सहज आवागमनका लागि ट्राफिक मोबाइल एप्स
काठमाडौँ, २० वैशाख । नेपाल प्रहरीले आजदेखि सहज तथा सुरक्षित आवागमनका लागि ‘ट्राफिक पोलिस नेपाल’ नामक मोबाइल एप्स प्रयोगमा ल्याएको छ । ट्राफिक जाम तथा ट्राफिक डाइभर्सन भए÷नभएको थाहा हुने, ट्राफिक गतिविधिसम्बन्धी सूचना तथा दुर्घटनाबारे तत्कालै मोबाइलमा जानकारी आउने र आफूले देखेका भोगेका ट्राफिकसँग सम्बन्धित सूचना प्रहरीलाई पठाउन सकिने व्यवस्था सो एप्समा गरिएको छ । […]
२०७३ बैशाख २० गते, सोमबार