मुख्य समाचार

निर्णायक वार्ता हुदै

काठमाडौं,३० साउन – उच्चस्तरीय राजनीतिक समितिले आज नेकपा–माओवादी नेतृत्वको मोर्चा, मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टीसँग समितिले निर्णायक वार्ता गर्न लागेको छ । आज दिउँसो तीनबजे नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चासँग निर्णायक वार्ता गरी मिल्न सक्ने मागलाई सम्बोधन गर्ने तयारी समितिको छ । नेकपा माओवादीका नेता देव गुरुङले दिउँसो तीनबजे समितिसँग वार्ता हुने […]

२०७० श्रावण ३० गते, बुधबार

चार दल र सरकारलाई असफल बनाउछौं : गौरब

काठमाडौं ,२७ साउन । नेकपा-माओवादीका अध्यक्ष सिपि गजुरेल गौरबले वर्तमान अवस्थामा गरिने निर्वाचनमा आफूहरु कुनै पनि हालतमा सहभागी नहुने भन्दै गर्न खोजिए चार पार्टी र सरकारलाई मंसिर पहिले नै असफल बनाइदिने बताएका छन् ।पार्टी निकटका स्वास्थ्यकर्मीहरुको संगठन अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनको प्रथम राष्ट्रिय भेलाको काठमाण्डौंमा उद्घाटन गर्दै गौरबले सो कुरा बताएका हुन् । उद्घाटनको क्रममा […]

२०७० श्रावण २७ गते, आईतवार

चार दल बार्ताबाट भाग्न खोजे: किरण

काठमाडौं,२७ साउन ।ने.क.पा – माओबादीका अध्यक्ष मोहन बैद्य किरणले उच्चस्तरीय राजनीतिक समिति बार्ता प्रति गम्भीर नभएको बताएका छन् | संघिय समाजबादी पार्टीले राष्ट्रिय सभा गृहमा आयोजना गरेको बृहद नागरिक सभामा बोल्दै किरणले समिति बार्ता बाट भाग्न खोजेको आशंका आफुहरुलाई परेको स्पस्ट पारेका छन् | किरणले ने.क.पा – माओबादी सहित ३३ दल निर्बाचन बिरोधी नभएको बताउदै […]

२०७० श्रावण २७ गते, आईतवार

राष्ट्रिय युवा जनस्वयंसेवकका नेता पक्राउ,तत्काल रिहा नगरिए कडा कदम चाल्ने

काठमाडौं,२७ साउन, । नेकपा- माओवादीका राष्ट्रिय युवा जनस्वयंसेवकका सचिवालय सदस्य विजय केसी -विकल्पलाई प्रहरीले पक्राऊ गरेको छ । चुरेभावरका पार्टीका नेता भूमिराज निरौलामाथि कालोमोसो दल्ने प्रयास गरेको आरोपमा केसीलाई शनिबार ललितपुरको धापाखेलबाट पक्राऊ गरिएको हो । चुरेभावरका भूमिराज निरौलाले जनस्वयंसेवकका अध्यक्ष उदयबहादुर चलाउनेविरुद्ध मानवअधिकार आयोगमा उजुरी दिएको विषयमा निरौलासँग छफफल गरेर र्फकनेक्रममा केसीलाई प्रहरीले पक्राउ […]

२०७० श्रावण २७ गते, आईतवार

कर्मचारी संगठनको अध्यक्षमा पोखरेल

काठमाडौं, २७ साउन । नेकपा-माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनमा महादीप पोखरेलको अध्यक्षतामा एक सय चार सदस्यीय नयाँ कार्यसमित निर्वाचित भएको छ । नबनिर्वाचित कार्यसमितको जानकारी गराउँदै नव निर्वाचित अध्यक्ष पोखरेलले महाधिवेशनले आफ्नो नेतृत्वमा एक सय चार सदस्यीय नयाँ कार्यसमित बनेको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिए। महाधिवेशनमा दुइ सय पचास जना प्रतिनिधि तथा पर्यवेक्षेक रहेका […]

