राजनीति

प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्ने पक्राउ !

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा नाराबाजी गर्ने पाँच जना पक्राउ परेका छन् । नेपाल बार एसोसिएसनको आन्दोलनको विरोध गर्दै प्रधानन्याधीशको पक्षमा प्रदर्शन गर्ने तारा बरालसहित पाँच जनालाई प्रहरीले सर्वोच्च अदालतको गेटबाट नियन्त्रणमा लिएको हो । शुक्रबार कानुन व्यवसायीले प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउने तयारी गर्दै धर्ना दिइरहँदा उनीहरू जबराको पक्षमा नाराबाजी गरेका थिए […]

२०७८ कार्तिक २६ गते, शुक्रबार

जागरण मञ्चद्वारा पेट्रोलियम पदार्थको मूल्यबद्धि तत्काल खारेज गर्न माग

काठमाडौँ । राष्ट्रिय जागरण मञ्चले पेट्रोलियम पदार्थको मूल्यबद्धि खारेज गर्न माग गरेको छ। मञ्चले आफूलाई लोकतन्त्रको मसिहा ठान्ने र प्रतिगमनका विरुद्ध लडेर सरकार गठन गरेको भनी बनेको गठबन्धनको सरकारले दैनिक अत्यावश्यक उपभोग्य बस्तुको यसरी निरन्तर र उच्च मूल्यबद्धि गर्नुले यसको वास्तविक अनुहार छर्लङ्ग भएको बताएको छ । मञ्चका संयोजक गुण्राज लोहनीले बिहीबार प्रेस विज्ञप्ति जारी […]

२०७८ कार्तिक २५ गते, बिहीबार

‘ पेट्रोलिय पदार्थको मूल्य बृद्ध फिर्ता गराउन नेपाल बन्द’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलिय पदार्थको मूल्य बृद्ध फिर्ता गराउन नेपाल बन्द आव्हान गरेको छ । नेकपा काठमाडौँले आज शान्तवाटीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै सो पार्टीका केन्द्रीय सदस्य माइला लामाले पेट्रोलिय पदार्थको मूल्य बृद्ध फिर्ता गराउन कार्तिक ३० गतेको नेपाल बन्द आव्हान गरेको बताउदै सफल पार्न सबैलाई अपिल गरेका छन् । लामाले पेट्रोलिय […]

२०७८ कार्तिक २५ गते, बिहीबार

बारद्वारा प्रधानन्यायाधीशले बोलाएको बैठक बहिस्कार गर्न पत्राचार

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बोलाएको न्याय परिषदको बैठक बहिस्कार गर्न आग्रह गरेको छ । न्यायपरिषदका सदस्यहरुलाई पत्र लेख्दै बारले उक्त आग्रह गरेको हो । विगत केही सातादेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बार लगायत सर्वोच्च अदालतकै न्यायाधीशहरु आन्दोलनमा छन् । यसै क्रममा प्रधानन्यायाधीश जबराले बैठक बोलाएपछि बारले बैठकमा नजान आग्रह गरेको […]

२०७८ कार्तिक २५ गते, बिहीबार

जनगणना सुरु : लिपूलेक, कालापानी र लिम्पियाधुरा छुट्ने

काठमाडौं । नेपालको १२औं राष्ट्रिय जनगणना शुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने मूल नाराका साथ राष्ट्रिय जनगणना शुरु भएको हो ।जनगणना आगामी मंसिर ९ गतेसम्म रहने केन्द्रिय तथ्याङ् विभागले जनाएको छ । विभागका अनुसार आज सबैभन्दा पहिले राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरेर जनगणनाको शुभारम्भ भएको छ । त्यसपछि आजदेखि मुलुकभर ४० […]

२०७८ कार्तिक २५ गते, बिहीबार

दलित मुक्ति मोर्चाको पाचौँ राष्ट्रिय सम्मेलनको तयारी पुरा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट दलित मुक्ति मोर्चाको पाचौँ राष्ट्रिय सम्मेलन यही कात्तिक २७, २८ र २९ गते कैलालीको धनगढीमा गर्ने तयारी पुरा भएको छ ।“सामाजिक दलला पुँजीवादको आधुनिक विभेदका विरुद्ध सशक्त दलित आन्दोलन ! वैज्ञानिक समाजवादको पक्षमा दलित मुक्तिको पाचौँ राष्ट्रिय सम्मेलन !! भन्ने मूल नाराका साथ यही कात्तिक २७, २८ र २९ गते […]

२०७८ कार्तिक २५ गते, बिहीबार

‘प्रचण्ड कमरेड एकता गर्ने भए संसदीय व्यवस्था छोडेर आउनुहोस्’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि वली ‘आदर्श’ ले प्रचण्डलाई नेकपासँग एकता गर्ने भए संसदीय व्यवस्था छोडेर आउन आग्रह गरेका छन् । गृह जिल्ला रोल्पा पुगेका नेता आदर्शले जनयुद्धको उदेश्य संसदीय व्यवस्था स्वीकार्ने नभएको बताउदै वैज्ञानिक समाजवादी व्यवस्थाका लागि जनमत संग्रहमा सामेल हुन प्रचण्डलाई आग्रह गरेका हुन् । युद्ध लडेका माओवादीहरु संसदीय व्यवस्थामै […]

२०७८ कार्तिक २४ गते, बुधबार

२५४ औ सिन्धुलीगढि विजयोत्सव मनाइँदै

काठमाडौं । आज २५४ औ सिन्धुलीगढि विजयोत्सव मनाइँदैछ। अंग्रेजविरुद्धको युद्धमा विजय प्राप्त गरेको दिनको सम्झनामा सिन्धुलीको कमलामाई नगरपालिकाले आज विभिन्न कार्यक्रमहरु गर्दैछ। आज कमलामाई नगरपालिका निमार्ण गरिएको पार्कको उद्घाटन र गढीमा विजय उत्सवको कार्यक्रम हुने नगरपालिकाका उपप्रमुख मन्जु देवकोटाले जानकारी दिइन्। सिन्धुलीगढि पुनर्निर्माणका लागि विशेष योगदान दिने पूर्व रक्षामन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेललाई […]

२०७८ कार्तिक २४ गते, बुधबार

सुस्तामा भारतीय नापजाँच विरुद्ध प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका जनवर्गीय संगठनहरुले पश्चिम नवलपरासीको सुस्ता डुबान क्षेत्रमा भारतीय एसएसबीले नापजाँच गरेको बिरोधमा काठमाडौँमा प्रदर्शन गरेका छन । उक्त विरोध प्रदर्शनमा भारतीय हस्तक्षप मुर्दावाद, सुस्तामाथिको हस्तक्षप बन्द गर, एमसीसी चाहिँदैन्, कालापानी लिपुलेक लिम्पियाधुरा हाम्रो हो, बैज्ञानिक समाजवाद जिन्दावाद, जनमत संग्रहको घोषणा गरलगायतका नारा लगाइएको थियो ।उक्त विरोध प्रदर्शन पछिको सभालाई सम्बोधन […]

२०७८ कार्तिक २३ गते, मंगलवार

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा आज भारत प्रस्थान गरेका छन्। प्रधानसेनापति शर्मा बिहान ८ बजे ९ सदस्यीय सैनिक टोलीको नेतृत्व गर्दै नेपाली सेनाको विमान मार्फत् भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए। प्रधानसेनापति भएपछि शर्माको यो पहिलो विदेश भ्रमण हो । भारतीय […]

२०७८ कार्तिक २३ गते, मंगलवार