राजनीति

एमालेद्वारा राष्ट्रियसभाको बैठकअवरुद्ध गर्ने तयारी

काठमाडौँ । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बताइएको छ । आजको बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट […]

२०८० श्रावण १८ गते, बिहीबार

माओवादी पार्टी पार्टीजस्तो भएन !

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी पार्टीजस्तो नभएको टिप्पणी गरेका छन् । बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको केन्द्रीय समिति बैठकमा उनले सो धारणा राखेका हुन् । अध्यक्ष प्रचण्डले भने – ‘हाम्रो पार्टी पार्टी जस्तो भइरहेको छैन, पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी यो बैठकलाई बनाउनुपर्छ । ’अध्यक्ष प्रचण्डले विगतदेखि नै बेलाबेलामा आफूले […]

२०८० श्रावण १७ गते, बुधबार

भूमाफियाले हडपेको सार्वजनिक जग्गा फिर्ता गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले भू माफियाले हडपेको सार्बजनिक जग्गा फिर्ता गर्न भन्दै सरोकावाला निकायमा ज्ञापन पत्र बुझाएको छ। सो पार्टीले बुधवार जिल्लास्थित जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यलय, महालक्ष्मी नगरपालिका, नापी कार्यालय र मालपोत कार्यालयमा कार्यलय प्रमुख समक्ष विभिन्न माग सहितकाे ज्ञापन पत्र बुझाएको हो।नेकपा ललितपुरले महालक्ष्मी नगरपालिका वडा न.९, सिस्नेरीको पातले सामुदायिक […]

२०८० श्रावण १८ गते, बिहीबार

नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समिति बैठक लाइभ नगर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बिहान बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय गरेको हो । पार्टी भित्रकै नेताहरुले बैठक लाइभ नगर्न दबाब दिएपछि केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय भएको सचिव गणेश शाहले जानकारी दिए ।केन्द्रीय […]

२०८० श्रावण १७ गते, बुधबार

अनेम संघ क्रान्तिकारी,ललितपुरको संयोजकमा पवित्रा सी

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीनिकट जनवर्गीय संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी, ललितपुरको जिल्ला भेला आयोजक समिति गठन गरिएको छ। मंगलवार ललितपुरको लगनखेलमा पवित्रा सी को संयोजकत्वमा १३ सदस्यिय आयोजक समिति गठन गरिएको हो।कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष भृकुटी सीले बधाई तथा प्रशिक्षण मन्तव्य राख्दै उनले महिलाहरु लिङ्गीय उत्पीडनको […]

२०८० श्रावण १७ गते, बुधबार

प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित

काठमाडाैँ । प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सूचना टाँस गरी आगामी साउन २२ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका छन्। क्विन्टल सून तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संसद् अवरोध गर्दै आएको छ। एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा र उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गर्दै […]

२०८० श्रावण १६ गते, मंगलवार

संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडाैँ । संवैधानिक परिषद्को बैठक आज अपराह्न ४ बजे सिंहदरबारमा बस्ने बताइएको छ । बैठकले नयाँ प्रधानन्यायाधिश नियुक्तीको सिफारिस गने बताईएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिँदै छ । पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।संवैधानिक परिषद् बैठक बोलाउने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहालले […]

२०८० श्रावण १६ गते, मंगलवार

नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ गर्ने !

काठमाडाैँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक लाइभ गर्ने निर्णय गरेको छ। आज बालुवाटारमा बसेको पदाधिकारी बैठकले बैठक लाइभ गर्ने निर्णय गरेको सचिव डिलाराम आचार्यले बताए। उनले भने, ‘१७ गतेबाट बस्ने बैठकको हाम्रो पार्टीले आधिकारिक ढंगबाट लाइभ गर्छ। बैठकको सुरुआतदेखि अन्त्यसम्म सबै बैठक लाइभ गर्ने निर्णय भएको छ।’केन्द्रीय कमिटी बैठकका एजेन्डा तय […]

२०८० श्रावण १५ गते, सोमबार

कर्णाली क्षेत्रको मुक्तिका लागि संघर्ष जरुरी

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीसहित चार दलिय समाजवादी मोर्चाले कर्णाली क्षेत्रको मुक्तिका लागि संघर्ष जरुरी भएको बताएको छ। कर्णाली मुक्ति मोर्चाद्वारा सोमबार आयोजित “वर्तमान राजनितिक संकट,समाजवादी माेर्चा र कर्णालीकाे भुमिका बिषयक” अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने अगुवाहरूले सो धारणा व्यक्त गरेका हुन् । उनीहरुले देशमा विद्यमान संकटको निकास र कम्युनिस्ट / वामपन्थीहरुको एकतामा योगदान गर्नुपर्नेमा जोड […]

२०८० श्रावण १६ गते, मंगलवार

नेकपाद्वारा नयाँ पत्रिकाका निर्देशक सुशील थापाले कर छली र ठगी गरेको भन्दै प्रदर्शन

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीले नयाँ पत्रिका राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक सुशील थापाले कर छली र ठगी गरेको भन्दै प्रदर्शन गरिएको छ। सोमवार काठमाडौंको बुढानिलकणठ स्थित उनको घर अगाडि नेकपाका नेता कार्यकर्ता र स्थानियले विरोध प्रदर्शन गरेका थिए।नयाँ पत्रिका राष्ट्रिय दैनिकका कार्यकारी निर्देशकसमेत रहेका सुशील थापाले ७ करोड पर्ने घरजग्गा २ करोडमा हात पारेको पाइएको […]

२०८० श्रावण १५ गते, सोमबार