फुकाउ गर्दै प्रधान न्यायाधीश खिलराज रेग्मीलाई चुनावी मन्त्री परिपक्वको अध्यक्षमा नियुक्त गरेपछि देशभर विरोधका स्वरहरु गुञ्जन थालेका छन् । प्रधान न्यायाधीशलाई चुनावी मन्त्रिपरिषद्को अध्यक्ष बनाएपछि अहिले आमर्सवसाधारण, नागरिक समाजलगायत सबै तह र तप्काबाट लोकतन्त्रको उपहार भएको भन्दै विरोधहरु भइरहेका छन् । […]

२०६९ चैत्र ३ गते, शनिबार

राष्ट्रपति र मन्त्रीहरुलाई बहिष्कार गर्ने ३४ दलको निर्णयराष्ट्रपति र मन्त्रीहरुलाई बहिष्कार गर्ने ३४ दलको निर्णय

काठमाडौं । नेकपा-माओवादीसहितका ३४ दलले राष्ट्रपति, अन्तरिम चुनावी मपन्त्रिपरिषद्का अध्यक्ष र मन्त्रीहरुको कार्यक्रम बहिस्कार गर्ने भएका छन् ।माओवादीको अगुवाईमा बसेको ३४ दलको बैठकले राष्ट्रपति डा. रामवरण यादव, अन्तरिम चुनावी मपन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र मन्त्रीहरुलाई जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको जनाएको छ। बैठकले प्रमुख चार दलका शीर्ष नेताहरुको देशव्यापी भण्डाफोर गर्ने, ४ गते देशभर […]

२०६९ चैत्र २ गते, शुक्रबार

न्यायिक इतिहासमा कालो दिन: बारन्यायिक इतिहासमा कालो दिन: बार

काठमाडौं । नेपाल बार एशोशियसनले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषदको अध्यक्षमा नियुक्त गरिएकोमा खेद व्यक्त गर्दै आजको दिनलाई कालो दिनको रुपमा घोषणा गरेको छ । बारको आकस्मिक बैठकले आजको दिनलाई न्यायिक इतिहासमा कालो दिनको रुपमा सदैव स्मरण गर्ने निर्णय गरेको हो ।‘बैठकले सीमित दलका सीमित नेताहरुले मुलुकलाई प्रतिगमनतर्फ लगेको ठहर समेत गरेको छ’ । […]

२०६९ चैत्र १ गते, बिहीबार

चार दलको प्रतिकार गर्न आग्रह चार दलको प्रतिकार गर्न आग्रह

काठमाडौं, – नेकपा-माओवादीसहित साना १८ दलले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने निर्णय गर्ने चार दलको प्रतिकार गर्न आग्रह गरेका छन् । बिहीबार बसेको संयुक्त बैठकले निर्दलीय सरकार बनाउने निर्णय राष्ट्रपतिले अनुमोदन गरेकोमा पनि आपत्ति जनाएको छ । बैठकपछि जारी विज्ञप्तीमा प्रधानन्यायाधीश नेतृत्वको अन्तरिम चुनावी मन्त्रिपरिषद् बाहृय शक्तिको आडमा बनेको बताएको छ ।बाहृय शक्तिको आड र धापमा बनेको […]

२०६९ चैत्र १ गते, बिहीबार

आज १२ बजेबाट नेपाल बन्द आज १२ बजेबाट नेपाल बन्द

काठमाण्डौं ।नेकपा-माओवादीसहितका २२ दलले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रधानमन्त्री बनाइएको विरुद्ध आज १२ बजेबाट नेपाल बन्द गर्ने घोषणा गरेका छन्

२०६९ चैत्र १ गते, बिहीबार

शितल निवास बाहिर नारावाजी शितल निवास बाहिर नारावाजी

काठमाडौं, नेकपा-माओवादी समेत २२ दल प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिन लागिएको विरोधमा शितल निवास बाहिर नारावाजी गर्दैछन् । त्यहाँ प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीहरु पानीपोखरीपट्टी धर्ना दिएर प्रदर्शन गरिरहेका छन् । उपाध्यक्ष सीपी गजुरेल र महासचिव रामबहादुर थापाले प्रदर्शनको नेतृत्व गरिरहेका छन् । काठमाडौं, […]

२०६९ चैत्र १ गते, बिहीबार

प्रन्यालाई प्रम बनाए आन्दोलन : २२ दलप्रन्यालाई प्रम बनाए आन्दोलन : २२ दल

काठमाण्डौ । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रधानमन्त्री बनाए नेकपा-माओवादीसहितका २२ दलले सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन् । प्रधानन्यायाधीश रेग्मीलाई प्रधानमन्त्री बनाउने चार दलको तयारी भइरहेका वेला राजधानीमा पत्रकार सम्मेलन गरेर माओवादी सहितका २२ दलले आन्दोलन गर्ने घोषणा गरेका हुन् ।उनीहरुले असंबैधानिक रुपमा न्यायपालिकाका प्रमुखलाई असंबैधानिक रुपमा चुनावी सरकारको नेतृत्व दिने षडयन्त्र भइरहेको भन्दै […]

२०६९ फाल्गुन ३० गते, बुधबार

भोली बिहान ९ बजे देखी सिंहदरबार घेराउभोली बिहान ९ बजे देखी सिंहदरबार घेराउ

काठमाडौ– नेकपा-माओवादिको नेत्रित्व रहेको संघीय जनगणतान्त्रिक मोर्चाले भोली चैत्र १ गते बिहान ९ बजे देखी सिंहदरबार घेराउ गर्ने कार्यक्रम राखेको जनाएको छ । मोर्चाले सबै देश भक्त, राष्ट्रबादी र संघिय जनगणतन्त्रवादी सम्पूर्ण जनसमुदायलाई उपस्थितीको लागि हार्दिक अपिल समेत गरेको छ। काठमाडौ– नेकपा-माओवादिको नेत्रित्व रहेको संघीय जनगणतान्त्रिक मोर्चाले भोली चैत्र १ गते बिहान ९ बजे देखी […]

२०६९ फाल्गुन ३० गते, बुधबार