राजनीति

सरकारी कार्यालय १५ दिन बन्द गर्ने प्रशासनको निर्णय

काठमाडाैं, २ जेठ । काठमाडौं उपत्यकासहित मुलुकका धेरै ठाउँमा कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौं उपत्यकाका सबै सरकारी कार्याललय १५ दिनका लागि बन्द गर्ने निर्णय भएकाे छ । बिहीबार उपत्यकाका जिल्लाहरू काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले अत्यावश्यक सेवाबाहेक सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको हो । काठमाडौं उपत्यकासहित मुलुकका धेरै ठाउँमा […]

२०७७ जेष्ठ २ गते, शुक्रबार

अखिल नेपाल शिक्षक संगठनद्वारा भारतीय हस्तक्षेपको विरोधमा उत्रन आव्हान

काठमाडौँ , ३१ बैशाख । अखिल नेपाल शिक्षक संगठनले भारतीय शासकहरुले आफ्नो मातृभुमीमा सडक निर्माण गरी उद्घाटन गर्दा समेत पत्तो नपाउनु आफुलाई कम्युनिष्ट भन्ने दुई तिहाईको सरकारको लाचारीपना भएको ठोकुवा गर्दै राष्ट्रियतामाथि विस्तारबादको हस्तक्षेपको विरोधमा उत्रन आम जनसमुदाय, बुद्धिजिवी, प्राध्यापक, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकारलगायत सवैलाई आव्हान गरेको छ । सो संगठनका अध्यक्ष घनश्याम पाठक […]

२०७७ बैशाख ३१ गते, बुधबार

जनसांस्कृतिक महासंघद्वारा भारतीय अतिक्रमणले राष्ट्रघातीहरुको अनुहार छर्लङ्ग बनाइ दिएको ठोकुवा

काठमाडौँ , ३० बैशाख । अखिल नेपाल जनसांस्कृतिक महासंघले भारतीय साम्राज्यवादको पछिल्लो अतिक्रमणले नेपाली सत्तासीनहरूका राष्ट्रघाती अनुहार पनि अझै छर्लङ्ग बनाइदिएको भन्दै नेपाललाई आफ्नो वास्तविक नक्सा तुरुन्त सार्वजनिक गर्न र भारतलाई कालापानीबाट आफ्नो सेना तुरुन्त फिर्ता गर्न आग्रह गरेको छ । महासंघका महासचिव खेम थपलियाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् […]

२०७७ बैशाख ३० गते, मंगलवार

युवा सङ्गठन सडक संघर्षमा : मोदीको पुत्ला दहन र भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने

काठमाडाैं, ३० वैशाख । युवा सङ्गठन नेपालले भारतले नेपालको लिपुलेक क्षेत्रमा अतिक्रमण गरेर बाटो बनाएकोमा विरोध र भत्र्सना गर्दै संघर्षको सुरुवात गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो सङ्गठनका कार्यबाहक अध्यक्ष दिनेशले एक प्रेस बिज्ञप्ति जारी गर्दै संघर्षको कार्य तालिका सार्बजनिक गरेका छन । जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन र भारतीय दुतावासमा ज्ञापन- […]

२०७७ बैशाख ३० गते, मंगलवार

अनेमसङ्घ क्रान्तिकारीद्वारा राष्ट्रियता रक्षाको आन्दोलनमा सरिक हुन आह्वान

काठमाडौँ , ३० बैशाख । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले भारतले नेपालको लिपुलेक क्षेत्रमा अतिक्रमण गरेर बाटो बनाएकोमा घोर विरोध र भत्र्सना गर्दै भारतीय साम्राज्यवादले नेपालको स्वाधीनतामाथि बारम्बार हस्तक्षेप गर्दै आएकाले त्यसको प्रतिरोध गर्न जनसमुदायलाई आह्वान गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संघको संयोजक सविता तामाङले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो जनप्रिय […]

