मुख्य समाचार

‘एमसीसीविरुद्ध देशभक्त शक्तिहरु एकजुट हुनुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले एमसीसीविरुद्ध देशभक्त शक्तिहरु एकजुट हुनुपर्ने बताएका छन। सो पार्टीद्वारा आयोजित राष्ट्रघाती एमसीसी विरुद्ध बृहत अन्तरक्रिया कार्याक्रमको संचालन गर्दै प्रवक्ता प्रकाण्ड सीले सो कुरा बताएका हुन् । प्रकाण्ड सीले एमसीसी विरुद्ध बृहत अन्तरक्रिया कार्याक्रमको संचालन गर्दै एमसीसी विरुद्ध देशभक्त शक्तिहरु एक भएर नयाँ क्रान्तिको मोर्चा खोल्नु पर्ने बेला […]

२०८० भाद्र ११ गते, सोमबार

‘एमसीसी कार्यान्वयन गर्नु जनता र मातृभूमिप्रति धोखा हो’

काठमाडौँ। पूर्व सुरक्षाकर्मी महासंघका प्रवक्ता हेमसंकर गिरीले एमसीसी पारित गर्न साथ दिनेहरु विरुद्ध बहिष्कार अभियान चलाउनु पर्ने बताएका छन। एमसीसी परियोजना कार्यान्वयन विरुद्ध आयोजित बृहतअन्तरक्रिया कार्यक्रममा सम्वोधन गर्दै प्रवक्ता गिरीले सो कुरा बताएका हुन् । प्रवक्ता हेमसंकर गिरीले एमसीसी कार्यान्वयनमा लिए जनता र मातृभूमिप्रति धोखा हुने बताए । उनले एमसीसीका विरुद्ध आज पनि राष्ट्रको सिपाही […]

२०८० भाद्र ११ गते, सोमबार

एमसीसी परियाेजनाविरुद्ध बृहत गाेष्ठि हुँदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसी परियाेजना विरुद्ध बृहत गाेष्ठि गर्ने भएको छ। सो पार्टीकाे आयाेजनामा भाेलि काठमाडौँमा ‘एमसीसी परियाेजना कार्यान्वयनका विरुद्ध अन्तरक्रिया’ विषयक बृहत अन्तरक्रिया हुने भएकाे हो । नेकपाका महासचिव विप्लव सीकाे प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रममा नेकपा (एस) का वरिष्ठ नेता झलनाथ खनाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका अध्यक्ष ऋषि कट्टेल, […]

२०८० भाद्र १० गते, आईतवार

‘दलाल पुँजीवादविरुद्ध समाजवादी विद्रोह आवश्यक ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले दलाल पुँजीवादविरुद्ध समाजवादी विद्रोह आवश्यक भएको बताएका छन् । शुक्रबार समाजवादी मोर्चाद्वारा वीरगञ्जमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले नेपाली जनताको स्वाधीनतालाई सुनिश्चित गर्न सक्ने समाजवाद आजको आवश्यकता भएको उल्लेख गर्दै अहिलेसम्मको व्यवस्थाले नेपाली जनताको परिवर्तनको आकांक्षालाई सम्बोधन […]

२०८० भाद्र ९ गते, शनिबार

नेपाली विशेषताकाे समाजवाद चाहिएको छ (भिडियोसहित )

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले संकटग्रस्त दलाल पुँजीवादलाई अन्त्य गरेर नेपाली विशेषताकाे समाजवाद चाहिएको बताएका छन। विरगञ्जकाे नगरसभा कक्षमा शुक्रबार समाजवादी माेर्चाको सन्देश सभालाई सम्बाेधन गर्दै महासचिव विप्लव सी ले सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले नेपाली जनताको स्वाधीनतालाई सुनिश्चित गर्न सक्ने समाजवाद आजकाे आवश्यकता भएको उल्लेख गर्दै अहिलेसम्मकाे व्यवस्थाले नेपाली […]

२०८० भाद्र ९ गते, शनिबार

एमसीसी कार्यान्वयनविरूद्ध भित्तेलेखन तीब्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, उपत्यका ब्युरोले भित्तेलेखनलाई तिब्र पारेको छ । नेकपाकाे केन्द्रीय कार्यक्रम अनुसार उपत्यका ब्युरो अन्तर्गतका जिल्लाहरूले एमसीसी कार्यान्वयनविरूद्ध भित्तेलेखनलाई तीब्र पारेका हुन् । उनीहरूले ‘नाे एमसीसी, नाे एसपीपी, गाे ब्याक अमेरिका, नेकपा जिन्दावाद’ लगायतका नाराहरूले‌ भिता रङ्ग्याएका छन् । नेकपा भक्तपुरले सानाेथिमी, जगाती, मध्यपुर थिमी लगायतका सार्वजनिक स्थानहरूमा भित्तेलेखन गरेकाे छ […]

२०८० भाद्र ७ गते, बिहीबार

नेकपाद्वारा एमसीसी कार्यान्वयनविरुद्ध संघर्षको घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले एमसीसीलाई कायान्वयनमा लैजाने विषय सम्पूर्णरुपले अस्वीकार्य एवं असैह्य भएको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ । सो पार्टीका महासचिव विप्लव सी ले मंगलबार बिज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम घोषणा गरेका हुन्।महासचिव विप्लव सी द्वारा जारी बिज्ञप्तिमा अमेरिकाले देशभक्त नागरिकको माग र आवाजको मात्र होइन संसदले पास गरेको १२बुँदे टिप्पणीप्रति पनि […]

२०८० भाद्र ५ गते, मंगलवार

समाजवादी माेर्चा नेपालकाे बैठक सर्यो : भाेलि बिहान ७ बजे बस्ने

काठमाडौँ । आज साँझ ६ बजे बस्ने भनिएको समाजवादी माेर्चा नेपालकाे बैठक भाेलि बिहान ७ बजेका लागि सारिएको छ । बैठक भाेलि बिहान ७ बजे नेकपा (एस) काे केन्द्रीय कार्यालयमा बस्ने बताइएको छ ।गत साउन २४ गते, बुधबार नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालय आलोक नगरमा बसेको समाजवादी मोर्चा नेपालको सचिवालय बैठकले आगामी भदौ ९ गतेदेखि […]

२०८० भाद्र ३ गते, आईतवार

समाजवादी माेर्चा नेपालले देशव्यापीरुपमा सन्देश प्रवाह कार्यक्रम गर्ने

काठमाडौँ । समाजवादी माेर्चा नेपालले देशव्यापीरुपमा सन्देश प्रवाह कार्यक्रम गर्ने भएको छ । सो माेर्चाकाे साेमबार बिहान नेकपा (एस) काे केन्द्रीय कार्यालय आलाेकनगरमा बसेको बैठकले उक्त निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता तथा समाजवादी मोर्चा नेपालका सचिवालय सदस्य प्रकाण्ड सी ले जानकारी दिए ।समाजवादी माेर्चाकाे बैठकले यहीँ भदौ ८ गतेदेखि देशका सबै प्रदेशमा समाजवादी माेर्चा […]

२०८० भाद्र ४ गते, सोमबार

समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौँ । आज साँझ समाजवादी मोर्चा नेपालको बैठक बस्ने बताइएको छ। नेपाल कम्युनिस्ट पार्टी , नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसम्मिलित मोर्चाको बैठक आज साँझ ६ बजे एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बस्ने बताइएको छ ।गत साउन २४ गते, बुधबार नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालय आलोक नगरमा बसेको समाजवादी मोर्चा नेपालको […]

२०८० भाद्र ३ गते, आईतवार