२०७० श्रावण २७ गते, आईतवार

वार्तालाई बेवास्ता गरे दुर्घटना : किरण

काठमाडौं,२५ साउन । नेपाल राष्ट्रिय कर्मचारी संगठनको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले आफूहरुले उठाएका मागहरु सम्वोधन नभए जसरी पनि निर्वाचन असफल पार्ने बताएका छन् ।अध्यक्ष किरणले आफूहरुले वार्ता र संघर्ष एकैसाथ अघि बढाउने बताए । मंसिर ४ को चुनाव रुपमा लोकतन्त्रका लागि जस्तो देखिए पनि लोकतन्त्र र जनताको अधिकारमाथि धावा […]

२०७० श्रावण २५ गते, शुक्रबार

काँग्रेस र माओवादीवीच छलफल

काठमाण्डौ,२५ साउन । नेपाली काँग्रेस र नेकपा-माओवादीका शीर्ष नेताहरुवीच छलफल भइरहेको छ ।काँग्रेस कार्यवहाक सभापति रामचन्द्र पौडेलको निवास बोहराटारमा जारी छलफलमा संविधान सभाको निर्वाचन, पछिल्लो राजनीतिक घटनाक्रम, नेकपा-माओवादीले उच्चस्तरिय राजनीतिक समितिमा पेश गरेका १८ बुँदे मा सम्बोधन लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।वैठकमा काँग्रेसका तर्फवाट कार्यवहाक सभापति पौडल र बरिष्ठ नेता शेरबहादुर देउवा तथा […]

२०७० श्रावण २५ गते, शुक्रबार

सरकारद्वारा ३३ दलीय मोर्चालाई वार्तामा आउन पुन आहृवान

काठमाडौं, २४ साउन । सरकारले नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई वार्तामा आउन आहृवान गर्दै पुन पत्र पठाएको छ ।३३ दलीय मोर्चाले सरकारले आफूहरुको अस्तित्व स्वीकार नगरेको भन्दै असन्तुष्टी जनाएपछि सरकारले फेरि माओवादी को माग अनुसारको भाषा राखेर पत्र पठाएको हो । सरकारले यसअघि पठाएको पत्रमा ३३ दलीय मोर्चा भनेर चर्चामा आएको भनि उल्लेख गरिएको थियो […]

२०७० श्रावण २४ गते, बिहीबार

कर्मचारीलाई राजनीतिक भिण्डन्तमा नपार : पोखरेल

काठमाडौं ,२४साउन । राष्ट्रिय कर्मचारी संगठन निजामति केन्द्रीय समितिका अध्यक्ष महादीप पोखरेलले आम सहमति नभइ केही दलहरु सडकमा भएको अवस्थामा कर्मचारीहरुलाई जबरजस्ती संविधानसभाको निर्वाचनमा पठाउने सरकारको तयारीले कर्मचारी राजनीतिक भिण्डन्तको चेपुवामा पर्ने बताका छन् ।’स्वाधिन, सवल, समृद्ध नेपाल, स्वच्छ, र्सवसूलभ जनसेवा हाम्रो पहल’ भन्ने नाराका साथ यही साउन २५ र २६ गतेसम्पन्न हुन लागेको प्रथम […]

२०७० श्रावण २४ गते, बिहीबार

बिगतमा गल्ती गरे: प्रचण्ड

पोखरा , २३ साउन – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिगतमा आफुले गल्ती गरेको स्वीकारेका छन् ।स्थानीय नागरिक अगुवाहरुसँग पोखरामा भएको अन्तक्रियामा प्रचण्डले तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन नमान्नु र प्रधानसेनापति रुक्मागंत कटवाललाई सेनापतिबाट हटाउनु आफुले गल्ती रहेको स्वीकार गरे ।प्रचण्डले आफुना यी गल्तीका कारण अहिलदेशमा यथास्थितिबादी शक्त्तीले फाईदा उठाएको बताए […]

२०७० श्रावण २३ गते, बुधबार