२०७७ बैशाख ३० गते, मंगलवार

‘नेपाल सरकारले आफ्नो भूमि फिर्ता गराउन तुरुन्त प्रभावकारी कदम चालोस् ‘

काठमाडौँ , २९ बैशाख । जनअधिकार अभियान नेपालले भारतले नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानी समेत भूभागमा अतिक्रमण गरी सडक बनाई उद्घाटन समेत गरिसकेको भन्दै आपत्ति जनाएको छ । जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै सो आपत्ति जनाएका हुन् । अध्यक्ष भण्डारीले नेपालको भूभाग अतिक्रमित गरी सेना बसाइँ बाटो निर्माण गर्ने […]

२०७७ बैशाख ३० गते, मंगलवार

नेकपाद्वारा भारतले कालापानी, लिपुलेक अतिक्रमण गर्दै सडक बनाएको विरोधमा चरणबद्ध सङ्घर्षको घोषणा

काठमाडौँ , २९ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले भारतले कालापानी, लिपुलेक अतिक्रमण गर्दै सडक बनाएको विरोधमा देशव्यापी रुपमा चरणबद्ध सङ्घर्ष गर्ने भएको छ । सङ्घर्षका कार्यक्रममा बैशाख २९ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गर्ने , बैशाख ३१ देखि जेठ ४ गतेसम्म हस्तक्षेपका विरुद्ध पर्चा वितरण गर्ने , जेठ ५ गते देशव्यापी रुपमा मशाल जुलुश […]

२०७७ बैशाख २९ गते, सोमबार

नेकपाद्वारा भारतीय अतिक्रमण र हस्तक्षेपविरुद्ध सङ्घर्षको घोषणा : आज मोदीको पुतला दहन गर्ने

काठमाडौँ , २९ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले भारतले कालापानी, लिपुलेक क्षेत्र अतिक्रमण गर्दै एकलौटी सडक बनाएको विरोधमा देशव्यापी सङ्घर्ष घोषणा गरेको छ । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गर्ने बताएको छ भने सङ्घर्षका अन्य कार्यक्रममा बैशाख ३१ देखि जेठ ४ गतेसम्म हस्तक्षेपका विरुद्ध पर्चा वितरण गर्ने कार्यक्रम समेत […]

२०७७ बैशाख २९ गते, सोमबार

नेपालको सार्वभौािमकता बेचेर आफ्नो कुर्सीको आयु लम्ब्याउने षड्यन्त्रकारी, राष्ट्रघाती र जनविराधी कदम : मिलन

काठमाडौं , २८ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले नेपाली सार्वभौमिकतामाथि हाकाहाकी धावा बोलिँदा पनि ओली सरकार लाचार बनेर चुप लाग्नु नेपालको सार्वभौािमकता बेचेर आफ्नो कुर्सीको आयु लम्ब्याउने षड्यन्त्रकारी, राष्ट्रघाती र जनविराधी कदम भएको ठोकुवा गरेको छ । सो पार्टीका उपत्यका विशेष ब्युरो इन्चार्ज मिलनले आज एक बिज्ञप्ती जारी गर्दै सो ठोकुवा गरेका हुन् । उनले […]

२०७७ बैशाख २८ गते, आईतवार

नेकपाद्वारा भारतीय हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधीनताको सङ्घर्ष गर्ने उदघोष

काठमाडौँ , २७ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले भारतीय हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधीनताको सङ्घर्ष सुरु गर्ने उदघोष गरेको छ । सो पार्टीले नेपालको भूमि लिपुलेकमाथि हस्तक्षेप गर्दै भारत सरकारले सडक निर्माण थालेपछि त्यसका विरुद्ध राष्ट्रिय स्वाधीनताको सङ्घर्ष सुरु गर्ने चेतावनी दिएको हो । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय ब्युरोका इन्चार्ज कञ्चनले शनिबार प्रेस विज्ञप्ति […]

२०७७ बैशाख २७ गते, शनिबार