राजनीति

देउवाद्वारा केन्द्रीय विभागका उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय विभागका उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेका छन् । देउवाले १० वटा विभागमा ३ सय ९४ जना सदस्यहरु मनोनयन गरेका हुन् । पहिले गठन भएको तरुण र खेलकुद विभागमा समेत केही सदस्य देउवाले थप गरेका छन् ।महाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा विभाग गठनको औचित्व नभएको भन्दै […]

२०७७ श्रावण २६ गते, सोमबार

लगानी बोर्डका कार्यकारी अधिकृत भट्टको नियुक्ति बदरको माग गर्दै रिट दायर

काठमाडौं । अधिवक्ता जयबहादुर भुजेलले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टको नियुक्ति कानुनसम्मत नभएको भन्दै अदालतमा रिटदायर गरेका छन । अधिवक्ता भुजेलले विभिन्न परियोजनाहरु बीचैमा अलपत्र र जोखिममा पार्ने कार्यमा संलग्न व्यक्तिलाई लगानी बोर्डको सीईओ नियुक्त गर्नु गैरकानुनी भन्दै उत्प्रेषणको आदेशले बदर माग गर्दै पाटन उच्च अदालतमा रिट दायर गरेका हुन् ।‘यसरी नेपालमा सञ्चालन […]

२०७७ श्रावण २५ गते, आईतवार

नेकपाद्वारा गिरफ्तार नेताकार्यकर्ता तत्काल रिहा गर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दैलेखले आफ्नो पार्टीका जिल्ला सदस्य उदयराम विश्वकर्मालाई प्रहरीले गिरफ्तार गरेको भन्दै बिनासर्त रिहाइको माग गरेको छ । नेकपा दैलेखका जिल्ला इन्चार्ज दिपेन्द्रले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै शनिबार बिहान ४ बजे आठबिस नगरपालिका वडा नं ६ सिहासैनमा रहेको आफ्नै घरमा बसिरहेको बेला आफ्ना कार्यकर्ता गिरफ्तार गरेको भन्दै रिहाइको माग गरेका […]

२०७७ श्रावण २४ गते, शनिबार

मुख्यमन्त्री पोख्रेलको योजनामा ‘सहिद कृष्ण सेन मार्ग’को नाम फेरिएको भन्दै व्यापक विरोध

काठमाडौँ । मुख्यमन्त्री शङ्कर पोखरेलको योजनामै दाङको लमही–घोराही–तुलसीपुर सडकलाई ‘सहिद कृष्ण सेन मार्ग’ नामकरण गरिसकिएको भए पनि उक्त नाम हटाएर गोरक्ष मार्ग नामकरण गरी जनयुद्धका सहिदको अपमान गरेको भन्दै व्यापक आलोचना भएको छ । २०६८ साल पुस ५ गतेको मन्त्रिपरिषद् बैठकले उक्त राजमार्गलाई ‘सहिद कृष्ण सेन मार्ग’ नामकरण गर्ने निर्णय गरेको थियो । दाङ जिल्लासभाको […]

२०७७ श्रावण २४ गते, शनिबार

नेकपाद्वारा पहीरो पिडतलाई आर्थिक सहयोग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले गए राती बैतडी जिल्लाको डिलाशैनि गाउँपालीका वार्ड नं. ४, बलालीमा पहीरोमा परेर एकै घर परीवारका दुई जना क्रमश: ४० वर्षीय आमा पशुपती वोहरा र १२ वर्षीय छोरा रिकेश वोहराको असामयीक निधन प्रति दु:ख व्यक्त गर्दै राहत स्वरुप पार्टीको तर्फबाट रु. पाँच हजार उपलब्ध गराउँने जानकारी गराएको छ। सो पार्टीका बैतडी […]

२०७७ श्रावण २३ गते, शुक्रबार

विभाजनको डिलमा नेकपा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र विगत डेढ महिनादेखि जारी विवाद समाधान हुन नसक्ने दिशामा पुगेको छ । प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आ-आफ्नै अडान कायमै रहँदा पार्टी विघटन हुन सक्ने सम्मको तयारी नेकपाभित्र सुरु भएको हो । पार्टी अध्यक्षद्धय ओली प्रचण्डबीच वार्ता जारी रहेकै बेला […]

२०७७ श्रावण २३ गते, शुक्रबार

आजदेखि सवारीमा जोर विजोर प्रणाली लागू, बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी अवागमन बन्द

काठमाडौं । आजदेखि यातायातका साधनमा फेरि जोर विजोर प्रणाली लागू भएको छ । जोर विजोर लागू भएका स्थानमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने निर्णय भएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्रुवाहक सवारी साधनहरुलाई साँझ ७ देखि बिहान ५ बजेसम्म आवागमन निषेध गरिएको […]

२०७७ श्रावण २२ गते, बिहीबार

प्रधानमन्त्री ओलीको दुखेसो : ‘यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध ‘

काठमाडौं, २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस निर्मूलन र अन्त्यको लागि गरिएको कार्यलाई बिरोध गर्ने माध्यम बनाएको भन्दै असन्तुष्टि जनाएका छन । कोरोना भाइरसको जोखिम बढेकोले अब कस्तो रणनीति बनाउने भन्ने बिषयमा बिज्ञहरुसँग परामर्श गर्न आयोजित छलफलमा उनले संकटलाई बिरोध गर्ने अबसर बनाइएको बताउदै जे गरेपनि धर नपाएकाे गुनासाे गरे । उनले […]

२०७७ श्रावण २० गते, मंगलवार

नेकपाद्वारा पार्टी अनुशासनविपरीत काम गर्नेहरू निष्कासित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी बझाङले पार्टीको नीति, पद्धति र अनुशासनविपरीत काम गर्ने कार्यकर्तालाई कारबाही गरेको छ । पार्टीका जिल्ला इन्चार्ज विराट र सेक्रेटरी हरिलालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला सदस्य जोग कठायतलाई कारबाही गरिएको जानकारी गराएका हुन् । नेकपा बझाङ इन्चार्ज र सेक्रटरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जिल्लाको मष्टा गाउँपालिका भातेखोला भिमण बस्ने […]

२०७७ श्रावण १९ गते, सोमबार

नेकपाद्वारा बाढीपहिरो पिडितलाई सहयोग गर्न पार्टी पङ्क्तिलाई निर्देशन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको भेरी–कर्णाली ब्युरोले साउन महिनाको १३, १४ र १५ गतेको अविरल वर्षाका कारण कालीकोट जिल्लाका विभिन्न क्षेत्रमा गएको बाढीपहिरोबाट २५ जनाको ज्यान गएको र कैयौँ घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । नेकपाका भेरी–कर्णाली ब्युरो इन्चार्ज रविले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै बाढी, पहिरो र डुबानका कारण भएको धनजनको क्षतिप्रति […]

२०७७ श्रावण १७ गते, शनिबार