राजनीति

चार पत्रकार संगठनबीच पत्रकार महासंघको निर्वाचनमा सहकार्य गर्ने सहमति

काठमाडौं । चार पत्रकार संगठन पत्रकार महासंघको आसन्न निर्वाचनमा सहकार्य गर्न सहमत भएका छन । जनपत्रकार संगठन , नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघ, नेपाल र प्रेस नेपालले नेपाल पत्रकार महासंघको निर्वाचनमा सहकार्य गरेर जान सहमत भएका हुन । जनपत्रकार संगठन, नेपालको तर्फबाट शेरबहादुर विक, क्रान्तिकारी पत्रकार महासंघको तर्फबाट कार्यवाहक अध्यक्ष नारायण पंगेनी, प्रगतिशील […]

२०७७ फाल्गुन १६ गते, आईतवार

सहिद दिलबहादुर रम्तेलको स्मृतिमा दिप प्रज्वलन

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी गोर्खाले दिलबहादुर रम्तेलको स्मृतिमा दिप प्रज्वलन गर्दै सहिद सप्ताह २०७७ को पहिलो दिन जिल्लाका सहिद तथा बेपत्ता परिवार र जनयुद्धका घाइते अपाङ्गहरुसँग भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सहिद परिवारको तर्फबाट योगेन्द्र कुमाल, सहिद दिपक देवकोटाको पुत्री एन्जिला देवकोटा, सम्झना देवकोटाको आमा, संगिता ढकालको आमा, शंखर थापाको […]

२०७७ फाल्गुन १५ गते, शनिबार

‘फिल्टरलाई विना सर्त रिहा गर’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले म्याग्दीको मालिका गाउँपालिका २ रुमबाट गिरफ्तार भएका सो पार्टीका मुस्ताङ जिल्ला इन्चार्ज पदम पुन ‘फिल्टर’लाई विनासर्त रिहा गर्न माग गरेको छ । नेकपाका धौलागिरी ब्युरो इन्चार्ज राजनले एक वक्तव्य जारी गर्दै जिल्ला इन्चार्ज ‘फिल्टर’लाई रिहा नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष हुने चेतावनीसमेत दिएका छन् । वक्तव्यमा फिल्टरलाई […]

२०७७ फाल्गुन १५ गते, शनिबार

‘संसदीय ब्यवस्था पूर्ण रुपमा असफल ‘

काठमाण्डौ । नेकपा ( क्रन्तिकारी माओबादी)का महासचिव मोहन बैद्य `किरण´ले संसदीय गणतंत्र असफल भैसकेको ठोकुवा गरेका छन।मार्क्सबादी एकता अभियान नेपालले सहिद सप्ताहको सन्दर्भमा ‘सहिद,जनयुद्ध र वर्तमान राजनीतिक अवस्था ‘ बिषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै महासचिव किरणले सहिदहरुका सपना साकार पार्न संसदीय गणतंत्र असफल भैसकेको धारणा ब्यक्त गर्दै जनगणतंत्र स्थापना गर्नु पर्ने बताएका हुन् । नेता किरणले […]

२०७७ फाल्गुन १५ गते, शनिबार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली बिहीबार साँझ शीतल निवास पुगेर राष्ट्रपतिसँग करिब डेढ घण्टा कुराकानी गरेको बुझिएको छ । सर्वोच्चले संसद पुनःस्थापनासँगै १३ दिनभित्र संसदको पहिलो बैठक बोलाउन राष्ट्रपति र प्रधानमन्त्रीका नाममा निर्देशनात्मक आदेश गरेपछि शीतलनिवास पुग्नुभएका प्रधानमन्त्री ओलीले आगामी राजनीतिक कदमबारे छलफल गर्न […]

२०७७ फाल्गुन १४ गते, शुक्रबार

कांग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा पुर्नस्थापना भएसँगै पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न आज पदाधिकारीको बैठक बोलाएको छ । आज दिउँसो तीन बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने बैठकमा सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेसँगै उत्पन्न परिस्थितिका बारेमा छलफल हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलेल जानकारी दिए । यस्तै विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको […]

२०७७ फाल्गुन १३ गते, बिहीबार

नेकपाले सहिद सप्ताह भब्यरुपमा मनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सहिद सप्ताह (फागुन १४—२१ गते)मा सहिदहरुको स्मरण र सम्मानमा विविध कार्यक्रम गर्ने बताएको छ । नेकपाले सहिद सप्ताहको अवसरमादेशका सबै जिल्ला र क्षेत्रहरुमा सहिद बेपत्ता परिवार अभिनन्दन, सहिद बेपत्ता परिवार भेटघाट, सहिद पार्क निर्माण, सहिद संग्रहालय शिलन्यास, सहिदको सम्मानमा वक्तृत्व कला, गीत कविता प्रतियोगिता लगायत विभिन्न सृजनात्मक कार्यक्रमहरुको आयोजना गर्ने […]

२०७७ फाल्गुन १२ गते, बुधबार

‘संसद पुनर्स्थापनाले बर्तमान संकटकाे समाधान गर्दैन ‘

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले संसद पुनर्स्थापनाले बर्तमान संकटको समाधान नहुने बताएको छ । सो पार्टीका महासचिव मोहन वैद्य किरणले संसद पुनर्स्थापना हुँदैमा संसदीय व्यवस्थाभित्र देखिएको संकट समाधान नहुने बताएका हुन् । महासचिव किरणले पार्टीको धारणा सार्वजनिक गर्दै मंगलबारको अदातलको फैसलाले केपी ओलीको निरंशकुश फासीवादी कदमलाई असफल तुल्याइदिए पनि संसदकाे पुनर्स्थापनाले संकट समाधान नहुने ठोकुवा […]

२०७७ फाल्गुन १२ गते, बुधबार

सर्वोच्च अदालतद्वारा संसद विघटन बदर

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । सर्वोच्च अदालतको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन समेत भनिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा […]

२०७७ फाल्गुन ११ गते, मंगलवार

अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी संघर्ष समितिद्वारा बिरोध प्रदर्शन

काठमाडौँ । अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी संघर्ष समिति कोहलपुर बाँकेको आयोजनामा कोहलपुरमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागी सुकुम्बासीहरूले सुकुम्बासी समस्या समाधान गरिनुपर्ने, भुमि आयोगले जग्गा धनि पुर्जा वितरण गर्दा निःशुल्क वितरण गर्नुपर्ने, बसाइसराई गरि आएका सुकुम्बासीहरूलाई आयोगले लगत सङ्कलन गरिनुपर्ने लगायतका माग गरेका छ्न् । आयोग र नगरपालिकाले लगत सङ्कलन गर्दा विभिन्न जिल्लाबाट बसाइसराई […]

२०७७ फाल्गुन ११ गते, मंगलवार