राजनीति

एमसीसी पास गर्नेहरूमाथि कारबाही !

काठमाडौँ , २३ जेठ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसी पास गर्नेहरूमाथि कारबाही गर्ने उद्घोष गरेको छ । सो पार्टीको ललितपुर जिल्लाले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी पारित नगर्न चेतावनी दिँदै पारित गरिएमा नेकपाले सशक्त प्रतिरोध गर्ने जनाउ दिएको छ । पार्टी सेक्रेटरी विदुषीले अपिल जारी गर्दै संसद्बाट जनमतविपरीत एमसीसी पास गरिएमा नेपाली देशभक्त, आमनागरिक, बुद्धिजीवी, राष्ट्रिय […]

२०७७ जेष्ठ २३ गते, शुक्रबार

देउवाद्वारा २५ जेठभित्र कर तिर्नुपर्ने ताकेताको भद्र अवज्ञा गर्न आव्हान

काठमाडौं , २१ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण समस्यामा परेका साना ठूला व्यवसायीहरुलाई राहत दिनुको सट्टा लकडाउनको समयमा कर तिर्न ताकेता गरेर सरकार नागरिकको पीडाप्रति असंवेदनशील बनेको आरोप लगाउदै जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न आग्रह गरेका छन् । देउवाले करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका […]

२०७७ जेष्ठ २१ गते, बुधबार

सर्वोच्चद्वारा दुर्गा सुवेदीलाई थुनामुक्त गर्न आदेश

काठमाडौँ , १९ जेठ । नेकपाका चितवन जिल्ला सेक्रेटरी दुर्गा सुवेदीलाई सर्वोच्च अदालतले सोमबार थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशहरु तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले बन्दी–प्रत्यक्षीकरणको रिटमा सुवेदीलाई थुनामुक्त गर्न आदेश दिएको हो । कोरोना भाइरस सङ्क्रमणबाट प्रभावित सर्वसाधारण श्रमिकलाई जागरुकता जगाउँदै र सहायता वितरण गर्दै गर्दा गत वैशाख २३ गते चितवनबाट […]

२०७७ जेष्ठ २० गते, मंगलवार

महिला सङ्घ क्रान्तिकारीद्वारा एमसीसी तत्काल खारेज गर्न माग

काठमाडौँ , १९ जेठ । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले हालै रुकुम–पश्चिममा भएको जातीय नरसंहारमा परी ६/६ जना होनहार युवाहरूको ज्यान गएको घटनाको घोर विरोध र भत्र्सना गर्दै सरकार अमेरिकी सैन्य रणनीति एमसीसी पारित गराउन मरिमेटेर लागेकोमा निन्दा गर्दै उक्त राष्ट्रघाती एमसीसी परियोजना तत्काल खारेजीको माग गरेको छ । सङ्घकी संयोजक सविता तामाङले सोमबार प्रेस […]

२०७७ जेष्ठ १९ गते, सोमबार

एमसीसीमार्फत राष्ट्रघात !

काठमाडौँ , १९ जेठ । नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले सरकारले लिम्पियाधुराको उधारो नक्सा बजारमा फ्याँकेर उत्तरसाम्राज्यवादीको हिन्दप्रशान्त रणनीतिअनुसार नेपाललाई दक्षिणएसियाली ओभर्ट/कोभर्ट सैन्य क्रीडास्थल बनाउने षड्यन्त्र गरेको निष्कर्ष निकालेको छ । सङ्गठनका महासचिव व्यापक नेपालीले विज्ञप्ति प्रकाशित गरी केपी नेतृत्वको संसद्वादी दलाल सत्ता अमेरिकी एमसीसी परियोजनामार्फत नगदमा उच्चस्तरको राष्ट्रघात गर्न अगाडि बढिरहेको जनाएका छन् । नेपालीले […]

