राजनीति

क्रान्तिकारी माओवादीले उपनिर्वाचन बहिस्कार गर्ने

काठमाडौं , ४ कार्तिक । नेकपा क्रान्तिकारी माओवादीले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन बहिस्कार गर्ने भएकाे छ ।यसअघिका सबै तहको निर्वाचनमा भाग लिएको वैद्य नेतृत्वको (नेकपा) क्रान्तिकारी माओवादीले उप-निर्वाचन बहिस्कार गर्ने भएको हो । पार्टीले आज राजधानी काठमाडौंका पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको छ । सम्मेलनमा नेकपा क्रन्तिकारी माओवादीका नेता सीपी गजुरेलले आफ्नो […]

२०७६ कार्तिक ४ गते, सोमबार

नेकपाद्वारा देशभर बिरोध प्रदर्शन

काठमाडाैँ, ४ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले देशभर जुलुस प्रदर्शन गरेको छ ।सो पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, केन्द्रीय सदस्य सुवाससहित दुई दर्जन नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गरेको विरोधमा हिजो देशभर जुलुस प्रदर्शन गरेका हुन् । पार्टीको ब्युरोस्तरीय बैठक तथा प्रशिक्षण सञ्चालन भइरहेको समयमा बैठकस्थल नै कब्जा गरी प्रहरीले नेकपाका नेताहरूलाई गिरफ्तार गरेको विरोधमा […]

२०७६ कार्तिक ४ गते, सोमबार

राष्ट्रपति भण्डारी जापान भ्रमणमा

काठमाडौँ, ३ कार्तिक । हाल म्यानमारमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी त्यतैबाट जापानको तीन दिने औपचारिक भ्रमणमा जाने भएकी छन् । जापानको नयाँ राजा नारुहितोको राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी जापान जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जापानमा कात्तिक ५ गते नयाँ राजाको राज्याभिषेक समारोह आयोजना गरिएको छ । भ्रमणका क्रममा भण्डारीले जापानी प्रधानमन्त्री […]

२०७६ कार्तिक ३ गते, आईतवार

एनआरएनको नवौं सम्मेलनमार्फत १२ बुँदे घोषणापत्र जारी

काठमाडौँ, २ कार्तिक । गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनमार्फत १२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । घोषणा पत्रमार्फत सामूहिक तथा व्यक्तिगत लगानी गर्नका लागि उपयुक्त वातावरण सिर्जना भएको अवस्थामा नेपालको जलविद्युत, पर्यटन, बैंकिङ्ख, स्वास्थ्य, शिक्षा, आधुनिक कृषि र सूचना तथा सञ्चार प्रविधि लगायतका क्षेत्रहरूमा लगानी गर्न सबै गैरआवासीय नेपालीहरूमा आव्हान पनि गरिएको […]

२०७६ कार्तिक २ गते, शनिबार

युवा संगठनद्वारा गिरफ्तार नेता,कार्यकर्ता तत्काल रिहा नगरे ठुलाे मुल्य चुकाउनु पर्ने चेतावनी

काठमाडौँ, १ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालले आफ्नो संगठनका केन्द्रीय समितिका अध्यक्ष पाटन जंगली लगायतका नेता,कार्यकर्ताहरु गिरफ्तार गरीएको घटनाको घोर निन्दा एवम भत्सर्ना गरेको छ । संगठनका उपाध्यक्ष दिनेश र महासचिव सागरले प्रेश विज्ञप्ती जारी गरी गिरफ्तार गरिएका आफ्नो संगठनका अध्यक्ष सहित सवै नेता,कार्यकर्ताहरुलाई यथाशिघ्र रिहा गर्न पनि माग गरेका छन । […]

२०७६ कार्तिक १ गते, शुक्रबार

‘सरकारको सामाजिक फासीवादी कदमलाई अन्तर्राष्ट्रियकरण गर्न जरुरी’

काठमाडौँ, १ कार्तिक । अन्तर्राष्ट्रिय लेखक/ पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले सरकारको सामाजिक फासीवादी कदमलाई अन्तर्राष्ट्रियकरण गर्न जरुरी भएको बताएका छन । नेपाल कम्युनिस्ट पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट सरकारले उक्त पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवास, ब्युरो सदस्यहरू सविन, युवा सङ्गठनका अध्यक्ष पाटन, बेपत्ता […]

२०७६ कार्तिक १ गते, शुक्रबार

एनआरएनएको मतदान सुरु

काठमाडौं , ३० असोज । काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनमा नयाँ कार्यसमिति चयनका लागि बुधबार बेलुका स्थगित भएको मतदान पुन:सुरु भएको छ । तर, आज हुने भनिएको मतदान विद्युतीय प्रक्रियाबाट नहुने भएको छ। विद्युतीय प्रक्रियाबाट बुधबार साँझ करिब साढे ८ बजे सुरु भएको मतदान करिब आधा घन्टा चलेपछि मेसिनमा आएको खराबीका […]

२०७६ आश्विन ३० गते, बिहीबार

एनआरएनएकोअन्तर्राष्ट्रिय महाधिवेशन महाधिवेशन सुरु

काठमाडौं , २८ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं अन्तर्राष्ट्रिय महाधिवेशन ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मुल नारासहितआजबाट काठमाडौंमा सुरु हुँदैछ । होटल ह्यातमा हुने सम्मेलन ३० असोजसम्म चल्ने छ । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वेदशी, विदेशी गरी २ […]

२०७६ आश्विन २८ गते, मंगलवार

नेपाल–चीनबीच विभिन्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, २६ असोज । नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो । वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र […]

२०७६ आश्विन २६ गते, आईतवार

सांसद अफताव आलम पक्राउ

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । ०६४ चैतमा भएको बम काण्डमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमै राखिएको छ । आलम रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

२०७६ आश्विन २६ गते, आईतवार