बिज्ञान तथा प्रबिधि

बेलुकीदेखि पश्चिम तराईमा मौसम बदली हुने

काठमाडौ, १७ जेठ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बेलुकादेखि पश्चिम तराईमा गर्मी कम हुने अनुमान गरेको छ । महाशाखाले केही दिनदेखि बढीरहेको गर्मी आजदेखि घट्ने अनुमान गरेको हो । महाशाखाका मौसमविद् बरुण पौडेलका अनुसार त्यस क्षेत्रमा पश्चिमी वायु सक्रिय हुने भएकाले मौसम बदली हुनेछ । मौसम बदली भएपछि केही मात्रामा तापक्रम घट्नेछ । […]

२०७२ जेष्ठ १७ गते, आईतवार

बुटवल पावर कम्पनीद्वारा पुन: विद्युत् उत्पादन सुरु

काठमाडौं, १६ जेठ । बुटवल पावर कम्पनी (विपिसी) प्यूठानले पाँच दिनदेखि अवरुद्ध रहेको विद्युत् उत्पादन शुक्रबारबाट सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणले चितवन र लमही हुँदै प्यूठानसम्म वितरण गर्ने १३२ केभी विद्युत् प्रसारण लाइनमा विद्युत् आपूर्ति कटौती गर्दा सो कम्पनीले विद्युत् उत्पादन बन्द गरेको थियो ।विपिसीले विद्युत् उत्पादन नहुँदा र नेपाल विद्युत् प्राधिकरणले पश्चिम […]

२०७२ जेष्ठ १६ गते, शनिबार

भूकम्पका कारण जलविद्युत् क्षेत्र अस्तव्यस्त

काठमाडौँ । गत बैशाख १२ गते गएको विनासकारी भूकम्पले जलविद्युत् क्षेत्रमा १६ अर्ब रूपैयाँभन्दा बढीको क्षति पु¥याएको छ । जसका कारण अब डेढ घण्टासम्म लोडसेडिङ बढ्न सक्ने नेपाल विद्युत् प्राधीकरणले बताएका छन् । प्राधिकरणले सरकारी आयोजनाहरूको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीमा करिब ११ अर्ब रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदन उर्जा मन्त्रालय पठाएको छ […]

२०७२ जेष्ठ १६ गते, शनिबार

काठमाडौं उपत्यका सहित देशभर अझै गर्मी बढ्ने : मौसमविद्

काठमाडौं, १४ जेठ । काठमाडौं उपत्यका सहित देशभर अझै गर्मी बढ्ने मौसमविद्ले बताएका छन् । विशेषगरी पश्चिम तराईमा तापक्रम बढेसँगै तातो हावा लु चल्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम तराईमा तापक्रम अझै बढ्ने देखिएकाले सावधानी अपनाउन मौसमविद् शान्ति कँडेलले आग्रह गरे । हिजो ४२ दशमलव ७ डिग्री सेल्सियस रहेको दिपायलको तापक्रम […]

२०७२ जेष्ठ १४ गते, बिहीबार

३ अर्ब २० करोड मानिस इन्टरनेट चलाउछ्न

काठमाण्डौ, १३ जेठ । अमेरिकाको अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन युनियन आइटियुको रिपोर्टका अनुसार विश्वको झण्डै आधा जनसंख्यामा इन्टरनेटको पहुँच पुगेको छ । रिपोर्टका अनुसार अहिलेसम्म विश्वका ३ अर्ब २० करोड मानिसमा इन्टरनेटको पहुँच पुगेको छ । अहिले विश्वको जनसंख्या ७ अर्ब २० करोड छ । यसमा विकासशिल देशका झण्डै २ अर्ब मानिस सम्मिलित छन् । यसै वर्षको […]

२०७२ जेष्ठ १३ गते, बुधबार

वैज्ञानिक पद्धतिद्वारा रुखको गणना

काठमाडौं, १३ जेठ । नवलपरासीका साझेदारी वनमा वैज्ञानिक पद्धतिबाट रुखको गणना सुरु गरिएको छ ।रुखको जात र साइज पहिचान गरी रुखमा नम्बरिङ गरी गणना अघि बढाएको सहायक वन अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।जिल्लाको सुनवल, वनजरिया, अमरौड क्षेत्रमा फैलिएको १७ हेक्टर वनमा वैज्ञानिक वन व्यवस्थापनका लागि कम्पार्टमेन्ट बनाउँदै वैज्ञानिक पद्धतिबाट रुखको गणना सुरु गरिएको हो […]

२०७२ जेष्ठ १३ गते, बुधबार

तीस दिनमा हजारौ पटक पराकम्पन

काठमाडौं । भूकम्प मापन केन्द्रले गतवैशाख १२ को विनाशकारी भूकम्पछि तीस हजारभन्दा पराकम्पन गएको जनाएको छ । राजधानी लगाएतका जिल्लालाई केन्द्रविन्दु बनाएर चार पटक ६ रेक्टरभन्दा बढिका पराकम्पन गएपनि त्यो भन्दा साना भने तीसहजार पटक गइसेका केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार चार म्याग्निच्यूडभन्दा तलका परकम्पलाई समेत जोड्ने हो […]

२०७२ जेष्ठ १२ गते, मंगलवार

मध्यपुरमा मापदण्ड विपरीत घर निर्माण तीव्र

काठमाडौ । मध्यपुर थिमि नगरपालिकाले सुरक्षित क्षेत्रका रुपमा घोषणा गरी घर निर्माण गर्न रोक लगाएको क्षेत्रमा अनियन्त्रित रुपमा घर निर्माण भइरहेको छ । नक्सा पास नगरी बनाएका त्यस्ता घर गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पका कारण भास्सिएर क्षतिसमेत भएको छ । बढ्दो सहरीकरणको चपेटामा परेको मध्यपुर थिमि नगरपालिका सुरक्षित क्षेत्रमा तीव्र गतिमा घर निर्माण […]

२०७२ जेष्ठ १२ गते, मंगलवार

पुनःनिर्माणमा पाँच सय इन्जिनियर

काठमाडौँ, १० जेठ । नेपाल इन्जिनियर्स एसोसिएसनले भूकम्पबाट भत्किएका घर पुनःनिर्माणको परामर्श दिन पाँच सय इन्जिनियर खटाउने भएको छ । यसअघि भत्केका घर निरीक्षणका लागि स्वयम्सेवीका रुपमा खटिएका इन्जिनियर अब मर्मतको परामर्श दिन खटिन लागेका हुन् ।“पहिलो चरणमा बस्न हुने÷नहुने घर र तिनको जोखिम बारेमा सुझाव दियाँै, दोस्रो चरणमा बिग्रे भत्केका घर निर्माणमा सुझाव दिन्छाँै”, […]

२०७२ जेष्ठ ११ गते, सोमबार

गुगलको स्वचालित गाडी सार्वजनिक सडकमा

काठमाडौँ । गुगल संस्थाको दुई यात्रु रहने तथा ‘ग्यास पेडल’ तथा ‘स्टेरिङ ह्विल’ नभएको स्वचालित गाडी यसै गृष्मदेखि सार्वजनिक बाटोमा देखिने भएको छ । गुगलले आउँदो पाँच वर्षमा उपभोक्ताका लागि चालकविहीन गाडी बजारमा ल्याउने भनी राखेको लक्ष्यमा यो ठूलो प्राविधिक पाइला भएको ठानिएको छ । यो गाडी स्वचालनका लागि पहिलो प्रयास भएको गुगलले जानकारी दिएको […]

२०७२ जेष्ठ ९ गते, शनिबार