राजनीति

कांग्रेस सभापतिहरुको भेला सम्पन्न

काठमाडौँ, ८ असार । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको हेटौंडा भेला २१ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । सरकारले प्रेस, न्यायालय, गैरसरकारी संस्था, कर्मचारी प्रशासन लगायत विभिन्न क्षेत्रमा नियन्त्रणकारी हस्तक्षेप गर्ने नीति लिएर सर्वसत्तावाद लाद्न खोजेको भन्दै त्यसविरुद्ध कांग्रेस उभिने घोषणापत्रमा उल्लेख छ । लोकतान्त्रिक गणतन्त्र, संघीयता, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायालय लगायतको रक्षाका लागि दृढतापूर्वक […]

२०७५ असार ८ गते, शुक्रबार

२२ जना जिल्ला न्यायाधीशमा सिफारिस

काठमाडौं, ८ असार । बिहीबार साँझ बसेको न्याय परिषदको बैठकले २२ जिल्लामा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। २२ जिल्लामा हाल रिक्त रहेकाे दरबन्दीमा दुर्इजना महिलासहित २२ जनाकाे नाम सिफारिस गरेकाे हाे। सिफारिस पर्नेमा न्याय सेवा समूहका सबैभन्दा बढी १४ जना रहेका छन् भने यस्तै कानुन समूहबाट ३ र सरकारी वकिल समूहबाट ५ जना रहेका […]

२०७५ असार ८ गते, शुक्रबार

सरकारले तयार गर्न सकेन रेल ऐन

काठमाडौं, ७ असार । सरकारले आगामी पुसको अन्त्यसम्म जयनगर-जनकपुर-कुर्था र बथनाहा-बिराटनगर रेलमार्ग सञ्चालनमा ल्याउने भएको छ । सो रेलमार्ग सञ्चालनका लागि प्राविधिक तयारीस्वरुप नेपाली र भारतीय अधिकारीबीच मंगलबार र बुधबार छलफल भएको रेल विभागले जानकारी दिएको छ । विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायका अनुसार छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवद्वय केशवकुमार शर्मा र राजेन्द्रराज शर्मा, […]

२०७५ असार ७ गते, बिहीबार

उपमेयरलाई घाँस उपहार !

काठमाडौं, ५ असार । काठमाडौं उपत्यकाका स्थानीयवासीले काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाईलाई घाँस उपहार दिएका छन् । रानीपोखरीको पुनःनिर्माण गर्न ढिलो गरेको भन्दै उनीहरुले उपमेयर खड्गीलाई रानीपोखरीमा उम्रिएको घाँस उपहार दिएका हुन् । महानगरको कार्यशैलीप्रति असन्तुष्ट उनीहरुले ज्ञापनपत्र बुझउँदै चाँडै काम सुरु गर्न नेतृत्वका ध्यानाकर्षण पनि गराए । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर मल्लकालीन स्वरुपमै […]

२०७५ असार ५ गते, मंगलवार

प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौं, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली आज बिहान हिमालय एयरलाइन्सको विमानबाट बेइजिङ प्रस्थान गरेका हुन् । व्यवसायी र पत्रकारसमेत गरी एक सय १९ सदस्यीय टोली ओलीसँगै चीन जाँदै छ । मंगलबार चिनियाँ समयअनुसार सवा ५ बजे प्रधानमन्त्री ओली बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा […]

२०७५ असार ५ गते, मंगलवार

गृहमन्त्री र यातायात मन्त्रीबीच दोहोरी !

काठमाडौँ, ४ असार । गृहमन्त्री रामबहादुर थापा बादल र भौति पूर्वाधार तथा यातायात मन्त्री रधुवीर महासेठबीच विवाद देखिएको छ । गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई कारबाही प्रक्रिया अघि बढाएका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ त्यसको प्रतिवादमा उत्रिएका हुन् । मन्त्री महासेठले आइतबार निर्माण व्यवसायीसमक्ष कुनै पनि व्यवसायीलाई पक्राउ पर्न नदिने प्रतिबद्धता […]

२०७५ असार ४ गते, सोमबार

‘देउवाको नेतृत्व असफल भयो’

काठमाडौँ, ४ असार । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भइसकेको आरोप लगाएकी छन् । सोमबार राजधानीमा रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले सभापति देउवाकै कारण कांग्रेस कमजोर भएको भन्दै अब सक्षम नेतृत्व ल्याउनुपर्नेमा जोड दिइन् । चुनावमा पार्टीले पराजय भोग्दैमा नेतृत्वले राजीनामा दिनु नपर्ने तर पराजयको जिम्मेवारी बहन गर्नुपर्ने […]

२०७५ असार ४ गते, सोमबार

‘संघीयता ल्याउनेहरु पछुताउदै छन ‘

काठमाडौँ, १ असार । राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीले संघीयता ल्याउनेहरुलाई अहिले पछुतो लागेको बताउदै विदेशीहरूलाई खुसी पार्न ल्याइएको संघीयता नटिक्ने ठोकुवा गरेका छन । प्रगतिशिल पत्रकार संघ बागलुङले आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै के.सीले सो कुरा बताएका हुन् । नेपाल जस्ताे मुलुकमा जहाँ आर्थिक, भौगोलिक तथा विदेशी चलखेल हुने ठाउँमा संघियता सफल हुन […]

२०७५ असार १ गते, शुक्रबार

ओली-प्रचण्डको पार्टी (नेकपा) खारेज गर्न माग

काठमाडौं, ३१ जेठ । ओली-प्रचण्डको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता इन्दु तुलाधरले बिहीबार संविधान र कानुन विपरीत रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै रिट दायर गरेका हुन् । दल […]

२०७५ असार १ गते, शुक्रबार

कांग्रेसद्वारा संसद छाडने चेतावनी

काठमाडौं, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संविधान, ऐन, कानुन, नियम मिच्न थालेको भन्दै संसद छाडेर जनतामाझ जाने चेतावनी दिएको छ । मन्त्रीहरुले आफू अनुकूल काम नगरे जेल हाल्ने चेतावनी दिँदै चौतर्फीरुपमा थर्काउन थालेको भन्दै कांग्रेसले कडा आपत्ति जनाएको हो । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले सरकारका मन्त्रीहरुले […]

२०७५ जेष्ठ ३१ गते, बिहीबार