२०७७ जेष्ठ १९ गते, सोमबार

नेकपाका नेता अनिल शर्मा रिहा

काठमाडौँ , १८ जेठ । नेपाल कम्युनिस्ट पार्टीका नेता अनिल शर्मा ‘विरही’ रिहा भएका छन। उनलाई जिल्ला अदालत चितवनको आदेशमा रिहा गरिएको हो । गत बैशाख २३ गते उपचारका लागि भरतपुर अस्पताल गएका बेला पक्राउ परेका उनलाई प्रहरीले गिरफ्तार गरेको थियो । आज जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले अभियोगअनुसार प्रमाण नपुगेको भन्दै उनलाई रिहा गर्न […]

२०७७ जेष्ठ १८ गते, आईतवार

बयलपाटा अस्पतालबाट निष्कासित कर्मचारीहरु नेकपाको शरणमा

काठमाडौँ , १८ जेठ । न्याय हेल्थ नेपाल बयलपाटा अस्पतालबाट निष्कासित कर्मचारीले नेकपाको शरणमा पुगेका छन । उनीहरुले अस्पताल प्रशासनले कोरोना महामारीकै बीच आफूहरूलाई निष्कासन गरेकाले न्याय दिलाइपाऊँ भन्दै ३५ जना निष्कासित कर्मचारीले नेकपाको कार्यालयमा मुद्दा दर्ता गरेका छन् । न्यून तलबभत्ता खाने, आर्थिक अवस्था कमजोर भएका ३५ जना कर्मचारीहरूले आफूहरूलाई अन्यायपूर्ण ढङ्गले पुनः नियुक्ति […]

२०७७ जेष्ठ १८ गते, आईतवार

रुकुम हत्याकाण्डविरुद्ध देशभर प्रदर्शन

काठमाडौँ, १७ जेठ । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले जातीय विभेद गर्दै गैरदलितद्वारा दलितमाथि रुकुमपश्चिम चौरजहारी नगरपालिका सोतीमा भएको हत्याकाण्डविरुद्ध देशभर प्रदर्शन गरेको छ । आयोजकले हत्याकाण्डको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको पनि माग गरेको छ । रुकुममा जाजरकोटका नवराज विकसहित ५ जना युवक मारिएको घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही, पीडित परिवारलाई न्याय तथा क्षतिपूर्तिको […]

२०७७ जेष्ठ १७ गते, शनिबार

दलित माेर्चाद्वारा चाैरजहारी हत्याकाण्डकाे दोषीलाई हदैसम्मको कारवाही गर्न माग

काठमाडौँ, १६ जेठ । नेपाल कम्युनिस्ट पार्टीनिकट दलित मुक्तिमोर्चा रुकुमले चाैरजहारी हत्याकाण्डकाे निष्पक्ष छानविनकाे माग गर्दै दोषीलाई हदैसम्मको कार्वाही गर्नुपर्ने मागसहित बिहिबार प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । जेठ १० गते चौरजहारी नगरपालिकामा नवराज वि.क. र सुस्मा मल्ल बिचको प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा बदल्न खोज्दा चार जनाको ज्यान जानेगरी र दुई जना बेपत्ता […]

२०७७ जेष्ठ १६ गते, शुक्रबार

तिरुवा बिकास प्रतिष्ठानद्वारा चौरजहारी हत्याकाण्डका अपराधीहरुलाई कडा कारवाही गर्न माग

काठमाडौँ, १५ जेठ । नेपाल राष्ट्रिय तिरुवा बिकास प्रतिष्ठानले चौरजहारी सोती हत्याकाण्डका अपराधीहरुलाई पत्ता लगाई कडा कारवाहीको माग गरेको छ । यस बिषयमा नेपाल राष्ट्रिय तिरुवा बिकास प्रतिष्ठानका अध्यक्ष सहवीर बिश्वकर्मा तिरुवाले जारी गरेको बिज्ञप्ति यस्तो छ –

२०७७ जेष्ठ १५ गते, बिहीबार