मुख्य समाचार

अध्यादेशबिरुद्ध बिष बमन : देशमा पुन : द्वन्द निम्त्याउने खेल

काठमाडौँ । सरकारले नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच भएको ३ बुँदे सहमति पूर्णरुपमा कार्यन्वयनका लागि अध्यादेश ल्याउन लागेको छ। नेपाल सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न ‘मुलुकी फौजदारी कार्यविधि संहिता ‘पहिलो संशोधन’अध्यादेश, २०७९’ जारी गर्न सिफारिस गरेको छ ।मन्त्रिपरिषद्को आइतबारको बैठकले नेपालको संविधानको धारा ११४ को उपधारा ‘१’ बमोजिम निर्णय गरी अध्यादेश […]

२०७९ मंसिर २७ गते, मंगलवार

‘नेता व्यवस्थापनको संघियता होइन जनताको समानुपातिक संघियता आवश्यक छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले हालको नेता व्यवस्थापन संघियताको औचित्य नभएको ठोकुवा गर्दै नेता व्यवस्थापन संघियताभन्दा जनताको समानुपातिक संघियता आवश्यक भएको बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यलयले शुक्रबार कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महासचिव विप्लवले सो कुरा बताएका हुन् ।महासचिव विप्लवले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरुको औचित्य […]

२०७९ मंसिर २४ गते, शनिबार

‘राजनीतिमा परिवारबाट हुने सहयोग महत्त्वपूर्ण हुन्छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले परिवारबाट हुने सहयोग राजनीतिमा महत्त्वपूर्ण हुने बताएका छन् । आमा आशिका देवी चन्दको स्मृतिमा कपिलवस्तुको शिवगढीमा बुधबार आयोजित श्रद्धाञ्जली सभा कार्यक्रममा बाेल्दै महासचिव विप्लवले सो कुरा बताएका हुन् । महासचिव विप्लवले आफुहरुले हिडेकाे बाटोलाई कहिल्यै पनि अप्ठ्यारो नमानेर आमाले साथ दिएको स्मरण गर्दै आफुहरुले पार्टीको नवौं महाधिवेशनले जाति, […]

२०७९ मंसिर २२ गते, बिहीबार

भारत सरकारले एसएसविको बलमा बनाएको सडक तुरुन्त रोक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता प्रकाण्डले भारत सरकारको हस्तक्षेपकारी र दादागिरी शैलीको घोर निन्दा एवं भत्र्सना गर्दै सिमानाजस्तो अत्यन्तै संवेदनशिल क्षेत्रमामहाकालीनदीको नेपाली बगरलाई मिचेर भारत सरकारले एसएसविको बलमा बनाएको सडक तुरुन्त रोक्ने पहललिन नेपाल सरकारसंग जोडदार माग गरेका छन । प्रवक्ता प्रकाण्डले मंगलबार साँझ एक बिज्ञप्ति जारी गर्दै सो माग […]

२०७९ मंसिर २० गते, मंगलवार

प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री देउवाबीच भेटवार्ता: राष्ट्रिय राजनीतिको बिषयमा गम्भीर छलफल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शनिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। उक्त भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रवक्ता प्रकाण्डबीच राष्ट्रिय राजनीतिको बिषयमा गम्भीर छलफल भएको बताइएको छ । पछिल्लो समय राष्टिय स्वाधिनतामाथि संकट आइएकोमा प्रधानमन्त्री देउवा र प्रवक्ता प्रकाण्डको साझा धारणा रहेको र यस्तो अवस्थामा देशका सम्पूर्ण […]

२०७९ मंसिर १७ गते, शनिबार

‘सबै कम्युनिस्टहरु नयाँ आधारमा सँगठित हुने बेला आयाे’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालका सबै कम्युनिष्टहरूले आ-आफ्नाे कमजोरी सच्याएर एक हुने बेला आएको बताएका छन् । महासचिव विप्लवले आम निर्वाचनको विषयमा मंगलबार एक भिडियो वक्तव्य दिंदै सो कुरा बताएका हुन् । उनले झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै एक हुनुपर्ने बेला आएको भन्दै अझै पनि संसदबाट केही गर्न […]

२०७९ मंसिर १३ गते, मंगलवार

आगामी दिन क्रान्तिकारीहरुको सफलताको दिन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा नर्वाै पार्टी पुनगर्ठन दिवस भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा सम्पूर्ण पार्टी पङ्ति र जनसमुदायमा शुभकामना व्यक्त गर्दै पार्टी महासचिव विप्लव सीले आगामी दिनहरु क्रान्तिकारीहरुको सफलताको दिन हुने बताउँदै त्यसका लागि पार्टीको ऐतिहासिक जिम्मेवारीबोधसहित अविचलित रुपमा पार्टी नीति र एकीकृत जनक्रान्तिमा अघि बढ्न आग्रह गरे । यहि […]

२०७९ मंसिर ९ गते, शुक्रबार

‘नवौं पार्टी पुनर्गठन दिवस’ भव्यताका साथ सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले ‘नवौं पार्टी पुनर्गठन दिवस’ देशव्यापीरुपमा भव्यताका साथ मनाएको छ । उक्त पार्टीले मङ्सिर ८ गते ‘नवौं पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाऔ , एकीकृत जनक्रान्तिको दिशामा अघि बढौ ‘ भन्ने मूल नाराका साथ देशव्यापीरुपमा ‘नवौं पार्टी पुनर्गठन दिवस’ भव्यताका साथ मनाएको हो । २०६९ सालमा पुष्पकमल दाहाल नेतृत्वको नेकपा (एकीकृत […]

२०७९ मंसिर ९ गते, शुक्रबार

‘ एकीकृत जनक्रान्ति निकट भविष्यको विषय बनेको छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता प्रकाण्डले देशमा एकीकृत जनक्रान्ति निकट भविष्यको विषय बनेको ठोकुवा गर्दै दलाल पुँजीपति वर्गको राज्यले मंसिर ४ गते आयोजना गरेको कथित चुनावमा कुल मतदाताको झण्डै ४५ प्रतिशतले चुनाव खारेजी गर्नु वा बहिस्कार गर्नु वा सहभागिता नजनाउनुले नेपाली जनता आफ्नो हित र प्रतिनिधित्व गर्ने शक्तिशाली विकल्पको खोजीमा […]

२०७९ मंसिर ८ गते, बिहीबार

आज नेकपाको नवौं पार्टी पुनर्गठन दिवस : देशव्यापी रूपमा मनाईदै

काठमाडौँ । आज मंसिर ८ गते नेकपाको नवौं पार्टी पुनर्गठन दिवस। नेपाल कम्युनिस्ट पार्टीले आज देशव्यापी विभिन्न रचनात्मक कार्यक्रमसहित नवौँ पार्टी पुनर्गठन दिवस मनाउँदैछ । आज भन्दा ९ वर्ष अघि तत्कालीन मोहन वैद्य नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट बिद्रोह गरि नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन गरेको दिनलाई स्मरण गर्दै पुनर्गठन दिवस मनाउन लागिएको हो […]

२०७९ मंसिर ८ गते, बिहीबार