राजनीति

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता नहुने

काठमाडौँ । चीनको पाँच दिने भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता नहुने भएको छ ।प्रधानमन्त्री ओलीको भ्रमण तालिकामा मोदीसँगको भेट नपरेको जानकारी प्रधानमन्त्रीको सचिवालयले दिएको छ । चीनको तियानजिन सहरमा आयोजना हुने २५औं शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली शनिबार चीन पुगेका हुन् । सोही […]

२०८२ भाद्र १५ गते, आईतवार

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’

काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय भाव जगाउने गरी ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ लेख्दै राष्ट्रिय झण्डा र नेपालको चुच्चे नक्शासहित आफ्नो फोटो सामाजिक सञ्जालमा राखेका छन्। प्रधानमन्त्री ओलीले लिपुलेक–लिम्पियाधुरा समेटिएको नेपाली नक्सा (चुच्चे नक्सा) माथि राष्ट्रिय झण्डा राखिएको तस्वीरसहित लेखेका छन्, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी। जय जय– नेपाल।’सांघाई सहयोग संगठन (एससीओ) […]

२०८२ भाद्र १५ गते, आईतवार

प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सीबीच भेटवार्ता : लिपुलेकमा भारतसँगको सहमतिबारे आपत्ति प्रकट

काठमाडौँ । प्रधानमन्त्री के.पी. शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । शनिबार तियानजिनमा ओर्लिएको केहीबेरमै प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता भएको हो । भेटका क्रममा प्रधानमन्त्री ओलीले लिपुलेकको मुद्दालाई पनि प्राथमिकताका साथ उठाएका छन् ।चीन र भारतबीच नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने गरी भएको सम्झौताप्रति नेपालको गम्भीर आपत्ति रहेको […]

२०८२ भाद्र १५ गते, आईतवार

प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री के.पी. शर्मा ओली पाँच दिने औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गरेका छन् । तियानजिनमा हुने सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन ओली आज बिहान ७ बजे चीनतर्फ प्रस्थान गरेका हुन् ।भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपतिसहित सम्मेलनमा सहभागी हुन आएका ६ देशका सरकार प्रमुखसँग द्विपक्षीय वार्ता गर्ने तय […]

२०८२ भाद्र १४ गते, शनिबार

प्रधानमन्त्री ओलीद्वारा चीन भ्रमणको कार्यतालिकाबारे प्रतिनिधि सभालाई जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको कार्यतालिकाबारे प्रतिनिधि सभालाई जानकारी गराएका छन् । सभाको शुक्रवारको बैठकलाई सम्बोधन गर्दै उनले भदौ १४ देखि १८ सम्म चीनको ५ दिने औपचारिक भ्रमणबारे जानकारी गराएका हुन् । उनले चीनको थियानजिनमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी नेपाली प्रतिनिधि समण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान […]

२०८२ भाद्र १३ गते, शुक्रबार

नेपाल प्रहरीको नयाँ महानिरीक्षमा खापुङ नियुक्त

काठमाडौँ । नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्र कुवेर खापुङ नियुक्त भएका छन् । सरकारले शुक्रबार खापुङलाई नेपाल प्रहरीको ३२ औं महानिरीक्षकमा नियुक्त गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १९ गतेदेखि लागू हुने गरी खापुङलाई प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो ।जेष्ठता र वरिष्ठताका आधारमा खापुङलाई नेपाल प्रहरीको प्रमुखमा […]

२०८२ भाद्र १३ गते, शुक्रबार

सामाजिक सञ्जालहरूलाई ७ दिनभित्र सूचीकरण हुन आह्वान

काठमाडौँ । सरकारले सामाजिक सञ्जालहरुलाई सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुन सार्वजनिक रुपमा आह्वान गरेको छ । सोमवारको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए । बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणको लागि […]

२०८२ भाद्र १२ गते, बिहीबार

प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य , शिक्षामन्त्री रघुजी पन्त र पर्यटनमन्त्री बद्री पाण्डे हुने जनाईएको छ । प्रधानमन्त्री ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडापनि सहभागी हुनेछन् । यस्तै, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र एमालेका सांसद छविलाल […]

२०८२ भाद्र ११ गते, बुधबार

इम्बोस्ड नम्बर प्लेट जडान नगर्दैमा दण्ड/जरिवाना हुँदैन

काठमाडौँ । यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगरेका सवारी साधनलाई तत्काल कुनै दण्ड/जरिवाना नगरिने स्पष्ट पारेको छ । विभागले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई अनुकूल समयमा सवारी दर्ता गरेको कार्यालयमा गइ स्वत: स्फुर्त ढंगले इस्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने बताएको छ ।विभागका महानिर्देशक राजिव पोखरेलद्वारा जारी […]

२०८२ भाद्र १० गते, मंगलवार

यातायात व्यवासायीद्वारा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आग्रह

काठमाडौँ । सार्वजनिक यातायात कन्द्रीय महासंघ नेपालले इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आग्रह गरेको छ । महासंघले सवारी साधनमा असोज एक गतेदेखि अनिवार्य इम्बोस्ड नम्बर जडान गर्ने सरकारको निर्णयलाई विरोध विस्कार गर्ने घोषणा गरेको छ ।सरकारले जबरजस्ती इम्बोस्ड प्लेट जडान गर्न खोजे विरोध हुने र त्यसपछि हुने थप गतिविधि प्रति स्वयम भौतिक पूर्वाधार तथा यातायात […]

२०८२ भाद्र १० गते, मंगलवार