बिज्ञान तथा प्रबिधि

एलन मस्कद्वारा ट्वीटर किन्ने घोषणा रद्द

काठमाडौं । अर्बपति एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर किन्नको लागि आफ्नो ४४ अर्ब डलरको कबोल रद्द गर्ने भएका छन् । मर्जर सम्झौताको उल्लंघन भएको आरोप लगाउँदै धनाढ्य मस्कले कबोल समाप्त गर्न लागेको बीबीसीले जनाएको छ । विश्वका सबै भन्दा धनाढ्य मस्कले यही अप्रिलमा ट्वीटर किन्ने घोषणा गरेका थिए । तर उनको पछिल्लो घोषणाले लामो समयदेखि […]

२०७९ असार २५ गते, शनिबार

आगमी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली र वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अहिले बिहान देशको प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी क्षेत्रमा आँशिक देखि सामान्य बदली रहेको छ। प्रदेश नं […]

२०७९ असार २४ गते, शुक्रबार

आज भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायु सक्रिय बनेकोर आज बिहान बागमतीको काठमाडौं, कर्णाली र मधेस प्रदेशका एक-दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको जनाएको छ । महाशाखाले आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनीका थोरै र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ । राति प्रदेश १, […]

२०७९ असार १४ गते, मंगलवार

बृहस्पतिले बच्चा ग्रह ‘खाएको’ वैज्ञानिकहरूको दाबी !

काठमाडौं । हालै गरिएको एक अध्ययनले बृहस्पतिलाई हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह मान्नुमा एउटा कारण रहेको पत्ता लागेको छ । वैज्ञानिकहरुका अनुसार यसले अन्य साना ग्रहहरू ‘खाएर’ यसको आकार (पृथ्वीभन्दा ३०० गुणा ठूलो) विशाल भएको हो । नासाको जुना अन्तरिक्ष अनुसन्धानले संकलन गरेको गुरुत्वाकर्षण तथ्यांक र ग्यास कोरमा रहेको चट्टानी सामग्रीको ‘कम्पोजिसन’को अध्ययनका आधारमा बृहस्पति […]

२०७९ असार १२ गते, आईतवार

५० उद्योगलाई नेपाल गुणस्तर इजाजतपत्र प्रदान

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले उद्योगलाई नेपाल गुणस्तर इजाजतपत्र प्रदान गरेको छ । विभागले सरकारले नेपाल गुणस्तर लिन अनिवार्य गरेका वस्तुका साथै अन्य वस्तु तथा उद्योगलाई इजाजतपत्र प्रदान गरेको हो । विभागले चालु आर्थिक वर्षमा सिमेन्ट, टीएमटी छड, रङ, एचडीपीई पाइप, सीपीभीसी पाइप, यूपीभीसी पाइप, जस्मिन हाइजिन सेनिटरी पाइप, पेभर्स लकलगायतलाई नेपाल गुणस्तर […]

२०७९ असार १० गते, शुक्रबार

वर्षाका कारण नदीका जलसतह बढ्दो : सजग रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले भारी वर्षाका कारण काठमाडौँ उपत्यकाका नदीहरुमा जलसतह बढेको भन्दै सजग रहन आग्रह गरेको छ । विभागका अनुसार वर्षाका कारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीहरुमा जलसतह बढ्दो छ । त्यसैले नदी किनारको बाटोबाट यात्रा गर्दा उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ । विभागको बाढी सूचना केन्द्रले […]

२०७९ असार १० गते, शुक्रबार

युवा वैज्ञानिक सम्मेलन सुरु

काठमाडौं । राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सुरु भएको छ । राष्ट्रिय युवा परिषदले हरेक वर्ष गर्दै आएको सो सम्मेलन यस पटक धनुषाको जनकपुरधाममा आजदेखि सुरु भएको हो । अघिल्लो वर्ष प्रदेश १ मा आयोजना गरिएको सम्मेलन यस वर्ष मधेश प्रदेशमा आयोजना गरिएको हो । मुझेलियास्थित होटल राजदरबारमा असार ९ र १० गते दुई दिनसम्म चल्ने […]

२०७९ असार ९ गते, बिहीबार

अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगञ्जबाट भारतका इरफान सुफियान खानलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लको सहयोगमा वीरगञ्ज महानगरपालिका–२ रेल्वे रोडस्थित मनान मियाँ तेलीको घरमा बसेर अवैधरूपमा कल बाइपास गरिरहेको […]

२०७९ असार ८ गते, बुधबार

टेलिकमका सेवा ४ दिनदेखि अवरुद्ध !

काठमाडौं । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रमा चार दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । टेलिफोन, इन्टरनेटलगायत सेवा अवरुद्ध भएको छ । अप्टिकल फाइबरमा अवरोध हुँदा नेटवर्कमा समस्या आएको हो । टेलिकमको जिएसएम मोबाइलमा नेटवर्क नहुँदा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने समस्या छ । अप्टिकल फाइबरमा ब्रेक हुँदा सेवा सञ्चालनमा अवरोध आएको […]

२०७९ जेष्ठ ३१ गते, मंगलवार

हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ र मधेस प्रदेशका धेरै क्षेत्रमा वर्षाको आङ्कलन छ । त्यस्तै, बागमती, गण्डकी र कर्णालीका केही स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकी प्रदेश र कर्णालीका केही स्थान […]

२०७९ जेष्ठ २९ गते, आईतवार