राजनीति

५९ सीमास्तम्भ पुनः निर्माण

काठमाडौं, १६ साउन । नेपाल र भारतको संयुक्त टोलीले सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनःनिर्माण गरेको छ । इँटा र सिमेन्टले बनाएका सीमास्तम्भ भत्किन थालेपछि पुनःनिर्माण थालिएको थियो । दुवै देशको सहमतिमा जीर्ण भएका ती सीमास्तम्भ पुनःनिर्माण गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । “अब पाँचवटा सीमास्तम्भ पुनःनिर्माण गर्न बाँकी छ,” उनले भने […]

२०७५ श्रावण १६ गते, बुधबार

साझा प्रकाशनका कर्मचारीद्वारा महाप्रबन्धकको राजीनामा माग

काठमाडौं, १५ साउन । साझा प्रकाशनका अवकाशप्राप्त कर्मचारीहरुले सेवा–सुविधा नदिइ जबर्जस्ती हटाएको भन्दै धर्ना दिएका छन् । उनीहरुले कर्मचारी उपदान रकम उपलब्ध गराउन माग गर्दै महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको राजीनामा समेत मागेका छन् । महाप्रबन्धक शर्माले असार मसान्तसम्ममा उपदानको रकम उपलब्ध गराउने र उपलब्ध गराउन नसके सबै कर्मचारीलाई पुनर्बहाली गर्ने लिखित प्रतिबद्धता गरेको दाबी उनीहरुको छ […]

२०७५ श्रावण १५ गते, मंगलवार

कांग्रेस सरकारविरुद्ध प्रदर्शन गर्दै

काठमाडौं, १५ साउन । नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशैभरि प्रदर्शन गर्ने भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार लोकतान्त्रिक मूल्य मान्यताविपरित अधिनायकवादी बाटोमा अघि बढेकाले सो प्रदर्शन गर्ने लागेको बताएको छ । कांग्रेसले आज ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई लोकतान्त्रिक मूल्य र मान्यताप्रति विचलन नहुन दबाब […]

२०७५ श्रावण १५ गते, मंगलवार

संसदीय विशेष सुनुवाई समितिको बैठक १६ गतेसम्मको लागि स्थगित

काठमाडौं, १४ साउन । संसदीय विशेष सुनुवाई समितिले आज पनि सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीश दीपक राज जोशीको प्रधानन्यायाधीशको लागि गरिएको सिफारिश अनुमोदन गर्न सकेन । समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जोशीबारे सुनुवाई भएपनि छलफलको क्रम अझैँ पनि बाँकी नै रहेकोले आगामि १६ गतेसम्मको लागि बैठक स्थगित गरिएको जानकारी गराएका छन् । सोही निर्णयको लागि छलफलको […]

२०७५ श्रावण १४ गते, सोमबार

भावी प्रधानन्यायाधीशको प्रमाण–पत्र नक्कली !

काठमाडौं , १४ साउन । संवैधानिक परिषद्ले गएको जेठ २९ गते सर्वोच्च अदालतका बरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्‍यो। तर, संघीय संसदमा विशेष समिति नै नबनेका कारण लामो समय सुनुवाइ नै भएन । बिहीबार मात्रै समितिले भावी प्रधानन्यायाधीश जोशीको सुनुवाइ सुरु गर्‍यो । अघिल्ला प्रचलन हेर्ने हो भने सुनुवाइ भएकै दिन समितिले […]

२०७५ श्रावण १४ गते, सोमबार

‘गण्डकी प्रदेशलाई मान्दैनांै, दुई तिहाईको दम्भलाई आन्दोलनले कुल्चन्छौं’

काठमाडौं , १२ साउन । आदिबासी तथा जनजाति अगुवाहरुलाई जबरजस्त प्रदेश नम्बर ३ को नाम गण्डकी राखिएको बताउँदै आफूहरु नमान्ने बताएका छन् । उनलेहरुले सरकारले दुई तिहाई बहुमतको दम्भ देखाउँदै जनजाति आन्दोलनविरुद्ध ३ नम्बर प्रदेशको नामाकरण गरेको धारणा राखे । नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य सिताराम तामाङले वर्तमान ओली सरकारको दुई तिहाइको दम्भलाई डा.केसीको आन्दोलनले […]

२०७५ श्रावण १३ गते, आईतवार

काठमाडौं महानगरका जनप्रतिनिधिको तलब १२ करोड !

काठमाडौं ,१२ साउन । काठमाडौं महानगरपालिकाले चालू आर्थिक बर्षमा सल्लाहकारलाई तलब र पारिश्रमिक वापत ६० लाख रुपैंयाँ बजेट विनियोजन गरेको छ । बिकास निर्माणको कामलाई थाँती राखेर कापमाले सल्लाहकारलाई मात्रै यतिधेरै रकम विनियोजन गरेको हो । कामपाले गुरुयोजना तर्जुमा गर्न ११ विज्ञ नियुक्ती गरेको छ । कामपाले शहरी योजना आयोजनाअन्तर्गत सल्लाहकार नियुक्ती गरेको हो । […]

२०७५ श्रावण १२ गते, शनिबार

प्रहरीद्वारा विराेध र्‍याली गर्न राेक

काठमाडौं ,१० साउन । त्रिवि शिक्षण अस्पतालबाट सुरु भएको अस्पतालका विद्यार्थी र चिकित्सकहरु सम्मिलित शान्तिपूर्ण र्‍यालीलार्इ प्रहरीले मुल गेटमा नै राेकेकाे छ । अनशनरत डा‍ गाेविन्द केसीकाे समर्थनमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जदेखि बालुवाटारसम्म विराेध र्‍याली निकाल्न लाग्दा प्रहरीले गेटमै राेकेकाे हो । सरकार डा केसीको माग पूरा गर्न तयार नभएको भन्दै विरोधस्वरुप साे र्‍यालीको अायोजन […]

२०७५ श्रावण १० गते, बिहीबार

सुन तस्करी अनुसन्धान समितिका संयोजक पौडेलको सरुवा !

काठमाडौं, १० साउन । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गर्न गठित समितिका संयोजक ईश्वरीराज पौडेललाई अध्यागमन विभागमा सरुवा गरिएको छ । २०७४ चैत ३० गते पौडेलको संयोजकत्वमा सुन तस्करको अनुसन्धान गर्न समिति बनाइएको थियो । पौडेलको नेतृत्वमा गठन भएको विशेष अनुसन्धान समितिलाई सुरुमा ४५ दिनको समयसीमा दिइएको थियो । […]

२०७५ श्रावण १० गते, बिहीबार

कानुनमन्त्री तामाङद्वारा राजीनामा दिने खुलासा

काठमाडौं, ८ साउन । सरकारले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएसँगै मन्त्री तामाङले राजीनामा दिने तयारी गरेका छन् । मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए जसका कारण उनको सर्बत्र निन्दा गरीएको थियो । उनले बंगलादेशमा चिकित्सा शिक्षा लिन जाने नेपाली चेलीले सर्टिफिकेट लिनुअघि आफ्नो अस्मीता सुम्पिनु पर्ने अवस्था रहेको […]

२०७५ श्रावण ८ गते, मंगलवार