मुख्य समाचार

मुख्यसचिव पौडेलले प्राधिकरण छाडे

काठमाण्डौ । मन्त्रिपरिषदको बैठकले मुख्यसचिव लीलामणि पौडेलले विद्युत प्राधिकरण सञ्चालक समितिका अध्यक्षबाट दिएको राजिनामा स्वीकृत गरेको छ । त्यसैगरी बैठकले शसस्त्र प्रहरीका ५ डीआईजीलाई एआइजीमा बढुवा गरेको छ । बैठकले यसअघि बढुवा भएका ४२ जना सहसचिवहरुको पदस्थापन समेत गरेको सरकारका प्रवक्ता माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार बैठकले नेपाली सेनाका ९ जना महासेनानीलाई सहायक […]

२०६९ चैत्र १६ गते, शुक्रबार

३३ दलको आन्दोलन सुरु

काठमाडौ । चार दलबीच भएको ११ बुँदे राजनीतिक सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ खारेजको माग गर्दै नेकपा–माओवादीसहितका ३३ दलले आजबाट आन्दोलन सुरु गर्ने भएका छन् । पूर्व घोषित कार्यक्रमअनुसार ३३ दलले राजधानीसहित देशका मूख्य शहरहरुमा कोणसभा गर्न लागेका हुन् । राजधानीमा अपरान्ह ४ बजेपछि लगनखेल, कोटेश्वर, बानेश्वर, कलंकी, चावहिल र भोटाहिटीमा कोणसभा गरिने […]

२०६९ चैत्र १५ गते, बिहीबार

२५ गते नेपाल बन्द

काठमाडौं । माओवादी कार्यालय बुद्धनगरमा आइतबार बसेको नेकपा-माओवादीसहितका ३३ दलले नेपाल बन्दसहितका १० दिने आन्दोलनको घोषणा गरेको छ । वर्तमान सरकार खारेजी र दलहरुकै नेतृत्वमा सरकार निर्माण गर्नुपर्ने मागसहित ती दलले आन्दोलन कार्यक्रम घोषणा गरेका हुन् ।३३ दलको बैठकले चैत १५ देखि २५ गतेसम्मको आन्दोलनको घोषणा गरेको हो ।घोषित कार्यक्रम अनुसार १५ गते मुख्य शहरहरुमा […]

२०६९ चैत्र ११ गते, आईतवार

चैत १ गते मुलुकमा ‘कु’ भयो: गुरुङ

काठमाडौं । नेकपा-माओवादीका सचिव देव गुरुङले २५ बुँदे बाँधा अडकाउ फुकाउको नाममा चैत १ गते मुलुकमा कु भएको दावी गरेका छन ।रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गुरुङले २५ बुँदे नसच्याएसम्म आफ्नो पार्टीले निर्वाचनमा भाग नलिने स्पष्ट पारे । उनले भने-२५ बुँदे बाँधा अडकाउ फुकाउ खारेज नगरेसम्म निकासको संबैधानिका बाटो खुल्दैन । त्यस्तो अवस्था गरिने […]

२०६९ चैत्र १० गते, शनिबार

संविधानसभा चुनावको औचित्य छैन : माओवादी

काठमाडौं । नेकपा-माओवादीको हालै सम्पन्न पोलिटब्युरो बैठकका निर्णयहरु सार्बजनिक गर्दै नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले संविधानसभाको दोस्रो चुनावको औचित्य नरहेको बताएका छन । ‘संविधानसभा निर्वाचनको कुनै औचित्य छैन । यो केवल प्रतिगमन तथा फासीवादको अभ्यास गर्ने र सिक्किमीकरणलाई तिब्रता दिने प्रक्रियाको एउटा कडी मात्र हो । कथित संविधानसभाको दोस्रो निर्वाचनको भ्रममा नपरी एकतावद्ध भई सङ्घर्षमा […]

२०६९ चैत्र ८ गते, बिहीबार

माओवादीले पत्रकार सम्मेलन गर्ने

काठमाडौ,नेकपा-माओवादीको भर्खरै सम्पन्न पोलिटब्युरो बैठकका निर्णयहरु भोली चैत्र ८ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, बुद्धनगरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

२०६९ चैत्र ७ गते, बुधबार

माओवादीको अन्तरक्रिया कार्यक्रम

काठमाडौ । नेकपा-माओवादी अन्तर्राष्ट्रिय विभागले आज दिउँसो ३ बजे होटल साङ्ग्रिला लाजिम्पाटमा समसामयिक राजनीतिका बारेमा कुटनीनिक नियोगका प्रमुखहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

२०६९ चैत्र ७ गते, बुधबार

कांग्रेस, एमालेसँगै प्रचण्डको पनि खुट्टा भाँचिन्छ : किरण

काठमाण्डौं ।अखिल नेपाल जनसांकृतिक महासंघले काभ्रेमा आयोजना गरेको १४ औं सांस्कृतिक प्रतिरोध दिवसमा बोल्दै नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरण ले वर्तमान अवस्थामै निर्वाचनमा गए सबै दलका नेता तथा कार्यकर्ताहरुको खुट्टा भाँचिदिने चेतावनी दिएका छन् ।उनले भने, ‘संविधान सभा ध्वस्त बनाएर नयाँ नाटक गरिँदै छ । वर्तमान अवस्थामै निर्वाचनमा गए खुट्टा मात्रै भाँच्ने होइन गाउँ आए […]

२०६९ चैत्र ६ गते, मंगलवार

पूर्वसभासद्हरु अन्तरक्रियामा

काठमाण्डौं । नेकपा-माओवादीसहित विघटित संविधानसभामा रहेका दलका सभासद्हरुले दिउँसो २ बजेपछि अन्तरक्रिया गर्ने भएका छन् । प्रमुख चार दलका शीर्ष नेताहरुको सहमतिमा गठित गैरदलीय सरकारप्रति असन्तुष्ट रहेका विभिन्न दलका सभासद्हरु अन्तरक्रियामा जुट्ने भएका छन् । नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुने अन्तरक्रियामा असन्तुष्ट रहेको पूर्व सभासद्को समान धारणा बनाउने विषयमा छलफल केन्द्रीत हुने बताइएको छ […]

२०६९ चैत्र ५ गते, सोमबार

सरकारलाई दिएको समर्थनमा पुनःविचार गर: माओवादी

काठमाडौँ – नेकपा–माओवादी विदेश विभाग प्रमुख सिपी गजुरेलले वर्तमान राजनीतिक घटनाक्रम र प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्षमा नियुक्तिप्रति मित्रराष्ट्रका राजदूतावासबाट प्राप्त समर्थनप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको जनाएका छन । गजुरेलले जारी गरेको प्रेस विज्ञप्तिमा ‘‘२५ र ११बुँदे सहमति राजनीतिक सहमति नभई त्यो एमाओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चाका केही प्रमुख नेताको मात्र सहमति हो, ती दलका नेताबाहेक […]

२०६९ चैत्र ५ गते, सोमबार